दिनेश रैदास, दाङ ।
दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुबाङ गौतमबुद्ध टोलमा राष्ट्रिय जनमोर्चाको टोल समिति गठन भएको छ ।
२०८१ पुस २५ गते बिहीबार सम्पन्नन भेलामाझ टीकाबहादुर रोका अध्यक्ष रहनुभएको नौ सदस्यीय टोल समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा अम्ता परियार, सचिवमा बसन्ता गिरी तथा सदस्यमा मीना परियार, छमीदेवी पुन, सिर्जना एमसी, बिजुला केसी, मुना पुन र तुलसा भट्टराई रहनुभएको छ ।
भेलाले सल्लाहकारमा टुकबहादुर खत्री, दिलमाया पुन र कोपिला भट्टराईलाई चयन गरिएको छ ।
भेलामा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोखरेल, राजमो राप्ती पालिका समितिका कार्यवाहक अध्यक्ष बाबुराम थापा, अखिल नेपाल महिला सङ्घकी जिल्ला सदस्य बिजुला केसी र राजमो जिल्ला सदस्य गिरबहादुर पौडेलको उपस्थिति रहेको थियो ।
भेलाले आगामी चैत २४ देखि ३० गतेसम्म आह्वान गरिएको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागी हुने निर्णय गरेको राप्ती पालिका समितिका कावा अध्यक्ष थापाले जानकारी दिनुभयो ।