• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रतिगामी खतरा विरुद्ध राजमो काठमाडौँद्वारा गुर्जुधारा र सिर्जनाचोकमा कार्यक्रम (फोटासहित)


  •   शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँले प्रतिगामी खतराका विरुद्ध चन्द्रागिरी नगरपालिकाको गुर्जुधारा र सिर्जनाचोकमा सभा सम्पन्न गरेको छ ।

    Advertisement

    २०८२ वैशाख २० गते शनिबार उपर्युक्त दुई स्थानमा विरोधसभा सम्पन्न गरिएको हो ।

    गुर्जुधारा

    चन्द्रागिरीको गुर्जुधाराको कार्यक्रम राजमो काठमाडौँका अध्यक्ष झबिन्द्र बेलबासेको अध्यक्षता तथा सचिव छवि खनालको सञ्चालनमा अगाडि बढेको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष लालबहादुर थापाले देशको राजनीतिक परिस्थितिमा परिवर्तन आएको बताउनुभयो ।

    राजावादी शक्तिहरू सलबलाउन थालेको बताउँदै उहाँले नेपाली जनताले लडेर ल्याएको गणतन्त्र र धर्मनिरपेक्षतामाथि खतरा मौलाउन थालेकाले त्यसका विरुद्ध जनतामा जागरण ल्याउन राजमो काठमाडौँले पालिकास्तरमा सभाको कार्यक्रम राखेको बताउनुभयो ।

    त्यस्तै, अर्का वक्ता नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगतप्रसाद रेग्मीले सत्तासिन दलको कुशासनका कारण गणतन्त्र विरुद्ध राजावादीको आक्रमण बढेको बताउनुभयो ।

    तत्कालै नयाँ जनवाद र समाजवादमा जान नसकिने अवस्थामा गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा उहाँको थियो ।

    सिर्जनाचोक

    सोही दिन, चन्द्रागिरी नगरपालिकाकै सिर्जनाचोकमा अर्को विरोधसभा सम्पन्न भएको थियो ।

    सभालाई सम्बोधन गर्दै नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहले राजमोले लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाको आन्दोलनलाई गाउँगाउँमा पुऱ्याइरहेको जानकारी दिनुभयो ।

    देशमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटो राखेर राजावादीले गरेको प्रदर्शन धेरै कुरा बताइरहेको उहाँको धारणा थियो ।

    राजावादीको चरित्रको बारेमा गत दुई सय ४० वर्षको इतिहासले बताइसकेको बताउँदै उहाँले गत चैत १५ गतेको घटनाले राजावादी चरित्रको बारेमा प्रशस्त बुझ्न सकिने उहाँको भनाइ थियो ।

    जातीय समता समाजका महासचिव भक्त विकले गणतन्त्र स्थापनापछिका सरकारले जनताको पक्षमा काम गर्न नसकेपछि त्यसबाट फाइदा उठाउँदै राजावादीले धमिलो पानीमा माछा मार्न खोजेको धारणा राख्नुभयो ।

    राजाको शासनमा राष्ट्रियताको रक्षा हुने कुरा भ्रम मात्र रहेको बताउँदै उहाँले भन्नुभयो– ‘राजा महेन्द्रको पालामा आफ्नो शासनसत्ता कायम राख्नकै लागि कालापानीमा भारतीय सेना यथावत् राखिएको थियो ।’

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमो काठमाडौँकी लक्ष्मी केसीले लोकतान्त्रिक गणतन्त्र आएपछि नेपालमा महिलाको अवस्थामा सुधार हुन थालेको दाबी गर्नुभयो ।

    उहाँले नयाँ व्यवस्थामा महिलाका शिक्षा र स्वास्थ्यको सहभागिता बढेको बताउनुभयो ।

    अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का केन्द्रीय सदस्य जीवनारायण खनालले राजाका निरङ्कुश र एकतन्त्रीय शासन नेपाली जनताले व्यहोरिसकेको बताउनुभयो ।

    खनालले यो गणतन्त्रलाई टेकेर योभन्दा अझ उच्चस्तरको व्यवस्थाका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रमको अध्यक्षता राजमो काठमाडौँका सदस्य रोशन दानीले र सञ्चालन राजमो काठमाडौँकै अर्का सदस्य डम्मर कार्कीले गर्नुभएको थियो ।

    दुवै स्थानका कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारले “किन चाहियो सङ्घीयता” शीर्षकको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो । सिर्जनाचोकको कार्यक्रममा कलाकारले “लालसलाम” शीर्षकको अर्को गीतमा समेत नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.