• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’


  •   सोमबार, माघ २०, २०७६ मा प्रकाशित
  • अखिल नेपाल युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेक विरुद्ध महाकाली–मेची खबरदारी अभियान आज (सोमबार) छैटौं दिनसम्म आइपुग्दा थप उत्साहका साथ अघि बढेको छ । हरेक दिनको बढ्दो जनसहभागिता र जनचासोले अभियानलाई प्रेरणादायी बनाएको अभियन्ताहरु बताउँछन् ।

    Advertisement

    आइतबार दाङको भालुवाङबाट बिच बिचमा कोणसभा, जनभेटघाट र सांस्कृतिक कार्यक्रम गर्दै अभियान टोलीका सदस्यहरु कपिलवस्तुको ४ नं पुगेका थिए । आज ४ नं, पिपरा हुँदै रुपन्देहीको फारलाइनमा कार्यक्रम हुनेछ, जहाँ रुपन्देहीका दर्जनौं नेता कार्यकर्ताहरुले स्वागतको तयारी गरेका छन् । त्यसपछि अभियान टोली अघि बढ्दै सालझण्डी र रुद्रपुरमा पुगेर भ्रष्टाचार र नागरिकता संशोधन विरुद्ध गर्जनेछ ।

    अभियानका क्रममा आइतबार कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा, बुद्धभुमी नगरपालिका२ गोरुसिंगे, तौलिहवा र गोब्रेमा कार्यक्रम सम्पन्न भएको थियो ।

    चन्द्रौटामा आयोजित सभालाई सम्बोधन गर्दै युवक संघका अध्यक्ष अनिल किशोर घिमिरेले नेपालमा समृद्धीको बाधक भष्ट्राचार भएको भन्दै सरकारले समृद्धीको वकालत गरे पनि मुठ्ठी भरका कार्यकर्ता र आफन्तलाई भएको भन्दै सरकारी,अदालत, मालपोत कार्यालय, नगरपालिका, वडा कार्यालय जताततै घुसखोरी र भ्रष्टाचार रहेको बताउनुभयो ।

    यस्तै, युवक संघका महासचिव कृष्णराज पाण्डेले सरकारले ल्याएको नागरिकता संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै तत्काल खारेज गर्न र नागरिकता छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्नुभयो ।

    कार्यक्रम अखिल नेपाल किसान संघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले सम्वोधन गर्नु भएको थियो । सञ्चालन युवक संघ कपिलवस्तुका अध्यक्ष मिना पोखरेल गर्नु भएको थियो ।

    आइतबार नै गोरुसिङेमा सभा सम्पन्न भयो । कुलराज खनालले सञ्चालन गर्नुभएको सभामा युवक संघका जिल्ला सचिव भक्त बिक र राजमो कपिलवस्तु अध्यक्ष दधिराम आचार्यले सम्बोधन गर्नुभएको थियो । यसैगरि तौलिहवामा आयोजित सभाको सञ्चालन युवक संघका पूर्व केन्द्रीय सदस्य शशी सापकोटाले गर्नुभयो भने अध्यक्ष अनिल किशोर घिमिरे र राजमो कपिलवस्तुका उपाध्यक्ष रामप्रसाद बेलबासेले सम्बोधन गर्नुभयो । यस्तै, गोब्रेमा आयोजित कोणसभालाई उपाध्यक्ष मुकुन्द रोकाले सम्बोधन गर्नुभएको थियो ।

    जनतालाई प्रत्यक्ष छोएका दुई विषय
    खबरदारी अभियानमा हिँडिरहेका युवानेताहरुले अखिल नेपाल युवक संघले उठाएको भ्रष्टाचार र नागरिकतासम्बन्धी एजेण्डाले जनतालाई प्रत्यक्ष छोएको अनुभव सुनाएका छन् । संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले यसअघि पार्टी र युवक संघले सञ्चालन गरेका अभियान भन्दा यो फरक प्रकृतिको रहेको बताउनुभयो ।

    ‘हामीले राजनीतिक एजेण्डासहित बारम्बार जनताको बिचमा यसखाले अभियानहरु सञ्चालन गरिरहेका छौं । तर, यसपटक जनतालाई प्रत्यक्ष छुने विषय उठान भएको अनुभव भएको छ’ वनले भन्नुभयो, ‘हाम्रा राजनीतिक एजेण्डा दिर्घकालिन महत्वका हुन्छन् । तर, भ्रष्टाचार र नागरिकताको विषय जनतालाई दैनिकरुपमा प्रभावित पारिरहेकाले जनताले विशेष चासो दिएर सुनेका छन् ।’

    कोषाध्यक्ष वनले अहिले मालपोत, नापी, नगरपालिका, वडा, वैदेशिक रोजगारीका कार्यालय वा जुनसुकै सरकारी निकायमा पनि घुसविना काम नहुने प्रवृतिका कारण जनता आजित बनेको बताउनुभयो । ‘बढ्दो भ्रष्टाचारका कारण जनताले युवक संघको कार्यक्रमलाई आफ्नै अभियान ठानेका छन्’ उहाँले भन्नुभयो ।

    यस्तै, तराईमा नागरिकताको विषयले पनि जनतालाई प्रत्यक्ष छोएको छ । नेता भिमसेन वनका अनुसार तराईका मूल आदिवासीहरु कतिपयले अझै पनि नागरिकता पाउन सकेका छैनन् । तर, त्यहाँका नेताहरु र मधेशवादी दलहरुले भारतबाट आउने आगन्तुकलाई नागरिकता दिलाउन पुरै प्रयत्न गरिरहेका हुन्छन् । जसको प्रत्यक्ष मार स्थानीयलाई परेको छ । ‘मधेशवादी दल र भारतीयहरुका कारण कैयौं तराईबासीले आफूलाई ‘डोमिनेट’ महसुस गर्ने रहेछन्’ वनले भन्नुभयो, ‘यसले गर्दा हामीले उठाएका विषयलाई जनताले रुचीपुर्वक सुनेका छन् ।’

    यसअघिका अभियानहरु भन्दा मोटरसाइकल यात्राका कारण आफूहरु धेरै जनाको घरमा पुग्न सकेको र बाँडिएर जनताको बीचमा बस्दा उनीहरुसँग प्रत्यक्ष अन्तरक्रिया हुन पाएको छ । यसले गर्दा संगठनप्रति उनीहरुको अपनत्व बढेको नेता वनको अनुभव छ ।

    युवक संघले यही माघ १५ गते कञ्चनपुरदेखि सुरु गरेको मोटरसाइकल -याली भष्ट्रचार र नागरिकता संशोधन ऐनविरुद्ध खबरदारी गर्दै माघ २९ गते काँकडभिट्टा पुग्नेछ ।
    यो पनि पढ्नुहोस्ः

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    सोमबार, माघ २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.