• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पर्यटकको रोजाइमा ढोरपाटन सिकार आरक्ष


  •   आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
  • ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन वर्षौंदेखि चर्चित छ । प्राकृतिक सुन्दरताले भरिए पनि यहाँसम्म पुग्ने सडकको दुरावस्था र अन्य विकासले जोडिन नसक्दा पछाडि परेको छ । पूर्वाधार अभावमा गुज्रिदै आए पनि यहाँ पर्यटक भने बाह्रै महिना फाट्टफुट्ट पुग्ने गर्दथे । केही वर्ष अगाडिसम्म ढोरपाटनमा आउने पर्यटकको हिसाब थिएन । बाहिरबाट आउने पर्यटकका लागि बस्ने र खाने होटल तथा रेष्टुरेन्टको व्यवस्था पनि त्यत्ति राम्रो थिएन । तर अहिले ढोरपाटन पुग्ने हरेक पर्यटकको गणना हुन थालेको छ ।

    Advertisement

    आर्थिक वर्ष २०७७/७८ देखि नेपाली सेनाले ढोरपाटन प्रवेशद्वार देउरालीमै आगन्तुकको गणना गर्नुपर्छ । पछिल्लो समय विगतका तुलनामा ढोरपाटन आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । पहिलो जनैपूर्णिमा र वैशाखेपूर्णिमा मात्रै आउने गरेकामा दुई वर्षयता बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । हिउँदमा हिउँ खेल्न र गर्मीमा शितलाका लागि ढोरपाटन आउनेको सङ्ख्या ठूलो छ । अझ यस वर्ष दसैँ बेला निकै ठूलो संख्यामा पर्यटक आएको पाइन्छ । विदेशी पर्यटक सिकारयामका बेला सिकार खेल्न हेलिकप्टरमार्फत आउने गर्छन् । त्यसबाहेक गाडी तथा मोटरसाइकलमार्फत घुम्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । ढोरपाटन सिकार आरक्षको कार्यालयका अनुसार पछिल्लो दुई महिनामा ढोरपाटन घुम्न आउनेको सङ्ख्या दुई हजार ६०९ छ ।

    असोज महिनामाभन्दा कार्तिक महिनामा बढी पर्यटक ढोरपाटन आएको सिकार आरक्षको तथ्याङ्कमा उल्लेख छ । असोजमा नेपाली चार सय ७५ र विदेशी २१ गरी चार सय ९६ ढोरपाटन आएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिए । कात्तिक दसैँ तिहारको महिना भएको हुँदा यस बेला दुई हजार एक सय १३ पर्यटक आएको उनको भनाइ छ । कात्तिकमा दुई हजार ९७ नेपाली र १६ विदेशी पर्यटक आएको उनी बताउँछन् ।

    गत आवमा सात हजार छ सय ४५ आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन आएकोमा चालु आवको चार महिनामा तीन हजार नौ सय ९९ पर्यटक भित्रिएको सूचना अधिकारी पङ्गेनीको भनाइ छ । अहिलेनै चार महिनामै चार हजार पर्यटक भित्रिसकेको भन्दै चालू आव सकिदासम्म गत वर्षको तुलनामा धेरै बढी आउने आँकलन गरेको उनले बताए । गत वर्ष १९ लाख ६२ हजार पाँच सय राजस्व सङ्कलन भएकोमा चालु आवमा बढ्न सक्ने सूचना अधिकारी पङ्गेनी बताउँछन् ।

    उनले भने, ‘अहिले पर्यटक आगमन निकै बढी छ, यही हिसाबले पर्यटक आइराखे यस बढी आउने सम्भावना देखिएको छ, हरेक दिन आन्तरिकसँगै विदेशी पर्यटक ढोरपाटनमा आएको पाइन्छ, यसले राजस्व वृद्धि हुने छ ।’

    ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा आव २०७७/७८ आन्तरिक पर्यटकले सय प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ । शिकार आरक्षको अनुसार आव २०७६/७७ सम्म विदेशी पर्यटकको मात्रै तथ्याङ्क राख्दै आएको आरक्षणले दुई वर्ष अघिदेखि स्वदेशी पर्यटकको तथ्याङ्क राख्दै आएको छ ।

    ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पछिल्लो समय प्रचारप्रसार बढी हुँदा पर्यटकको सङ्ख्या बढ्दै गएको बताए । बुर्तिबाङदेखि देउरालीसम्मको सडक निकै अप्ठ्यारो हुँदा पर्यटकले सास्ती खेप्नुपरेको भन्दै निर्माण कम्पनीले ढिला सुस्ती गरेको उनको भनाइ छ । अहिले ढोरपाटनमा पर्यटकका लागि बस्ने र खाने राम्रो व्यवस्था हुन थालेपछि घुम्न आउनेको सङ्ख्या हरेक दिन बढ्न थालेको कार्यवाहक नगरप्रमुख कायत बताउँछन् । पहिले बिहान गएर साँझ फर्ने गरे पनि अचेल धेरै जसो बास बस्ने गरि आउने गरेको उनको भनाइ छ ।

    ‘ढोरपाटन उत्कृष्ट गन्तव्यमा पर्छ, तर अहिलेसम्म विकास हुन नसक्दा धेरै पर्यटक भित्र्याउन सकेको अवस्था थिएन, अहिले पर्यटक आगमन निकै उत्साहजनक छ, अप्ठ्यारो सडकमा पनि पर्यटक गाडी लिएर आएको पाइन्छ, अहिले ढोरपाटनमा केही सुधार भएको छ, होटल रेष्टुरेन्ट पनि बढ्दै गए, पाहुनालाई खान र बस्नको समस्या छैन’, कायतले भने, ‘प्रचारप्रसार पनि तीव्र हुँदा पहिलेको तुलनामा अहिले पर्यटक धेरै आएको पाएका छौँ, अझै बढ्ने अपेक्षा गरेका छौँ ।’ रासस

    आइतबार, मङि्सर ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.