बुर्तिबाङबजार (बागलुङ) । बागलुङको ढोरपाटन नगरपालिकाको बुर्तिबाङबजारमा राष्ट्रिय जनमोर्चाले सङ्घीयता विरोधी सभा सम्पन्न गरेको छ ।
महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८१ माघ १८ गते शुक्रबारसो कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम “गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलन सफल पारौँ” नाराका साथ अगाडि बढेको थियो ।
सभालाई अखिल नेपाल कानुन व्यवसायी सङ्घका काजीगाउँले श्रेष्ठ, राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटाले सम्बोधन गर्नुभएको थियो ।
राजमो बागलुङका कोषाध्यक्ष दीपक थापाको अध्यक्षता तथा राजमो नेता धर्मबहादुर कुँवरको सञ्चालनमा सो कार्यक्रम अगाडि बढेको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, राजमो केन्द्रीय सदस्य वेदीलाल सापकोटा, राजमो गण्डकी प्रदेश समितिका उपाध्यक्ष धर्म कुँवर, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो जिल्ला समितिका भानसिंह बुढा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका अध्यक्ष तमबहादुर घर्ती, वयोवृद्ध वामपन्थी नेता हीराबहादुर शाही, पूर्व इलाका प्रशासन कार्यालय प्रमुख लोकबहादुर कुँवर, पत्रकारहरू छविलाल पाण्डे र शोभाकर चालिसेको आतिथ्य रहेको थियो ।
सभामा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीतसङ्गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो ।