काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित देशमा एकतर्फी खुलापन विस्तार गर्ने र बाँकी विश्वका लागि आफ्नो वस्तु, सेवा, पुँजी र श्रमबजारलाई व्यवस्थित रूपमा खोल्ने बताउनुभएको छ ।
चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बिसौँ बैठकको हालैको तेस्रो पूर्णशत्रका निर्णय चीन र विश्वलाई नै महŒवको भएको जनाउँदै उहाँले उच्चस्तरको खुलापनले विकासका अवसर थपिने र नेपाल जस्ता विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने विश्वास दिलाउनुभयो ।
उहाँले आज दिनुभएको वक्तव्यमा राजधानी बेजिङमा गत असार ३१ देखि साउन ३ गतेसम्म आयोजित प्लेनरी सेसनले चीनको आर्थिक एवम् सामाजिक विकासको नयाँ खाका कोरेको बताउँदै यो चीन र विश्वलाई नै ठुलो महŒवको भएको तथा आधुनिकतामा नै भरोसा राख्ने र सुधारलाई बढाउने चीनको प्रतिबद्धता रहेको स्पष्ट गर्नुभयो ।
चीनमा सुधार र खुलापन सुरु भएदेखि नै पार्टी केन्द्रीय समितिको प्रत्येक तेस्रो पूर्ण बैठकले सुधारका विषयमा जोड दिने गर्छ र आगामी पाँचदेखि १० वर्षसम्मका लागि चीनको विकासका लागि योजना र प्रबन्ध निर्माण गर्छ ।
चिनियाँ राजदूतले भन्नुभएको छ– “स्वदेशी तथा विदेशी उद्यमी तथा पर्यवेक्षकले पनि सो तेस्रो पूर्ण बैठकले चीनलाई मात्र नभई सम्पूर्ण विश्वलाई सकारात्मक र न्यानो सङ्केत दिएको बताउनुाका साथै बढ्दो भूराजनीतिक तनाव र संरक्षणवादका बिच चीनमा थप लगानी र विकास एवम् विश्वमा नै स्थायित्व दिने विश्वास व्यक्त गरेका छन् ।”