• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

ढोरपाटनका किसान चिन्तित, ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले


  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
  • बागलुङबजार । फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङ ढोरपाटनका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।

    Advertisement

    सयौँ किसानका हजारौँ बोट कागती मर्दा लाखौँको क्षति हुने भन्दै यहाँका स्थानीय किसान चिन्तित भएका छन् । किसानले लगाएको कागतीमा ढुसी र गवारो रोग लाग्दा बोट मर्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनमगरले बताउनुभयो ।

    गबारो रोगले कागतीका बोटको टुप्पो सुक्दै जाने र बोट नै मर्ने गरेको पुन मगरको भनाइ छ । किसानले तत्काल सुक्न थालेका हाँगालाई समयमै काटेर फाले बोट मर्नबाट जोगिने उहाँले बताउनुभयो ।

    प्राय: कागतीमा लाग्ने यो रोग समय–समयमा देखा पर्ने हुँदा किसानले प्राविधिक परामर्श लिएर यसको रोकथाम गर्न सकिने उहाँको सुझाव छ ।

    उहाँले भन्नुभयो– ‘ढुसी र कान्डको गबारो रोग लाग्दा कागतीका हाँगा मर्ने गर्दछ । यसको रोकथामका लागि किसानहरू पनि सजग हुनुपर्छ । सुक्न थालेका हाँगा बेलामै काट्नुपर्ने हुन्छ । यो समस्या अहिले जिल्लाको निसीखोला र यसको आसपासका ठाउँमा देखिएको छ ।’

    निसीखोला गाउँपालिकाका नरबहादुर बुढा मगरले बगैँचामा लगाएको ६० बोटमध्ये ३४ बोट मर्न थालेको बताउनुभयो । टिप्ने बेलाको कागतीका दाना खस्नुका साथै बोटनै मरेको बुढा मगरले बताउनुभयो । अघिल्लो वर्ष लगाएका विरुवा समेत मर्न थालेको उहाँको भनाइ छ । दुई वर्षदेखि व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउने उहाँले आफ्नो करिब तीन लाखको क्षति हुने बताउनुहुन्छ ।

    ‘बारीमा छ/सात वर्षपहिले लगाएका कागतीका रुख थिए । सुरुमा ती रुखका हाँगा मर्न थाले र पछि साना बोटमा पनि यो समस्या देखियो’ उहाँले भन्नुभयो– “यसरी बोट नै मर्दै गए भने त मेरो लाखौँको लगानी डुब्छ । कसरी सुरक्षा दिने होला ?’

    स्थानीय पूर्णबहादुर क्षेत्रीले ९० बोटमध्ये ७० भन्दा बढी बोटमा रोग देखिएको बताउनुभयो । आफूले सुक्न थालेका सबै बोटका हाँगा काट्न सुरु गरेको उहाँ बताउनुहुन्छ । अघिल्लो वर्ष भने कुनै समस्या नदिएको उहाँको भनाइ छ ।

    बागलुङ जिल्लामा हाल ४५ हेक्टर क्षेत्रफलमा कागती खेती छ । पछिल्लो समय कागती खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ज्ञान केन्द्रका अनुसार हाल जिल्लामा २२ हेक्टर जमिनबाट कागती उत्पादन भइरहेको छ । (रासस)

    शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.