काठमाडौँ । अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) काठमाडौँको प्रथम जिल्ला भेला अधिवक्ता प्रतिभा रोकालाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष अधिवक्ता पदम रोकाको प्रमुख आतिथ्यमा २०८२ साउन ५ गते गते सोमबार बबरमहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यमा क्रमशः अधिवक्ता अनितासिंह जिसी, अधिवक्ता खोमनाथ न्यौपाने, अधिवक्ता दामोदर दमासे, अधिवक्ता रामप्रसाद भुसाल, अधिवक्ता स्वस्तिका दुलाल र अभिवक्ता राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।
भेलाको उद्घाटन केन्द्रीय अध्यक्ष अधिवक्ता पदम रोकाले गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले राष्ट्रिय एकता, विधिको शासन, न्यायपूर्ण समाज र असल कानुन व्यवसायीले मात्र समाज रूपान्तरणमा योगदान दिन सक्ने दाबी गर्नुभयो ।
भेलालाई अन्लाका महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डे, केन्द्रीय सदस्य अधिवक्ता खिमानन्द बन्जाडे, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, अखिल (छैठौं) का अध्यक्ष सुवास जिसी, लेखापढी व्यवसायी सङ्घका संयोजक छवि खनालले पनि मन्तव्य राख्नुभएको थियो ।
अन्लाको बागमती प्रदेश समितिका सचिव अधिवक्ता सुनिता कुँवरको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव अधिवक्ता चुरामणि भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अधिवक्ता प्रतिभाले प्रतिबद्धता मन्तव्य राखेसँगै अधिवक्ता भीष्मराज जोशीले समितिलाई बधाई दिनुभएको थियो ।
