दाङ । नेपाल पत्रकार महासङ्घ दाङमा लगाइएको ताल्चा खुलेको छ ।
Advertisement
प्रगतिशील पत्रकार सङ्घ दाङले गत मङ्सिर १८ गते लगाएको ताल्चा २०८१ मङ्सिर २२ गते शनिबार खुलेको हो ।
महासङ्घ दाङले वार्तामा बोलाएपछि प्रगतिशील महेश रिजाल र ईश्वरी भण्डारीलगायतको सदस्यता कायम राख्ने सहमतिसँगै ताल्चा खुलेको बताइएको छ ।
महासङ्घले उहाँहरू दुवैको सदस्यता कायम राख्नका लुम्बिनी प्रदेश समिति र केन्द्रीय समितिलाई पत्र लेखेको जानकारी प्राप्त भएको छ ।

