आदेन । यमनमा गत २४ घण्टायता मात्र यहाँका हुथी विद्रोहीले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ ।
Advertisement
यहाँको सुरक्षा निकायले चिनियाँ समाचार समिति सिन्ह्वालाई दिएको जानकारीमा हुथीहरूले देशका विभिन्न भागमा गरेका हिंसात्मक आक्रमणमा गएको २४ घन्टामा नै कैयौँ नागरिकको ज्यान गएको र ती आक्रमणमा परेर कम्तीमा पनि छ जना बालबालिका मारिएका बताएको हो ।
ती सुरक्षा निकायले पछिल्ला केही हप्तायता हुथीले हिंसात्मक गतिविधिलाई तीव्रता दिएका बताएका छन् । यहाँका दक्षिणी क्षेत्रमा पर्ने ताइज र साना प्रान्तमा ती बालबालिका मारिएका र सो क्षेत्रमा हुथीले आन्धाधुन्ध सर्वसाधारण माथि नै हमला गरेका बताइएको छ ।