• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

खास क्रान्तिकारी पार्टी मसाल हो : रावत (अन्तर्वार्ता)


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • (घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी राष्ट्रिय जनमोर्चा दाङका जिल्ला सदस्य चन्द्रबहादुर रावत गाउँसमाज, टोलछिमेकदेखि राजमोका नेताकार्यकर्ता पनि उहाँलाई घोराहीका माल्दाइ भनेर सम्बोधन गर्छन् । उनै माल्दाइसित गणेश आचार्यद्वारा गरिएको सानो संवाद यहाँ प्रस्तुत गरिएको छ ।)

    Advertisement

    ० माल्दाइ नमस्ते ।
    ःः नमस्ते ।

    ० सन्चैआरामै हुनुन्छ ?
    ःः हजुर आरामै छु ।

    ० आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?
    ःः आजभोलि खेतीपातीको समय छ । त्यसैमा व्यस्त छु । कुलोमा पानी राम्रोसित चलेको छैन । पानी चल्यो भने खेती गर्ने हो । अहिले त्यसैको तयारीका काममा लागिरहेको छु ।

    ० हेर्दा त अलि ज्येष्ठ नै देखिनुहुन्छ । कति वर्षको हुनुभयो र खेती गर्दैछु भन्नुहुन्छ ?
    ःः मेरो उमेर त ६७ वर्षको भयो । उमेरका हिसाबले ज्येष्ठ नै हो तर म अहिले पनि हलो जोत्छु । मैले अहिलेसम्म ट्रयाक्टर प्रयोग गरेको छैन । किसानले गर्नुपर्ने सम्पूर्ण काम गर्न सक्छु तर समस्या स्याहार गर्ने मान्छेको छ । मैले म बुढो भएँ, गर्न सक्दिनँ भनेर आफूले गर्ने कुनै काम रोकेको छैन ।

    ० खेतीपातीको प्रसङ्ग उठाउनुभयो । नेपालमा मलको सधैँ अभाव हुन्छ । अहिले त्यो अभाव छ कि छैन ?
    ःः मलको अभावबाट अहिले पनि अछुतो छैन । मल पाइरहेको छैन । म टोलविकासको अध्यक्ष भएकाले किसानहरू मल गराइदिनुस् भन्न आउँछन् तर मल आएकै छैन । मलमा देश सधैँ पराधीन अवस्थामा छ । हामीले मल पाउने कुरा भएन । मैले आफ्ना लागि भने एक बिघाका लागि गाईभैँसीकै मलले पुग्ने गरेको छ । वैज्ञानिक हिसाबले कम्पोस्ट मल बनाउन सिक्न पाउने हो भने अझै धेरै जमिन पनि हुने थियोे होला । सरकार किसानलाई मल दिन त सकेन सकेन, किसानलाइ कम्पोस्ट मल बनाउन पनि सिकाउँदैन । त्यसैको पीडामा छन् किसानहरू ।

    ० खेतीपातीको अलावा अरू कुनै काम पनि गर्नुहुन्छ कि ?
    ःः खेतीपातीको अलावा सामाजिक राजनीतिक काममा सक्रिय हुने गरेको छु । गाउँसमाजमा हुने झैझगडामा मेलमिलाप गराउन जाने गर्छु । समाजमा सानोतिनो सबै काममा समाजले खोज्ने गर्छन् । ती सबै काममा सामेल हुने गरेको छु ।

    ० पार्टीको काममा पनि सक्रिय हुने कुरा बताउनुभयो । तपाईं कुन पार्टीको कुन जिम्मेवारीमा हुनुहुन्छ ?
    ःः म नेकपा (मसाल) निकटको राष्ट्रिय जनमोर्चाको जिल्ला समिति सदस्यमा छु । मेरो पार्टीप्रति ठुलो लगाव रहेको छ । मेरा लागि पार्टीको काम सबैभन्दा प्राथमिकताको हो ।

