अङ्कारा । टर्कीले सिरियामा नयाँ सैन्य कारबाही गर्न लागेको छ । टर्कीले सिरियाको उत्तरी क्षेत्रमा नयाँ सैन्य कारबाहीका लागि तयारी गरेको हो ।
सोमबारको मन्त्रिपरिषद्को बैठकपछि टर्कीका राष्ट्रपति एर्दाेगानले भन्नुभएको छ– हामीले धेरै तयारी गरिरहेका छौँ र उत्तरी सिरियाको बारेमा आवश्यक गुप्तचर एवम् सबै प्रकारको तयारी गरिसकेका छौँ । हामीले सो क्षेत्रमा चाँडै नै कारबाहीको तयारी गर्ने छौँ ।
टर्कीको उत्तरी क्षेत्रमा, जहाँ टर्कियाली सेनाको नियन्त्रण रहेको छैन, सो क्षेत्रमा सैन्य कारबाही सुरु गरिने पनि उहाँले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।
‘सो क्षेत्रमा लामो समयदेखि आतङ्ककारी क्रियाकलाप भएका र सो क्षेत्रमा टर्कीको सेनाको नियन्त्रण गुमेकाले सोही क्षेत्रमा हामीले कारबाही गर्ने योजना बनाएको हो’ राष्ट्रपति एर्दाेगानले भन्न्नुभयो ।
सिरियामा गत लामो समयदेखि हिंसात्मक विद्रोही जारी छ । सिरियामा टर्कीको सेनाको पनि सहभागिता रहेको छ । (रासस:सिन्ह्वा)





