• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

गजल

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

  • ७. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ८. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ९. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै


  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रसुवा बाढीका पीडितका लागि राहत सहयोग जुटाउने भएको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८३ भदौ १३ गते शनिवार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो जानकारी दिएको हो ।

    Advertisement

    राजमोले आफूद्वारा सङ्कलित राहत सम्भव भएसम्म सिधै पीडितलाई वितरण गर्ने, त्यस्तो गर्नु सम्भव नभए सरकारलाई बुझाउने बताएको छ । त्यस सन्दर्भमा गत कालमा जस्तो अहिले राहतमा अनियमितता नहुने आशासमेत गरेको छ । पार्टीले राहत सङ्कलनमा सहयोग गर्न आमजनतासहित सबैसित अपिल गरेको छ ।

    बिपद् व्यवस्थापन वा क्षति न्यूनीकरण गर्न सरकारले बेलैमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिँदै राजमोले आगामी दिन यसबारे त्यतातर्फ गम्भीरतापूर्वक विचार गर्नुपर्ने बताएको छ ।

    मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना, घाइतेको उपचार तथा बेपत्ताको उद्धारमा जोड दिइएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “भोटेकोशी बाढीबाट पीडित जनताको राहत र उद्धारको जिम्मेवारी देशको अगाडि उभिएको छ । देशमा आएको यो गम्भीर बिपद्बाट पीडित जनताका राहत र पुनरुद्धारका लागि नेपाल सरकार, सम्पूर्ण देशवासी, विश्वभरि छरिएर रहेका नेपालीका साथै मित्रराष्ट्रसमेतको हामीले गम्भीर रूपले ध्यान आकषित गर्दछौँ । यस सन्दर्भमा हाम्रो पार्टीको तर्फबाट पनि उक्त बाढीबाट पीडित जनताका पुनरुद्धारका साथै राहत सहयोग जुटाउने प्रयास अगाडि बढाइएको छ । हामीले देशभरि र प्रवासमा रहेका सबै कार्यकर्ता, समर्थक र शुभेच्छुकसित उक्त बाढीपीडित जनताको राहत र पुनरुद्धारका लागि बढीभन्दा बढी रकम सङ्कलन गर्न हार्दिक अपिल गर्दछौँ । त्यसरी सङ्कलन भएको रकमलाई हामीले सिधै पीडित जनताको बिचमा पुर्‍याउने प्रयत्न गर्नेछौँ वा त्यसो गर्न सम्भव नभएमा नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । त्यसरी सङ्कलित रकम सरकारलाई हस्तान्तरण गरिएपछि सरकारले पीडित जनताको राहत र पुनरुद्धारमा लगाउनेछ भन्ने हामीले विश्वास गर्दछौँ । यद्यपि विगतका कतिपय सरकारद्वारा विभिन्न बिपद् वा प्रकोपमा सहयोगदाता वा जनताबाट भएका सहयोग वा राहतमा दुरुपयोग वा भ्रष्टाचार हुने गरेका कैयौँ उदाहरण पनि छन् । यदि त्यही प्रकारका घटना अहिले पनि दोहोरिन गए भने सहयोग वा राहतको सदपुयोग नहुने कुरा निश्चित छ । हामीले आशा गर्दछौँ कि विगतका त्यस प्रकारका दुरुपयोग र भ्रष्टाचारका घटना अहिले दोहोरिने छैनन् ।

    हामीले भोटेकोशी बाढीबाट पीडित जनताको लागि राहत र पुनरुद्धारसमेतको लागि बढीभन्दा बढी सहयोग गर्नका लागि आम जनतासित पनि अपिल गर्दछौँ । सबै राजनीतिक संस्था, विभिन्न सङ्घसंस्था, व्यापारी, व्यवसायी, उद्योगी, सबै पेसागत सङ्घसंस्थालाई पनि यस बिपद्को घडीमा पीडित जनतासित ऐक्यबद्धता कायम गर्दै सहयोग वा राहत उपलब्ध गराउन हामीले अपिल गर्दछौँ ।

    भोटेकोशीमा यति भयानक बाढी आउनुको कारणबारे गम्भीर अध्ययनको आवश्यकता छ । विश्वमा आएको पर्यावरणीय परिवर्तनका गम्भीर नकारात्मक असर नेपालमा पनि देखा पर्दै आएका छन् । जलवायुमा आएको परिवर्तनले हाम्रो देशमा पार्ने विनाशकारी असरबारे सरकारले गम्भीर ध्यान दिएको पाइन्न । नागरिक तहमा पनि त्यसबारे गहिरा अध्ययन भएका छैनन् । यसले गर्दा बेलाबेलामा नेपाली जनता विभिन्न विनाशकारी प्राकृतिक प्रकोपको सिकार हुनुपरिरहेको छ । सही सूचनाको अभाव हुनु, ठोस अध्ययन नहुनु, सम्भावित प्राकृतिक चुनौतीको पहिचान नगर्नु र खतरासित प्रतिरोध गर्ने पूर्वयोजना र सुरक्षा प्रणालीलाई व्यवस्थित नगरिनुले देशले विभिन्न समयमा ठुलो धनजनको क्षति बेहोर्नुपरेको छ । प्राकृतिक प्रकोपका समस्या र जोखिमलाई मानवजातिले न्यूनीकरण गर्न सक्छ तर त्यसका लागि योजनाबद्ध प्रकारले सम्भावित खतराको अध्ययन र सुरक्षा योजनालाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने आवश्यकता हुन्छ । यसो गर्न सकेमा भविष्यमा प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्नु सम्भव हुनेछ । हामीले सरकारले यतातिर पनि ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    अन्तमा भोटेकोशी बाढीद्वारा निधन भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते व्यक्तिको शीघ्र उद्धार र राहतको लागि पनि सरकारसित अनुरोध गर्दछौँ । त्यसका साथै बाढीद्वारा पीडित जनताको राहत र पुनरुद्धारसमेतका लागि हामीले सबैसित पुन: अनुरोध गर्दछौँ ।”

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल
    रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ
    राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक
    रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने
    संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व
    भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    भर्खरै

    • १.
      रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

    • २.
      रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

    • ३.
      राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

    • ४.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    • ५.
      रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

    • ६.
      संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    • ७.
      गजल

    • ८.
      भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.