काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको भवन बनाउन सहरी विकास मन्त्रालयले ३ करोड बजेट विनियोजन गरेको छ।
Advertisement
कांग्रेस नेता प्रकाशमान सिंह नेतृत्वमा रहेको मन्त्रालयले ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा ३ करोड बजेट छुट्याएको हो।
तरुण दलको भवनका लागि बजेट विनियोजन गरेकामा वक्तव्य जारी गर्दै दलका अध्यक्ष विद्वान गुरुङले पार्टीका सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री एवं सहकारी विकासमन्त्री सिंहलाई धन्यवाद ज्ञापन गरेका छन्।