    ० तपाईं राष्ट्रिय जनमोर्चामा कसरी आबद्ध हुनुभयो ?
    ःः यसको कहानी धेरै लामो छ । म सन् १९७८ मा भारतमा मजदुरी गर्न पुगेको थिएँ । त्यो बेला देशमा पञ्चायती व्यवस्था थियोे । जालीफटाहा शोषण गर्थे । म नारायणपुर स्कुलमा पढ्थेँ । साहका छोराहरू बाबुसाब भन् भन्थे । मैले तिमीहरू बाबुसाब हैन, साथीहरू हौँ भन्थे । मलाई काङ्ग्रेस–कम्युनिस्ट थाहा थिएन । मैले मेरो स्कुलको गुरु सेनराज साहलाई सोधेँ– काङ्ग्रेस र कम्युनिस्ट भनेको के हो भनेर । उहाँले काङ्ग्रेस भनेको व्यक्तिविशेष हो र व्यक्तिले जति लुटे पनि राज्यले बचाउँछ । कम्युनिस्ट सामाजिक हुन् र उनीहरू गरिखाने वर्गका मान्छे हुन् भन्नुभयो । त्यो कुराले मलाई त्यो १८ वर्षकै उमेरमा म कम्युनिस्ट रहेछु भन्ने भयो र म भावनाको हिसाबले त्यो बेलादेखि नै कम्युनिस्ट भएँ ।
    म भारतमा काम गर्ने बेला कम्युनिस्ट लेखेको देखेँ । त्यो देखेपछि यस्ता राम्रा मान्छेहरू कहाँ होलान् भन्ने भयो । त्यहाँ भारतमा काम गर्ने मजदुरको पीडा सुनेँ मैले । त्यो पीडा सुनेपछि ती पनि कम्युनिस्ट हुन् भन्ने लाग्यो । त्यहाँ मैले धेरै नेपाली मजदुरमाथि मालिकबाट शोषण भएको देखेँ । काम गरेको पैसा नमिलेको, हात कुहिँदासम्म काम गराइरहेको, कामको पैसा माग्दा उल्टै पिटेको देखेँ । त्यो देखेपछि मलाई ती पीडित मजदुरको हितमा काम गर्न मन लाग्यो । अरू एक जनाको साथ लिएर हामीले छ महिनामा सहरका सम्पूर्ण नेपाली मजदुरको रेकर्ड निकाल्यो । त्यो सहरमा मात्र ४८० नेपालीको रेकर्ड आयो । तिनीहरूको मुक्ति कसरी गर्ने भन्ने विषयमा धेरै चिन्तित भएँ । निद्रा नै लागेन । साहुसित कुरा गर्दा उल्टै हामीलाई समेत हप्काउने काम भयो ।
    पछि यसरी नहुने रहेछ भनेपछि पत्र काटेर सबै नेपाली मजदुरलाई जम्मा ग¥यौँ । एक जना सँगै काम गर्ने साथी हुनुहुन्थ्यो, उहाँलाई मैले मामा भन्थे । उहाँलाई मैले कार्यक्रम गरौँ मामा, कि तपाईं मलाई बोलाउनू, म बोल्छु, कि म बोलाउँछु, तपाईं बोल्नू भनेँ । मामाले तपाईं बोल्नू भान्जा भन्नुभयो ।
    मैले सबैलाई सम्बोधन गरेँ । म सबै समस्याको बारेमा बोलेपछि अब यहाँ नेपालीको सङ्गठन बनाऊँ भनेर मैले भनेँ । त्यो सङ्गठनमा बस्नेले नाम दिनू भनेपछि ७२ जनाको नाम आयो । यो समितिको अगुवा कसलाई बनाऊँ भन्ने भयो । मलाई समिति बनाउने भएपछि त्यसका पद के के हुने भन्ने केही थाहा थिएन । पञ्चायतको बेला कता कता सभापति भन्ने सुनेकाले एक जनालाई सभापति बनाउने कुरा भयो । सबैले मलाई सभापति बनाउनुभयो । म लेख्न जानेको, अरू धेरैले लेख्न पनि नजान्ने भएकाले मलाई लेखनदास पनि भन्थे ।
    केही समयपछि अर्को सभा गरियो । त्यो सभामा झन् धेरै मान्छे आए । त्यो सभामा एक जना भारतीय पन्जाबी सरदार पनि आएका थिए । तिनले के गरेको भनेर सोधेछन् । बुझ्नको लागि सबैले मलाई देखाएछन् । त्यो भएपछि ती सरदारले मलाई भेटे । उनलाई मैले हाम्रो कुरा बताएपछि धेरै राम्रो काम भनेर प्रशंसा गरे अनि उनले म कम्युनिस्ट पार्टीको सदस्य हुँ भने । त्यो सुनेपछि उनलाई कुर्सीमा राखेर विशेष अतिथि बनाइयो । उनले विश्वभरि श्रमजीवीको श्रम लुटिएको छ, हामी धेरैलाई थोरै पुँजीपतिले शोषण गरेका छन् । त्यसैगरी, हामी सङ्गठन बनाउँदै जाने हो भने मजदुरको राज्यव्यवस्था आउँछ भनेर हामीलाई सुनाए । त्यो सुनेपछि हाम्रो काम धेरै ठुलो रहेछ भन्ने लाग्यो ।
    सङ्गठनको नाम के राख्ने भन्ने विषयमा धेरै कुरा सोच्दा सोच्दा विश्व मानव कल्याण समिति भन्ने नाम दिएर सङ्गठन बनाइयो । त्यसको विधान पनि मैले नै बनाएँ । आर्थिक समस्या भएपछि १०० तलब खानेले एक रुपियाँ सङ्गठनलाई दिने नीति बनाइयो । भैलो खेलेर आर्थिक समस्या समाधान गर्याे ।
    म जागिर छोडेर इलेक्ट्रोनिक इन्जिनियर कलेजमा भर्ना भएर दुई वर्ष पढेँ । त्यो पढाइपछि म दिल्ली आए । मलाई धेरै राम्रो सुविधासितको काम थियोे । दिल्ली आएपछि सङ्गठनसितको सम्बन्ध छुट्यो । दिल्लीमा सङ्गठन छ भन्ने सुनेको थिएँ ।
    दिल्लीमा हुँदा एक जना प्युठानका मान्छे मद्रासमा छन् । ती कम्युनिस्ट हुन् । नेपालमा खतरा भएपछि भारतमा छन्, पिताको तमसुक च्यातेर फाल्दिएका हुन् भन्ने सुनेको थिएँ । त्यो कुरा मसित मिल्ने विचार हो भन्ने लागेको थियोे । उहाँको नाम मोहनविक्रम सिंह रहेछ ।
    म भारतको सेवासुविधा छोडेर घरमा आएर नारायणपुरमा रेडियोको पसल सुरु गरे । त्यही बेला होटल गर्ने मोटा मोटा बुद्धिराम खड्कासित भेट भयो । उहाँले मलाई तानेर भित्र लैजानुभयो । यो काम कहाँबाट सिक्नुभयो भनेर सोध्नुभयो । मैले भारतको दिल्लीमा भनेँ । उहाँले पनि मद्रासबाट होटल गर्न सिकेको बताउनुभयो । मद्रासमा मोहनविक्रम बस्छन् भन्ने सुनेकाले उहाँलाई त्यो सोधे । बुझ्दै जाँदा उहा नेकपा (मसाल) को पार्टीसदस्य बनिसक्नुभएको रहेछ ।
    मलाई मोहनविक्रम सिंहको सम्पर्क दिनुभयो । म गोरखपुरमा मोहनविक्रमलाई भेट्न पुगेँ । त्यही बेलादेखि औपचारिक रूपमा म मसाल बनेँ । यता, यहाँ पनि पञ्चायत विरोधी आन्दोलन उठ्यो । मैले गरेका सम्पूर्ण कामको तालमेल मसालमा भेटेँ र त्यो बेलादेखि अहिलेसम्म त्यही मसालनिकटको राष्ट्रिय जनमोर्चामा छु ।

