काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई अदालत उपस्थत गराइएको छ ।
रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो ।
मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि प्रतिवादी बनाइएको छ ।
यस्तै उनीहरुसहित ११ जना र थप ३० जनालाई आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
शुक्रबार राजावादी प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणासहित १११ जना पक्राउ परेका थिए ।
Advertisement