बागलुङ । अखिल नेपाल युवक संघ तंग्रामको भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले प्रेम थापाको अध्यक्षता ११ पूर्ण, २ वैकल्पिक र ३ सल्लाहकार रहेको काठेखाेला गाउँ पालिका वडा नं४ समिति गठन भएको हो ।
जसको उपाध्यक्ष डिलाराम थापा, सचिव विकास थापा, सहसचिव लालबहादुर थापा, कोषाध्यक्ष अनिलकुमार पुन सदस्यहरुमा नेत्र किसान, दलबहादुर थापा, शेरबहादुर थापा, श्यामबहादुर थापा, यामबहादुर पुन, माइकल पुन तथा वैकल्पिक सदस्यहरु तहलसिंङ विक, शोमानन्द किसान र सल्लाहकारहरुमा देवबहादुर थापा, भुवन थापा, गिरी प्रशाद थापा रहनु भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका केन्द्रीय सल्लाहकार तिलक थापाले युवाहरुलाई विदेश पठाएर रेमिट्यान्सले मुलुक समृद्ध नहुने बताउनु भयो । कोरोना र लकडाउनका कारण धेरै युवाहरुले रोजगारी गुमाएको अवस्थामा ओली सरकारले युवाहरुलाई ब्यवस्थापन गर्ने भन्दा सत्ता जोगाउनका लागि प्रतिगामी कदम चालेको बताउँदै आलीको कदमलाई असफल पार्न युवाहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मण पुन, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सदस्य कमला थापा, जातीय समता समाज बागलुङका सचिव टिका संगम विक, बुद्धिजीवी धनप्रसाद पुनले सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, अखिल नेपाल भूपू सैनिक संघ बागलुङका सचिव थिरबहादुर राना, राष्ट्रिय जनमोर्चा तंग्रामका अध्यक्ष विष्णु कँडेल लगायतको आतित्थ्यता रहेको थियो ।
भेला जिल्ला सदस्य प्रदिप पुनको अध्यक्षता र कृष्ण बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसअघि माघ ३० गते सम्पन्न टोल भेलाले अनिल कुमार पुनको अध्यक्षतामा १५ सदस्यीय ३ नं टोल समिति, लाल बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय ४ नं. र विकास थापाको अध्यक्षतामा ११ सदस्यीय ५ नं टोल समिति गठन गरेको छ ।





