शंकरप्रसाद पोखरेल, कपिलवस्तु । अखिल नेपाल युवक संघको मेची–महाकाली खबरदारी अभियान कपिवस्तुमा पुगेको छ । आइतबार बिहान दाङको भालुवाङबाट अघि बढेको अभियानलाई कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरमा स्थानीयले भव्य स्वागत गरेका छन् ।
आज बिहान दाङको कालाकाटेमा कोणसभा सम्पन्न गर्दै मोटरसाइकल -याली अघि बढेको थियो । कालाकाटेमा आयोजित सभालाई युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे र राजमो गढवा गाउँपालिका वडा नं १ का अध्यक्ष भरत अधिकारीले सम्बोधन गर्नुभएको थियो भने युवक संघका उपाध्यक्ष चित्र एमसीले सञ्चालन गर्नुभएको थियो ।
यसअघि शनिबार दाङको तुल्सीपुरमा आयोजित सांस्कृतिक सभालाई नेकपा (मसाल) दाङका प्रवक्ता भरत भणडारी, युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव भक्त बिकले गर्नुभएको थियो । यस्तै, शनिबार नै नारायणपुर चोकमा आयोजित कोणसभामा उपाध्यक्ष चित्र एमसी सम्बोधन गर्नुभएको थियो ।
घोराहीमा आयोजित सभालाई महासचिव कृष्णराज पाण्डेय र राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले सम्बोधन गर्नूभएको थियो भने सञ्चालन युवक संघका जिल्ला सचिव चन्द आचार्यले गर्नु भएको थियो ।
यस्तै, गढवामा आयोजित सभामा युवक संघका कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गर्नुभएको थियो भने स्वागत राजमो गढवा गाउँपालिकाका अध्यक्ष गुणनीधि शर्मा र सञ्चालन युवक संघका उपाध्यक्ष चित्र एमसीले गर्नुभएको थियो । यसैगरी लमहीमा आयोजित सभामा महासचिव कृष्ण पाण्डे र यसवक संघका पूर्व अध्यक्ष काशिनाथ पोखरेलले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन युवक संघका जिल्ला उपाध्यक्ष लेखराज आचार्य र स्वागत राजमो लमही नगर समितिका अध्यक्ष हरि थापाले गर्नुभएको थियो ।
भालुवाङमा आयोजित सभालाई राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सम्बोधन गर्नुभएको थियो । युवक संघका उपाध्यक्ष मुकुन्द रोकायले सञ्चालन गर्नुभएको सभामा स्वागत राजमो राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष केशव खनालले स्वागत गर्नुभएको थियो । कार्यक्रममा युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले पनि सम्बोधन गर्नुभएको थियो ।

माघ १५ गते महेन्द्रनगरबाट सुरु भएको युवक संघको भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको खबरदारी अभियान अघि बढ्दै जाँदा सहभागीमा उत्साह पनि बढ्दै गएको युवक संघका उपाध्यक्ष चित्र एमसीले बताउनुभएको छ । एमसीका अनुसार जनताले ठाउँ–ठाउँमा गरेको स्वागत र दिएको सहयोगबाट सहभागीमा उत्साह झन् बढ्दै गएको हो । खासगरी बौद्धिक तप्काका मानिसहरुले युवक संघको अभियानलाई अत्यन्तै रुचीपुर्वक हेरेका छन् ।
‘बुद्धिजीविहरुले यो अभियानलाई निकै मन पराएका छन् । उनीहरुको सुझाव ठाउँ ठाउँमा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई राखेर अन्तरक्रिया गरेको भए अझै राम्रो हुने थियो भन्ने छ’ उपाध्यक्ष एमसीले युगदर्शनसँग भन्नुभयो, ‘किनकी अहिले भ्रष्टाचार संस्थागत हुँदै गयो भन्ने बुद्धिजीविहरुको ठहर छ र नियामक निकायका मानिसलाई सँगै राखेर अन्तरक्रिया गर्दा सेवाग्राहीसँग बहस हुन पाउने थियो ।’
तर, २२ जिल्लामा लामो अभियान भएकाले अहिले त्यसखालको कार्यक्रम सम्भव नभएको उपाध्यक्ष एमसीले बताउनुभयो । ‘हामीले भ्रष्टाचार र नागरिकता विधेयकसँगै संघीयताको खारेजी, सीमा अतिक्रण, एमसीसीलगायतका मुद्दा उठाएका छौं’ उहाँले भन्नुभयो, यी सबै विषय जनतालाई अत्यन्त खड्किएका रहेछन् ।’

एमसीका अनुसार खबरदारी अभियानबाट प्रभावित भएर ठाउँ ठाउँमा मोटरसाइकल -यालीलाई स्थानीयले स्वतस्फूर्तरुपमा स्वागत गर्नुका साथै सहयोग पनि गरेका छन् । सहभागीहरुलाई चिसो नहोस् भन्नका लागि विभिन्न व्यक्तिहरुले न्यानो कपडा, तातो खानेकुरा र औषधिहरु दिएका छन् । प्रचार सामाग्रीहरुलगायत आर्थिक सहयोग पनि प्राप्त भइरहेकोले अभियान थप उत्साहबद्र्धक रहेको उपाध्यक्ष एमसीले बताउनुभयो ।
आज कपिलवस्तुको चन्द्रौटा, गोरुसिंगे, तौलिहवा र ४ नं मा सांस्कृतिक कार्यक्रमसहित सभाहरु हुने युवक संघले जनाएको छ । अभियान विभिन्न जिल्लामा कार्यक्रम गर्दै माघ २९ गते काँकडभिट्टा पुग्नेछ ।
यो पनि पढ्नुहोस्ः
युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत
मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?
युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै
‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक