• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

दाङको घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरै


  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
  • तुलसीपुर (दाङ) । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकको रूपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन ।

    Advertisement

    करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही–तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ ।

    सडक कालोपत्र गर्न पटकपटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर–४ का दोलकबहादुर खत्रीले बताउनुभयो ।

    ‘सडक सम्पन्न भएको अवस्थामा आवतजावतमा सहजता हुने थियो । यो क्षेत्र कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छ’ उहाँले भन्नुभयो– ‘सडक स्तरोन्नति भएमा यस क्षेत्रमा उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने थियो ।’

    ‘सडक धेरै पहिला नै ट्रयाक खोलिएको हो । समयमा स्तरोन्नति नहुँदा कतै पुनःनयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ’ तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले भन्नुभयो ।

    करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै उहाँले बाँकी ११ किमिअन्तर्गत कतिपय स्थानमा नयाँ ट्रयाक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।

    सडक निर्माणका लागि आफूले पटक पटक प्रदेश र सङ्घ सरकारलाई दबाब दिइरहेको वडाध्यक्ष थापाले बताउनुभयो । घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षाचौर जोड्ने सडकको ट्रयाक खोल्नेकाम पुरा भएपनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।

    घोराही–रक्षाचौर खण्डको कौवाखोली–कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन । उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छ भने परेको बजेट पनि फ्रिज हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् । (रासस)

    शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    • २.
      जनजाति मुक्ति आन्दोलन

    • ३.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ४.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ५.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ६.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ७.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ८.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.