• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बरेङमा अलैँचीखेती फस्टाउँदै


  •   आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
  • बागलुङबजार । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँचीखेती फस्टाउँदै गएको छ ।

    Advertisement

    यहाँका कृषकले नमूना अलैँची उत्पादक कृषक समूहमार्फत व्यावसायिक अलैँचीखेती गर्दै आएका हुन् ।

    बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैँची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिनुभयो ।

    आठ वर्षअगाडि खेती सुरु गरे पनि छ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैँचीले विस्तारै बजारसमेत पाउन थालेको उहाँको भनाइ छ । गाउँको तीन सय रोपनीमा गरेको अलैँची खेती किसानको आयआर्जनको माध्यम बनेको उहाँले बताउनुभयो ।

    दुई वर्षअगाडि रु ३५, गत वर्ष रु २८ र यस वर्ष रु २२ लाखको अलैँची निर्यात भएको उहाँको भनाइ छ । उहाँले यस वर्ष १६ क्विन्टल अलैँची बिक्री गरेको जनाउँदै रु आठ सयदेखि रु एक हजार पाँच सयसम्म मूल्य पार्न सफल भएको बताउनुभयो ।

    समयमा पानी परेको भए यस वर्ष झन्डै रु ३५ लाख बढीको अलैँची उत्पादन गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।

    ‘यो ठाउँमा अलैँची राम्रो उत्पादन भइरहेको थियो । पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो । यस वर्ष कम उत्पादन भयो । मूल्य बढी पाइयो । मुख्य समस्या खडेरी बन्यो । चैतवैशाखमा फूल फुल्ने र दाना हाल्ने गर्छ । त्यस बेला पानी परेन, दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन’ अध्यक्ष पौडेलले भन्नुभयो– ‘तर हामी उत्साहित छौँ । उत्पादन बढाउने गरी काम गरिरहेका छौँ । हामीले उत्पादन गरेको अलैँची धेरै ठाउँमा पुग्ने गरेको छ । किसान पनि यसको खेती गर्नतर्फ आकर्षित भएका छन् । बजार व्यवस्थापनलाई पनि जोड दिएका छौँ ।’

    बरेङ गाउँपालिकाले वडा नं २ हुग्दिशिरलाई अलैँचीखेतीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यावसायिक बन्न आकिर्षत गरेको छ ।

    पाखोबारीमा पनि अलैँची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसीप्रसाद शर्माले बताउनुभयो । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैँची खेती गरिदै आए पनि आफूहरू यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उहाँको भनाइ छ । अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राविधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताउनुहुन्छ । अलैँची खेतीमा बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उहाँको भनाइ छ ।

    अलैँची खेतीसम्बन्धी आफूहरूलाई प्राविधिक ज्ञान नभएको जनाउँदै शर्माले पालिकाले यससम्बन्धी तालिमको व्यवस्था गरिदिन सके उत्पादन अझै बढेर जाने बताउनुभयो । समूहमा गाउँका सबैलाई समेट्ने र युवा शक्तिलाई परिचालन गर्नका लागि थप योजना बनाएको उहाँको भनाइ छ । प्राविधिक ज्ञानको कमीका कारण समय–समयमा अलैँचीका बोट मर्ने समस्या आएको शर्माले बताउनुभयो ।

    बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्नका लागि पालिकाले हरेक वर्ष लगानी गर्दै आएको बताउनुभयो । किसानलाई आवश्यक तालिम, पराशर्म र उन्नत जातका बिउबिजन प्रदान गर्दै आएको उहाँको भनाइ छ ।

    बरेङमा प्रशस्त उत्पादन हुने उर्वर भूमि रहेको हुँदा त्यसको उपयोग गरी रोजगार सिर्जना गर्नतर्फ आफूहरूले जोड दिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । (रासस)

    आइतबार, कार्तिक २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने
    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • २.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • ३.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ४.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ५.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ६.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ७.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ८.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.