पोखरा । कास्कीमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष ढाकाराम पौडेलको प्रमुख आतिथ्यमा २०८२ जेठ ३१ गते शनिबार सो भेला सम्पनन भएको हो ।

भेलामा अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शङ्कर बराल, जिल्ला अध्यक्ष रविमोहन ढकाल, राजमो नेताहरू चन्द्रबहादुर केसी, केबी थापा, तमबहादुर रोका, मेघराज ढकाल, नामबहादुर बाठामगर, डम्बर थापा, सोमनाथ अधिकारी, लक्ष्मण पुनलगायतको आतिथ्य रहेको थियो ।
लगत्तै सुरु भएको बन्दसत्रमा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको थियो ।

अध्यक्षमा विक
मेघराज ढकाल, प्रवीण पौडेल र देविकला विकको अध्यक्षमण्डलसँगै अघि बढेको सो भेलाले विष्णुबहादुर विक अध्यक्ष रहनुभएको ११ पूर्ण तथा चार वैकल्पिक सदस्यसहितको व्यापार सङ्घको जिल्ला समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश बराल, सचिवमा भागिरथ शर्मा, सहसचिवमा दीपक पौडेल र कोषाध्यक्षमा रिता घर्तीमिरे विक रहनुभएको छ ।
त्यस्तै, सदस्यमा गङ्गाबहादुर पुन, शुष्मा थापा, नीतेश पोख्रेल, दयाराम लामिछाने र सोमनाथ अधिकारी तथा वैकिल्पक सदस्यमा राजेन्द्र सुवेदी, छविलाल सुनार, खिमबहादुर घर्ती र धनराज सुनार रहनुभएको छ ।

