• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

जापानमा किन बढिरहेछ नेपाली विद्यार्थीको मृत्युदर ?


  •   बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
  • देवेन्द्र बश्याल
    जापानमा नेपाली विद्यार्थीको धमाधम मृत्यु भइरहेको छ । कुकभन्दा बढी नेपाली विद्यार्थीको नै बढी मृत्यु हुने गरेको छ । तर किन उनीहरूले अकालमा ज्यान फालिरहेका छन ? उनीहरूलाई मर्नबाट रोक्न के गर्न सकिन्छ भन्ने विषयमा कुनै कोणबाट पनि चासो देखाएको देखिँदैन । केवल सामाजिक सञ्जालमा मृतकको फोटो खिचेर राख्ने, दुखमनाउ गर्ने सिवाय कुनै काम गरेको देखिँदैन ।

    Advertisement

    जापानमा भदौमा उम्रने बगाले च्याउजस्तै उम्रेका विभिन्न संघसंस्था टन्नै नभएका पनि होइनन् । टोक्योमा नेपाली राजदूतावास पनि विराजमान छ । जापानमा धेरै विद्यार्थीलाई समेटेर खडा गरिएको शक्तिशाली संस्था एनआरएनए पनि छ । त्यसैको हाराहारीमा आर्थिक, भौतिक र सामाजिक मान्यता पाएको संस्था गोल्कोट समाज पनि छ ।

    जापानमा जस्ताखालका समाज र संघ/संस्था खोजे पनि छ्यापछ्याप्ती पाइन्छन । जस्तै कि जात÷जातीय, भाषाभाषीय तथा क्षेत्रीय तर तिनको लक्ष्य र उद्देश्य के हो ? केका लागि खोलिएका संघ/संस्था हुन् भन्ने विषयमा अन्योल नै देखिन्छ ।

    सामान्य हिसाबमा भन्नुपर्दा कुनै पनि देशमा खोलिने कुनै पनि संघ/संस्थाको उद्देश्य त्यही देशमा कार्यरत नेपालीको हक–हित र अधिकारको निमित्त सङ्घर्ष गर्नु हो । दोस्रो उद्देश्य भनेको जापानमा दुःख पाएका नेपालीको उद्धार गरी उनीहरूलाई सहयोग गर्नु हो तर अहिले जति पनि जापानमा खोलिएका संघ/सस्थाले आर्थिक संलन गर्ने र चयन गर्ने मात्र काम गरिरहेको देखिन्छ । नेपाली समाजमा ती समाजले सचेतनामूलकजस्ता कार्यक्रम केही गरेको देखिँदैन ।

    केही समयपहिला मैले जापानमा नेपाली विद्यार्थीको रमिता र जापानमा किन नेपालीको बढी मृत्यु भइरहेको छ भनेर कलम चलाएको थिएँ । यसपटक मैले नेपाली विद्यार्थीहरूले किन अकालमा ज्यान फालिरहेका छन् भनेर खोतल्ने जमर्को गरेको छु ।

    नेपाली विद्यार्थीहरू नेपालका विभिन्न कन्सल्ट्यान्सीबाट अत्यधिक लोभलालच, ऐशआराम, चयन, पैसा, स्वतन्त्रता आदि आशा–अभिलाषा बोकेर आएका हुन्छन । उनीहरूलाई त्यसैअनुसारको स्कुलिङ पनि गरिएको हुन्छ तर बाहिर जस्तो देखिन्छ, सुनिन्छ, त्यस्तै कुनै कुरा पनि जीवनमा लागु हुँदैन । पैसा कमाउन कति गाह्रो हुन्छ ? पैसा पहिरोको सुनगाभा हो भन्ने कुरा जापान आएपछि मात्र थाहा पाउने भएकाले कल्पनाको संसारमा उडेका विद्यार्थीहरू जापानमा ओर्लेर वास्तविक जीवन सुरु गर्दा निकै गाह्रो हुन्छ नै ।

    विद्यार्थीहरूले जापानमा कोठाभाडा, खाना खर्च, कलेजको फी, जापान आउँदा लागेको नेपालको ऋण सबै तिर्नका लागि आर्थिक सङ्कलन गर्ने क्रममा पर्याप्त मात्रामा आराम नगर्ने, अनिँदो बस्ने, चिन्ता लिने, कतिपय विद्यार्थीहरू रातमा दुई वा तीन घण्टा मात्र सुतेर काम गर्ने, पानीभन्दा सस्तो मदिरा अत्यधिक पिउने, पानी नपिउने, सागसब्जी नखाने र बढी मासु खानेजस्ता कार्य निरन्तर अघि बढिरहेको खण्डमा मानिस जापान वा विश्वको कुनै पनि देशमा रहे पनि ज्यान न हो । कति दिन पो टिक्छ र ?

    निश्चित रूपमा खानपान र आराममा हामीले ख्याल गरेनौँ भने ढिला नगरी अकालमा छिट्टै यो संसार छोड्नुपर्ने हुन्छ । त्यसैले संसारको कुनै पनि ठाउँमा रहे पनि हामीले शरीरको कोलेस्ट्रोल नबढाउने खालका खानाहरू, जस्तै सागसब्जी, रातो प्याज, फलफूल, माछा, ढिँडो, कुरुमी (ओखर), सालरी, ओलिभको तेल, दही, तोन्यु (फलफूलको दुध) सुगर फ्री चियाकफी खानाले आयु बढाउँछ र हामीले अकालमा ज्यान गुमाउनुपर्ने छैन ।

    जापानमा जापानीले हरेक दिन फरक फरक खाना खान्छन् । हामीले पनि उनीहरूबाट पाठ सिकेर खानामा कन्ट्रोल गरी हरेक दिन फरक फरक खाना खानु जरुरी छ । जस्तो कि बिहान चिया, तोन्यु र ब्रेड, कर्नफ्लेक्स, स्याउ, अण्डा आदि खाएर ब्रेकफास्ट गर्ने, दिउँसो र रातीको खानामा पनि ब्यालेन्स मिलाएर सागसब्जी बढी हुनेगरी खाने, तर मासु हप्तामा एक वा दुईपटक खाने, कम्तीमा पनि सात वा आठघण्टा आराम गर्ने, दिनमा दुई वा तीन लिटर पानी अनिवार्य पिउने गर्नाले हामी अकालमा मर्नुपर्ने छैन ।

    जापान बसेर लामो समय काम गर्ने इच्छा छ भने रक्सी, मासु, चिन्ता र अनिँदो त्याग्नुपर्छ । हामीले राम्रो शरीरलाई स्वस्थ राख्नका लागि स्वस्थ खालका खाना नै बढी खानुपर्छ । एक अध्ययनले के देखाएको छ भने जापानमा नेपालीको मृत्यु हुनुको मुख्य कारण अधिक मात्रामा मदिरा पिउने, अनिँदो बस्ने, पानी नपिउने र मासु बढी खाने हो । यसखालको खानपान भएको मानिसलाई कालेस्ट्रोल बढ्ने, रक्तचाप बढ्ने, मुटुरोग लाग्ने, पैसा, चिन्ता, कामको चाप, टेन्सनले डिप्रेसन हुनेजस्ता रोग बढ्छन् ।

    नेपालबाट अध्ययनका लागि जापानजस्तो समृद्ध देशमा आउने विद्यार्थीहरूले आफ्नो नेपालीपना, अनुशासन, लगनशीलता, कर्मठता, मिहिनेत, आज्ञाकारी, शिष्टताजस्ता व्यवहारलाई प्रयोग गरी विदेशीसामु आफ्नो पहिचान झल्काउनुपर्छ । एउटा शिक्षित व्यक्तिले आफूले खाने खाना, अरूप्रति गर्ने व्यवहार र समाजमा आफ्नो भूमिका कुनखालको हुनुपर्ने हो वा कसरी स्थापित गर्ने हो भन्ने कुरा कहिलै भुल्नु हुँदैन । त्यही सिद्धान्तअनुसार अगाडि बढ्नुपर्छ । जापानको खानपान, इमेल, इन्टरनेट, फोनजस्ता सुविधाको प्रयोग गरेर गलतभन्दा पनि असल र जीवन उपयोगी कुराको अध्ययन गर्नु हामी सबैको प्रमुख दायित्व हो ।

    विद्यार्थी वर्ग समाजको सचेत उच्चवर्ग हो । परिवार समाज र राष्ट्र निर्माणमा उनीहरूको अग्रणी भूमिका रहेको हुन्छ तर त्यही वर्गले जापानमा आएर भटाभट ज्यान फाल्नु भनेको नेपाली समाज र राष्ट्रका लागि दुर्भाग्य हो र यसको रोकथामका लागि विभिन्न सङ्घ÷संस्था, नेपाली राजदूतावास, नेपाल सरकारलगायतका जिम्मेवार संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रममार्फत् यो अहिलको मृत्युदर कम गर्न ढिला नगरी ठोस कदम चाल्नुको विकल्प छैन ।

    बिहिबार, माघ ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.