महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को अध्यक्षमा नेकपा एमालेका सकिबुल खाँ निर्वाचित भएका छन् । आज भएको उपनिर्वाचनमा खाँले छ सय ३१ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका आइतीकुमारी यादवले पाँच सय ३४ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले जानकारी दिए।
कूल दुई हजार एक सय ४१ मतदाता रहेका सो वडामा एक हजार पाँच सय १४ मत खसेको थियो । निर्वाचनमा सात राजनीतिक दल र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार रहेका थिए ।
यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनबाट अध्यक्ष बनेका माओवादी केन्द्रका मुकेशकुमार यादवको गत भदौमा मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
मतगणना परिणामअनुसार नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँले दुई सय ८४ र जनता समाजवादी पार्टी नेपालका नजामुद्दिन खानले ३८ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस