काठमाडौँ । डिजेल र मट्टीतेलको मूल्य घटेको छ।
Advertisement
नेपाल आयल निगमले २०८० कात्तिक १४ गते मङ्गलबार राती १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टीतेलमा चार रुपैयाँ मूल्य घटाएको हो ।
योसँगै अब डिजेल र मट्टितललाई काठमाडौँ, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्ने निगमले जनाएको छ ।
उपभोक्ताको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनबमोजिम डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मङ्गलबार पेट्रोलको मूल्यमा प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्यमा प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ ।
त्यस्तै, एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।
