• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

संसदमा रघुजी पन्त र ज्ञानेन्द्र शाहीको ‘घम्साघम्सी’


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) बीच चर्काचर्की परेको छ।

    Advertisement

    सांसद पन्तले तत्कालीन राजा वीरेन्द्र शाहले भारतको कोलकातामा स्त्रीसँग सम्बन्ध राखेको भनेपछि शाहीले आपत्ति जनाएका थिए। पन्तले त्यतिबेला भारतका प्रधानमन्त्रीले नेपालका राजामाथि प्रश्न उठाएको दाबीसहित प्रसंग उठाएका थिए।

    आइतबारको बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा सांसद शाहीले नियमापत्ति भन्दै उठेर सभामुख देवराज घिमिरेसमक्ष समय माग गरे।

    सभामुखले तत्कालै भने, ‘मैले समय दिएको छैन माननीयज्यू, आसनग्रहण गर्नुस्।’

    ‘म इतिहासबाट साबित गर्न सक्छु। मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने मिस्टर माननीय,’ पन्तले भने, ‘जुम्लामा हाहु गरेर आएको जस्तो होइन।’

    राप्रपाका प्रमुख सचेतक शाहीले भने आफूसँग बहस गर्ने भए इतिहास पढेर आऊ भनेका एमालेका सांसद पन्तलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो भन्दै प्रश्न गरे । शाहीले संसद्‌मा जे मन लाग्यो त्यो बोल्न नहुने बताए।

    पन्तले राजाको कालमा हत्याका घटनाहरू भएका थिए भन्नेबारे अभिव्यक्ति दिएपछि शाहले यसको जवाफ दिँदै भने, ‘यहाँ आएर जे मन लाग्यो त्यही बोल्ने ? अघि हत्याराका कुरा गर्नुभएको थियो, मदन भण्डारीको हत्या कसले गर्‍यो ? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले प्रधानमन्त्री हुनुहुन्छ। मदन भण्डारीको हत्यारा पत्ता लगाउन कसले रोक्यो ? यसको जवाफ यस संसद्लाई चाहिन्छ।’

    उनले पटकपटक सरकारको नेतृत्व गरेको एमालेलाई मदन भण्डारीको हत्याको याद आयो कि आएन भनेर पनि प्रश्न गरे।

    ‘हत्याको कुरा गर्नुहुन्छ ? राष्ट्रपति तपाईंहरूकै थिए। प्रधानमन्त्री तपाईंहरू नै हुनुहुन्थ्यो। संसद्‌मा दुईतिहाइ थियो। अनि, मदन भण्डारीको हत्याको याद आएन ?’

    उनले प्रश्न गरे, ‘काण्ड सम्झाइदिऊँ ? निर्मला पन्तको हत्यारा पत्ता लगायौ ? बाँदरमुडे घटना याद छ। निहत्था नागरिकलाई बम हानेर मारेको हो कि होइन ? लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीका हत्याराहरू यही संसद्‌मा सांसद बनेर हिँडिरहेका छन्। यसको जवाफ चाहिन्छ कि चाहिँदैन ?’

    शाहीले सिन्धुपाल्चोक पुगेर शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाए।

    दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहीलाई भाइमारा, तस्कर र चोर भनेका थिए।

    ‘खुल्लामञ्चमा उभिएर पाँच हजार मान्छे मैले मारेको हुँ भन्ने व्यक्ति यो देशको प्रधानमन्त्री बन्न पाउने व्यवस्था हो,’ शाहीले भने, ‘भारतको दिल्लीमा नेपालमा निहत्था मान्छे मार्नुपर्छ भनेर अघि बढ्ने व्यक्ति यही देशको सांसद र मन्त्री बन्न पाउने व्यवस्था उत्तम हो ?’

    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.