    ० तपाईंको यो सम्पूर्ण कुरा सुन्दा निकै चाखलाग्दो कहानी रहेछ । के आजका कम्युनिस्ट कार्यकर्तामा यस्तो निष्ठा र इमानदारिता भेटिन्छ त ?
    ःः यहीँनेर मलाई सारै दुख लाग्छ । मरिच आफ्नो रागले खुम्चिन्छ भन्छन् । राम्रा मान्छेहरू खुम्चिँदै जाँदा साँच्चिकै रहेछ कि भन्ने पनि लाग्छ तर त्यो कुरा सत्य हैन । निष्ठा र नैतिकता कतै छैन । सरकारमा जानेहरू सबै भ्रष्ट र नैतिकताहीन भएका छन् । कम्युनिस्ट आदर्श, नैतिकता र दर्शनमा लागेका मान्छेहरू घरबारविहीन भएका छन् । यत्रो त्याग गरेर लागेको कम्युनिस्ट नैतिकता पथभ्रष्ट भएको छ । हिजो साम्यवादको कुरा सिकाउनेहरू अहिले पालैपालो सरकारमा छन् । तिनको चरित्र हेर्दा तिनले बोकेको कम्युनिस्ट पार्टीको झन्डाको पनि अपमान भइरहेको छ । झापामा टाउका काटनेदेखि १० वर्ष जनयुद्ध गरेकासम्म सरकार र टोलछिमेकमा छन् । उनीहरूको भ्रष्ट चरित्र हेर्दा म वाक्कदिक्क भएको छु तर कम्युनिस्ट विचार भनेको वैज्ञानिक विचार हो । तत्काललाई जे जे भ्रम भए पनि कम्युनिस्ट विचारको विजय अवश्यम्भावी छ ।

