काठमाडौँ । काठमाडौँमा रक्षामन्त्री मानवीर राईको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।
Advertisement
आइतबार बिहान रक्षामन्त्री राई चढेको गाडीले ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
मोटरसाइकललाई ठक्कर दिएर गाडी सिंहदरबार तर्फ गएको थियो।
मोटरसाइकलको लुकिङग्लास लगायतमा क्षति भएको ट्राफिक प्रहरीले जनाएको छ ।
तर रक्षामन्त्रीलाई मन्त्रालयमा छाडेर गाडीका चालक फर्किएर मोटरसाइकल चालकसँग सहमती गरिसकेको ट्राफिक प्रहरी प्रवक्ता एसपी संजयबहादुर राउतले दाबी गरेका छन् ।