खलङ्गा । सङ्घीयता विरुद्ध काठमाडौँकेन्द्रित आन्दोलनको तयारीको सिलसिलामा प्युठानको मल्लरानी गाउँपालिकामा राष्ट्रिय जनमोर्चाको समिति गठन भएको छ ।
राजमो केन्द्रीय सदस्य नारायण जिसी र राजमो मल्लरानीका अध्यक्ष गुणेन्द्र बस्नेतको उपस्थितिमा २०८१ फागुन १५ गते बिहीबार पालिकाको वडा नम्बर ५ सरङकोटमा सम्पन्न भेलाले टोल समिति गठन गरेको हो ।
भेलाले कृष्ण पुन अध्यक्ष रहनुभएको ११ सदस्यीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रणबहादुर विक, सचिवमा गोपाल सुनार, कोषाध्यक्षमा भीमबहादुर बुढाथोकी र सदस्यमा फनबहादुर सुनार, हस्तबहादुर सुनार, गोविन्द सुनार, गोरबहादुर सुनार, सनबहादुर सुनार, भीमबहादुर सुनार र चित्रबहादुर बुढाथोकी रहनुभएको छ ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घ प्युठानका सचिव रुद्र पुन, राजमो वडा समितिका साथीहरूको समेत उपस्थिति रहेको सो कार्यक्रमको अध्यक्षता राजमो वडा समितिका अध्यक्ष चेतबहादुर पुनले गर्नुभएको थियो ।