डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका-४ समूहगाडमा आज (शुक्रबार) बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।
धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना ५ख ४४५१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिए।
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। बस सडकबाट करिब ३५ मिटर तल खसेको छ।
यी हुन् घाइतेहरू
१) जि. डडेल्धुरा गन्यापधुरा गापा वडा नं ०२ रिठा बस्ने वर्ष २३ की सविता देउवा कानमा चोट, अवस्था सामान्य ।
२) जि.डोटी दिपायल सिलगढी नपा वडा नं६ थाप्ला बस्ने वर्ष २९ को भोज राज धामी टाउकोमा चोट अवस्था मध्यम ।
३) जि. डोटी सायल गापा वडा नं ०७ गौरीगाउँ बस्ने वर्ष ८२ को तेज बहादुर सिंह टाउकोमा चोट अवस्था सामान्य ।
४) जि. डोटी आदर्श गापा वडा नं ०४ बस्ने वर्ष ३०को कृष्ण विष्ट ढाड र टाउकोमा चोट अवस्था मध्यम ।
५) ऐऐ बस्ने वर्ष ३८ को सन्तोष बोहरा कम्मर र हातमा चोट अवस्था मध्यम ।
६) जि. डोटी शिखर नपा १० वान्डुङग्रीसैन बस्ने वर्ष ३५ को भरत रावत ढाड, दाँया खुट्टामा चोट अवस्था मध्यम । (चालक)
७) जि. डोटी दिपायल सिलगढी नपा वडा नं ०१ तिखा बस्ने वर्ष ४० को डम्मरी देवी खड्का खुट्टा, टाउको र कम्मरमा चोट ।
८) जि. डोटी दिपायल सिलगढी वडा नं ०४ राजपुर बस्ने वर्ष ३८ को दिल बहादुर नेपाली कम्मरमा चोट अवस्था
९) जि. डोटी सायल गापा वडा नं ०४ डौड बस्ने वर्ष ६५ को हर्क बहादुर सिंह ढाड र दाँया खुट्टामा चोट अवस्था मध्यम ।
१०) जि. डोटी केआईसिंह गापा वडा नं ०२ डुम्राकोट बस्ने वर्ष ४२ को कमल विक्रम शाही (बस साहु) दाँया खुट्टा, टाउको छाती र दाया हातमा चोट अवस्था मध्यम ।
११) जि. डोटी दिपायल सिलगढी नपा वडा नं ०६ बस्ने वर्ष २९ को भेषराज धामी टाउको हातमा चोट
१२) जि. डोटी आदर्श गापा वडा नं ०१ बस्ने वर्ष २३ को प्रकाश खड्का टाउकोमा चोट अवस्था मध्यम
१३) जि. डोटी पुर्वीचौकी गापा वडा नं ०७ टिमुर दह बस्ने वर्ष २१ को हिक्मत विक हात खुट्टा मुखमा चोट अवस्था मध्यम ।
१४) जि. डोटी बोगटान फुड्सिल गापा वडा नं०६ पलाडी बस्ने वर्ष ३५ को देव बहादुर बोगटी हात खुट्टा टाउकोमा चोट अवस्था मध्यम ।
१५) जि. डोटी सायल गापा वडा नं ०४ वर्ष ५६ को लाल बिरे भुल टाउको हात ढाड खुट्टामा चोट अवस्था मध्यम ।
१६) जि. डोटी सायल गापा वडा नं ०२ बस्ने वर्ष ४० को दल बहादुर बयाडी कम्मर खुट्टामा चोट अवस्था ।
थप टिपोटस- जिल्ला डोटी दिपायल सिलगढी नपा वडा नं ०४ रेडियो नेपाल बस्ने लक्ष्मण बोगटीको पक्की घरको छतको दक्षिण पट्टीको कुना र एक तले कच्ची टिनले छाएको भान्सामा क्षेति र अर्जुन ठोकरको एक तले कच्ची टिनले छाएको भान्सामा क्षेति भएको ।