चन्द्र सापकोटा, कावासोती ।
Advertisement
राष्ट्रिय जनमोर्चा नवलपुरले शोकसभा सम्पन्न गरेको छ ।
राजमो गण्डकी प्रदेश समितिका सदस्य कृष्ण सापकोटाकी ममतामयी माता नर्बदा सापकोटाको असामयिक निधन भएको सातौँ दिन २०८० जेठ २५ गते बिहीबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
श्रद्धाञ्जली कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दीपक पाण्डेले शोक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटाले सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा शोकसन्तप्त परिवारजनका साथै राजमोका नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
