• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्यो’


  •   सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् ।

    Advertisement

    सोमवार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

    अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए ।

    उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको उल्लेख गरे। उनले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताए । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गरे ।

    अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताउनु भयो । उहाँले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए ।

    उनले गत वर्ष सोही समयमा करिव ४७ अर्ब बढेको बताए । उनले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा, १३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए ।

    उनले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि,उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताए । उनले मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । उनले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताए ।

    उनले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको बताए उनले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

    अध्यक्ष केसीले आगामी कात्तिक २३ र २४ गते संघले एशियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको जानकारी पनि दिए ।

    ‘बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २८ प्रतिशतले घट्यो’ काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले वाणिज्य बैंकहरुको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ प्रतिशतले घटेको बताएका छन् । सोमवार संघले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यक्ष केसीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुको खुद नाफा मात्रै नभएर खुद ब्याज आम्दानी समेत बढ्न नसकेको उल्लेख गरे । उनले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लोन लस प्रोभिजनको रकम ७ अर्ब रहेकोमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब पुगेको बताए । उनले चालु आवको पहिलो त्रैमासमा लोन लस प्रोभिजनकै कारण बैंकहरुको नाफा बढ्न नसकेको उल्लेख गरे। उनले चालु आवको पहिलो त्रैमासमा बैंकको कर्जा मात्रै नभएर डिपोजिट समेत धेरै बढ्न नसकेको बताए । उनले निजी क्षेत्रको व्यापार घट्दा बैंकको नाफा प्रभावित भएको दाबी गरे । अध्यक्ष केसीले सम्भावित जोखिम व्यवस्था (लोन लस प्रोभिजन) को रकममा उच्च वृद्धि भएको समेत बताए । उनले लोनको माग नहुँदा बैंकहरुले प्रिमियम घटाउँदै गएको बताउनु भयो । उहाँले कात्तिक १७ गतेसम्म २० वटा वाणिज्य बैंकहरुको करिव ७४ अर्बको कर्जा बढ्दा १२१ अर्बले निक्षेप बढेको बताए । उनले गत वर्ष सोही समयमा करिव ४७ अर्ब बढेको बताए । उनले २० वटा बैंकको अवस्था हेर्दा एउटा बैक घाटामा, १३ वटा बैंक गत वर्षको भन्दा कम नाफा र ६ वटा बैंकको केही मात्रामा नाफा बढेको बताए । उनले विश्व व्यापी रुपमा देखिएको मूल्यवृद्धि,उच्च ब्याजदर सबैखाले असामान्य परिस्थिति र नयाँ इजरायल र हमासको युद्धको असर बैंकिङ क्षेत्रमा पनि देखिएको बताए । उनले मौद्रिक र वाह्य क्षेत्रमा केही प्रगति भएपनि विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स बढ्ने क्रम देखिएको बताए । उनले बैंकको खराब कर्जा ३.६१ प्रतिशत पुगे पनि दक्षिण एशियाली देशसँग तुलना गर्दा डराउनुपर्ने अवस्था नभएको भएपनि सजग हुनैपर्ने अवस्था रहेको बताए । उनले स्प्रेडदर ४ प्रतिशत कायम गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको र सोहीअनुसार बैंकहरुले काम गरेको बताए उनले एनबीएले गत शुक्रबार जाजरकोटमा गएको भूकम्प पीडितलाई ५ करोड रुपैयाँ सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा संघले सकेको सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । अध्यक्ष केसीले आगामी कात्तिक २३ र २४ गते संघले एशियन बैंकर्स कन्फरेन्स आयोजना गर्न लागेको जानकारी पनि दिए ।
    सोमबार, कार्तिक २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.