दाङ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका चेन्नई उत्तर नगर समितिका सदस्य फनाराम कालाथोकीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
२०८१ पुस १३ गते शनिबार दाङको घोराही–१५ मा सो कार्यक्रम सम्पन्न भएको हो ।
मृतककी श्रीमती क्वारीदेवी कालाथोकीको अध्यक्षतामा सुरु भएको सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष्य गणेश आचार्य हुनुहुन्थो ।
अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य रामबहादुर जिएमको समेत आतिथ्य रहेको सो कार्यक्रममा परिवारको तर्फबाट राजमो घोराही नगर समितिका कोषाध्यक्षसमेत रहनुभएका झबिलाल कालाथोकीले स्वागत तथा परिचयात्मक मन्तव्य राख्नुभएको थियो ।
श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङ जिल्ला समितिका सदस्य बालाराम कालाथोकीले शोकमन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन राजमो दाङ जिल्ला समितिका सदस्य मेघराज भट्टराईले गर्नुभएको थियो ।
