• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपाली जनता भोकाए भनेर एमसीसी आएको होइन : केसी

"नौ राजनीतिक दल तथा सङ्गठनको आयोजनामा राजधानीमा विरोधसभा "

  •   शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
  • प्रकाश थापा मगर, काठमाडौँ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली जनता भोकाए भनेर एमसिसी नआएको बताउनुभएको छ । ‘नेपाली जनता भोकाए, नेपाली जनता अँध्यारोमा बसे भनेर एमसिसी आएको हो र ?’ उहाँले भन्नुभयो– ‘चीनलाई घेर्नका लागि अमेरिकाले एमसिसी अगाडि सारेको हो ।’

    नौ दलको आयोजनामा २०७६ माघ २४ गते राजधानीको शान्तिवाटिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले पछिल्लो समयमा चीन शक्तिशाली बन्दै गएकाले उसको प्रगतिलाई रोक्नका लागि इन्डो–प्यासिफिक रणनीति अगाडि सारिएको र त्यसैको एउटा अङ्गको रूपमा एमसिसी नेपालमा लागु गर्न खोजिएको बताउनुभयो । ‘अमेरिकाको बजार चीनले खोस्दै छ, त्यसलाई रोक्नका लागि अमेरिकाले इन्डो–प्यासिफिक रणनीति अगाडि सारेको हो’ उहाँले भन्नुभयो । ‘एनसेलले नै अर्बौं करछली गरेको छ, त्यही उठाए हुन्न ?’ उहाँले अगाडि भन्नुभयो– ‘देशभित्रको बेथिति, भ्रष्टाचार रोके त त्यही पैसाले देशको विकास गर्न सकिन्छ नि !, किन विदेशीका सामु हात फैलाउनुप-यो ?’

    लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमणको बारेमा बोल्दै अध्यक्ष केसीले तीनवटा भक्तपुर जिल्लाबराबरको क्षेत्रफल भारतद्वारा अतिक्रमण हुँदा पनि नेपाल सरकार चुप रहेको बताउनुभयो । ‘तीनवटा भक्तपुरमाथि भारतले १९६२ देखि कब्जा जमाइरहेको छ, यसमाझमा दुईदर्जनजति सरकार बनिसके’ उहाँले भन्नुभयो– ‘तर कुनै पनि सरकारले सीमा अतिक्रमणको विरुद्धमा पहलकदमी गरेनन् ।’ उहाँले छिमेकीले साँध मिच्यो भने झगडा गर्ने, उस्तै परे अदालतसम्म धाउने हामी नेपाली र त्यही समाजबाट आएको सरकारले सीमा अतिक्रमणबारे नबोल्नु दुःखको कुरा भएको बताउनुभयो । उहाँले सरकारले अतिक्रमित जमिन फर्काउँछ भनेर चुपचाप बस्ने अवस्था नरहेको बताउँदै राष्ट्रियता, सार्वभौमिकता र भू अखण्डताको पक्षमा देशभक्त जनताले लगातार खबरदारी गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सभामा सम्बोधन गर्दै नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्राज्यवादले युद्धबाट भएको क्षतिको पुनर्निर्माणको नाममा विश्वभरि साम्राज्यवादी योजना फैलाएको बताउनुभयो । ‘त्यो षड्यन्त्र स्टालिनले बुझेका थिए’ प्रवक्ता पुरीले अगाडि भन्नुभयो– ‘जब स्टालिन नेतृत्वको सोभियत सङ्घले त्यसको विरोध ग¥यो, त्यसपछि शीतयुद्ध सुरु भयो ।’ उहाँले अहिले एमसिसी पनि त्यस्तै साम्राज्यवादी योजना भएको बताउँदै सरकारले त्यसलाई अस्वीकार गरेर स्वदेशी पुँजीमा आधारित योजनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।


    नेकपा (माले) का महासचिव सिपी मैनालीले लिम्पियाधुरा–लिपुलेकमा सीमा अतिक्रमण होइन, भारतद्वारा नेपाली भूमि कब्जा नै भएको बताउनुभयो । ‘सन् १९६२ देखि भारतीय सेना सीमा अतिक्रमण गरेर बसेकै थियो’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले नक्सामा त्यो भूमि देखाएर भारतले घोषित रूपमा नेपाली भूमि कब्जा गरेको छ ।’ उहाँले यस्तो अवस्थामा पनि आवाज नउठाउनु ओली सरकारको दलाल तथा घुँडाटेकुवा नीति भएको दावी गर्नुभयो ।

    देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले प्रारम्भिक समयमा नै आफूहरूले सरकारलाई नेपालले अतिक्रमित भूमिसहितको नक्सा प्रकाशित गर्न, प्रधानमन्त्री स्तरमा भारतसित वार्ता गर्न र सीमा अतिक्रमणको मामिला संयुक्त राष्ट्र सङ्घमा पु¥याउन सुझाव दिएको बताउँदै सरकार त्यसप्रति उदासिन रहेको बताउनुभयो । एमसिसीको प्रसङ्गमा नेता गजुरेलले युएसएड हुँदाहुँदै एमसिसी गठन गर्नुका पछाडि अमेरिकाको साम्राज्यवादी स्वार्थ रहेको ठोकुवा गर्नुभयो । ‘नेपाललाई सहयोग गर्ने हो भने युएसएड छँदै छ, त्यसमार्फत् ५५ अर्ब के ?, ५५ खरब रुपियाँ नै दिए भयो’ उहाँले भन्नुभयो– ‘त्यसका लागि नेपाली जनता अमेरिकालाई धन्यवाद दिन सक्छन् ।’ उहाँले एमसिसीमा सुधारको कुनै गुन्जाइस नरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पेन्टागनले तयार पारेको डकुमेन्ट हामीले सच्याएर हुन्छ ? त्यसलाई सुधार होइन, सिधै खारेज गर्नुपर्छ ।’

    नेकपा (क्रान्तिकारी–माओवादी) का पोलिटब्युरो सदस्य दिनेश शर्माले नेपाललाई अमेरिका र चीनमाझको युद्धमैदान बनाउनका लागि एमसिसी प्रस्तावित गरिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो– ‘तर नेपाली जनतामा अभूतपूर्व जागरण आइसकेको छ । जनता हिँजोको जस्तो अवस्थामा छैनन् ।’

    जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुभाषराज काफ्लेले ५५ अरब रकम नेपालका लागि ठुलो रकम नभएको दावी गर्नुभयो । ‘एनआरएनका पूर्व अध्यक्ष शेष घलेले ठमेलमा ५० अरबको त एउटा होटेल नै बनाउँदै छन्’ काफ्लेले अगाडि भन्नुभयो– ‘५५ अरबका लागि हामीले हाम्रो देशको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता बन्दगी राख्ने ?’ उहाँले सरकारलाई एमसिसीबाट तत्कालै पछि हट्न आग्रह गर्नुभयो ।

    नेकपाका अध्यक्ष ऋषि कट्टेलले भारतले नक्सामार्फत् नेपालको विरुद्धमा युद्धको घोषणा गरेको दावी गर्नुभयो । ‘हामीले तिमीहरूको भूमि कब्जा ग¥यौँ, सक्छौ भने लडेर फिर्ता ल्याऊ’ भारतले यसरी युद्धको घोषणा गरेको उहाँको तर्क थियो ।
    नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष गोपाल किराँतीले एकजना अमेरिकी सिनेटरले धम्की दिँदैमा मन्त्रिपरिषद्को निर्णय बदल्ने दुईतिहाइ बहुमतको सरकार वास्तवमा लाचार भएको बताउनुभयो । ‘भोलि अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिँदा के गर्लान् ?’ उहाँले व्यङ्ग्य गर्नुभयो ।

    राष्ट्रिय जनजागरण परिषद्, नेपालका संयोजक साध्यबहादुर भण्डारीले अमेरिका र भारत मिलेर चीनको विरुद्धमा नेपाललाई उभ्याउने गम्भीर योजनाको रूपमा एमसिसी अगाडि आएको बताउनुभयो । उहाँले एमसिसी नेपालका विरुद्ध जबर्जस्ती युद्ध थोपर्ने अन्तर्राष्ट्रिय योजना नै भएको दावी गर्नुभयो ।विरोधसभा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य घनश्याम न्यौपानेको सञ्चालन तथा नेकपा (माले) का पोलिट्ब्युरो सदस्य कृष्ण रानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    यो पनि पढ्नु होस्ः

    एमसीसी लागू भए नेपालको संविधान निस्क्रियः महासचिव शर्मा

    बुटवलमा नौ दलको प्रदर्शनः साम्राज्यवादी हस्तक्षेप सैह्य नहुने चेतावनी

    धनगढीमा यस्तो रह्यो नौ दलको जनप्रदर्शन

    पोखरामा नौ दलको विरोध सभाः राष्ट्रियता रक्षाका लागि एकजुट हुन आह्वान

    जनकपुरमा नौ दलको जनप्रदर्शनसहित सभा

    शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.