काठमाडौँ । धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै आमरण अनसन बसेको युवाहरूले आज तेस्रो दिन पनि सरकारले चासो नदेखाएको गुनासो गरेका छन् ।
अनसनको तेस्रो दिन २०८१ भदौ ६ गते बिहीबार पनि सरकारले चासो नदेखाएको उनीहरूले बताएका हुन् ।
युवाहरूको स्वास्थ्य अवस्था बिग्रिँदै गइरहेको चिकित्सकले बताएका छन् ।
अनसनमा बसेका युवाहरूको स्वास्थ्य स्थितिको चेकजाँचका लागि पुगेका चिकित्सक विपिनकुमार यादवले अनसनकारी युवाको स्वास्थ्य स्थिति कमजोर हुँदै गइरहेको बताए । उनकाअनुसार खाना नखाएकाले उनीहरूका ग्लुकोज तथा पानीको मात्राको अभाव भएको छ ।
यता, आन्दोलनको नेतृत्व गरिरहेका प्रवीण यादवले मुख्यमन्त्री सतिशकुमार सिंहले युवाहरूको अनसनलाई स्टन्टको सङ्ज्ञा दिएकोप्रति दुःख व्यक्त गरेका छन् ।
उनले अनसन बसेको पहिलो दिन भौतिकमन्त्री सरोज यादव भेट्न आए पनि माग सम्बोधन गर्ने प्रयास नगरेको आरोप लगाए ।