काठमाडौं । भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो ।
Advertisement
गएको सोमवार चार जनाको र अस्ति मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
च्याउ खाएका ३५ जना बिरामी परेका छन् । उनीहरुको उपचार भइरहेको छ ।
उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको खबरमा उल्लेख गरिएको छ ।