    ० तपाईं कम्युनिस्ट आन्दोलनप्रति आस्था राख्ने मान्छे । कम्युनिस्ट पार्टीमध्ये ठुला त अरू नै छन् तर तपाईंले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा नै किन रोज्नुभयो ?
    ःः मैले नेकपा (मसाल) नै रोज्नुको पहिलो कारण मोहनविक्रमको भूमिका हो सुरुमा । अझ महत्त्वपूर्ण कुरा त मैले जे सोच्थेँ, पार्टीले ठ्याक्कै त्यही विचार ल्याउँथ्यो । अरू जति पनि कम्युनिस्ट नामधारी छन्, ती कम्युनिस्ट नै हैनन्, नेकपा (मसाल) मात्र खास क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । त्यही बुझाइका आधारमा, बहुमतको आधारमा भन्दा पनि सही बुझाइको आधारमा कम्युनिस्ट पार्टी बन्ने हो । त्यो नेकपा (मसाल) ले मात्र प्रमाणित गरेको छ । अरू नेपालका सम्पुर्ण राजनीतिक घटनाक्रममा मसाल ले जे भनेको छ, त्यही कुरा सही भएको समयक्रमले प्रमाणित गरेको छ । त्यसैले म यो पार्टी हुने मात्र कुरा हैन, यो देशको हितका लागि सर्वोत्तम पार्टीसमेत हो ।

    ० तपाईं कम्युनिस्ट पार्टी धेरै राम्रो पार्टी हो भनेर कुरा राख्नुभयो तर अहिले त कम्युनिस्ट पार्टीको काम छैन भनेर युवाहरू अन्यत्र भिड लागेको देखिन्छ त ?
    ःः ती अन्यत्र लाग्नेहरूमा राजनीतिक ज्ञानको अभाव छ । कम्युनिस्ट पार्टी काम नलाग्ने भन्ने हँुदैन । विश्वव्यापी युद्ध भइरहेको छ तर कसैले अशान्ति चाहदैन । अन्ततः चाहिने भनेको शान्ति र समानता हो । मान्छेहरू व्यक्तिगत रूपमा शीघ्रलाभका लागि लागेका हुन सक्छन् । अर्को कुरा कम्युनिस्ट र काङ्ग्रेसको नाममा अगुवाले जे कुरा सिकायो, त्यही गरेका होलान तर त्यो तत्कालीन कुरा मात्र हो, त्यसले दीर्घकालीन समाधान दिन सक्दैन ।

    ० त्यसो हो भने अन्यत्र लागेका युवालाई के भन्नुहुन्छ ?
    ःः मेरो युवा साथीलाई के अनुरोध छ भने तपाईंहरूले धर्तीको यथार्थलाई बुझ्नुपर्छ । झुटको कुरा क्षणिक हुन्छ, त्यसले हामीलाई झन पछाडि लैजाने हो । त्यसैले कुनै पनि देशमा भएको असमानता र विकृतिको सही समाधान गर्ने भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र हो । क्षणिक लाभले अन्ततः देशलाई अन्त्यहीन घाटामा पुर्याउँछ । त्यो कुरा विशेषगरी आजका युवाले बुझ्न जरुरी छ ।

    ० अन्तमा भन्नैपर्ने केही छ कि ?
    ० हामीले अहिले धेरै कुरा गर्याैँ। मानवताका लागि सबैले कर्तव्य पूरा गर्नुपर्छ । निराश हुनुहुँदैन । धेरै महत्त्वाकाङ्क्षी पनि बन्नु हुँदैन । श्रम र मजदुरी गरेर उत्पादन र आर्थिक विकास गर्नुपर्दछ । यस प्रकारका विचार निरन्तर जनताको बिचमा पु¥याउनुपर्दछ ।
    तपाईंले युगदर्शन मिडियामार्फत् मलाई मेरो विचार र भावना राख्न दिनुभएकोमा धन्यवाद ।

    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.