कृष्ण केसी, भरतपुर ।
राष्ट्रिय जनमोर्चा चितवनले अन्तरक्रियात्मक प्रकारले गणतन्त्र दिवस सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको प्रमुख आतिथ्यमा २०८२ जेठ १५ गतेका दिन सो दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि ढुङ्गाना, राजमो केन्द्रीय सदस्य देवी शर्मा पौडेल, नेकपा (मसाल) चितवनका प्रवक्ता भगिरथ शर्मा, अखिल नेपाल महिला सङ्घ चितवनकी अध्यक्ष बालकुमारी आचार्य र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य डम्बर केसीले मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा चन्द्र छेत्री, घनश्याम पौडेल, एलपी शर्मा, गोपाल पौडेल, भद्रबहादुर जिसी, डिल्लीप्रसाद शर्मा, कृष्ण सुवेदी, वीरेन्द्र थापा, भक्तिराम गौतम, नैनासिंह कार्की, लालबहादुर थापा र जितबहादुर थापाले पनि मन्तव्य राख्नुभएको थियो ।
राजमो चितवनका अध्यक्ष अमरबहादुर छेत्रीको अध्यक्षता तथा विष्णु पौडेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा यादवविलास पन्तले मन्तव्य राख्नुभएको थियो ।