नवराज पौडेल, कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । राजमोको संगठनात्मक अभियान अन्तर्गत शनिबार खरेन्द्रपुरमा भेला सम्पन्न भएको हो ।
भेलाले रामदेव कुर्मीको अध्यक्षतामा १५ सदस्यीय खरेन्द्रपुर टोल समिती गठन गरेको छ । जसको उपाध्यक्षमा मान बहादुर विक, सचिव विनिता अदै, कोषाध्यक्ष नरमान अदै, सदस्यहरु ओम बहादुर खड्का, घम बहादुर थापा, धर्वेन्द्र नाउ, राम बहादुर अदै, हिरामती भण्डारी, हरिकला खड्का, दिपा अदै, कमला अदै, विमला खनाल चयन हुनुभएको छ । यस्तै सल्हाकारमा तुल बहादुर अदै, नन्दराज भण्डारी, रमेश पुन र दरबारी थारुलाई चयन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै राजमो जिल्ला परिचालन समितिका सदस्य तथा अन्टुकका केन्द्रीय सदस्य केयर सिंह अदैले चुनावमा ‘गिलास’ चिन्हमा हालेको मत खेर नगएको बताउँदै यसले देशमा राष्ट्रियताको जागरण ल्याई जातीय राज्य हुनबाट बचाएको बताउनु भयो । संघीयताको विरुद्धमा आम जनता माझमा सचेतना फैलाएकोले राजमोलाई जनताले समेत उच्च मुल्याङ्कन गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य नारायण शर्मा र राजमोका जिल्ला कोषाध्यक्ष चेतनारायण खनालले सम्बोधन गर्दै नव निर्वाचित सम्पुर्ण सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । शनिबार मात्र खरेन्द्रपुरमा १४२ जनालाई नयाँ सदस्यता वितरण गरिएको केयर सिहं अदैलेले जानकारी दिनु भएको छ ।
यो पनिः
कपिलवस्तुकाे सिमावर्ती विजयनगर गाउँपालिकामा राजमाेकाे संगठन विस्तार
कपिलवस्तुमा जारी छ, राजमोको संगठन निर्माण अभियान
१६ वर्षपछि नेकपा छोडेर राजमोमै फर्किए अधिकारी
बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश
दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी
नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश
राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु