• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

गजल

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

  • ७. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ८. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ९. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने


  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न पहल गर्ने भएको छ । राहत र उद्धारको जिम्मेवारी सबैको भएको भन्दै पार्टीले सो निर्णय गरेको हो ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ १३ गते शनिबार पी.बी. को निर्णय सार्वजनिक गर्दै मसालले राहत र उद्धारका लागि सम्पूर्ण देशवासी, प्रवास वा विदेशमा भएका नेपाली, मित्रराष्ट्र र सरकारको सबैको ध्यान आकर्षित गरेको छ ।

    पार्टीले राहत सङ्कलन गरेपछि सरकारद्वारा नै त्यसको सदुपयोग हुने भएमा सरकालाई बुझाउने, अन्यथा सिधै पीडितलाई हस्तान्तरण गर्न सकिने स्पष्ट पारेको छ ।

    रसुवा बाढीको कारणबारे अझै स्पष्ट भइनसकेको बताउँदै वक्तव्यमा कारण पत्ता लगाउनुका साथै आगामी दिनमा क्षति न्यूनीकरणका लागि नेपाल र चीन दुवै देशले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    वक्तव्यमा पुन: सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजन वा आफन्तप्रति श्रद्धाञ्जली र घाइतेको उपचारमा जोड दिइएको छ ।
    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “भोटेकोशी बाढीबाट धनजनको जुन ठुलो क्षति भयो, त्यसबारे हाम्रो पार्टीले उही दिन नै वक्तव्य निकालेर मृत व्यक्तिहरूप्रति श्रद्धाञ्जली र उनीहरूका पीडित परिवारप्रति समवेदना प्रकट गरेको थियो । अब त्यो बाढीबाट जुन ठुलो क्षति भएको छ, त्यसका लागि राहत र उद्धारको जिम्मेवारी हामी सबैको अगाडि आएको छ । त्यसको लागि सम्पूर्ण देशवासी, प्रवास वा विदेशमा भएका नेपाली तथा मित्रराष्ट्र र सरकारसमेतको हामीले गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौ“ ।

    आज बिहान बसेको हाम्रो पार्टीको पी.बी. को अनलाइन बैठकले त्यसबारे कैयौ“ महत्त्वपूर्ण निर्णय गरेको छ र ती निर्णयबारे जानकारी दिन यो वक्तव्य जारी गरिएको छ ।

    हामीले उक्त दुर्घटनाबाट पीडित जनताको लागि राहत र पुनरुद्धारसमेतको लागि बढीभन्दा बढी सहयोग गर्नका लागि सबै जनतासित अपिल गर्दछौँ  । हाम्रा सबैतिरका पार्टी सदस्य, समर्थक र जनवर्गीय सङ्गठनका कार्यकर्ता वा सदस्यसित बढीभन्दा बढी रकम जम्मा गर्नका लागि अपिल गर्दछौ“ । त्यसरी जम्मा गरिएको रकम सरकारद्वारा कुनै भ्रष्टाचार नगरीकन सदुपयोग हुने विश्वास भएमा सरकारको खातामा नै हस्तान्तरण गरिनेछ वा त्यस प्रकारको विश्वास हुन नसकेमा हामीले सिधै पीडित जनतामा पुर्‍याउने पनि कोसिस गर्नेछौँ । पछि स्थितिको मूल्याङ्कन गरेर त्यसबारे हामीले आवश्यक निर्णय गर्नेछौँ ।

    भोटेकोशीमा आएको बाढीको कारण के थियो ? त्यसबारे विस्तृत र गहन अध्ययनको आवश्यकता छ । तिब्बतमा आएको अत्यन्त ठुलो भूकम्पका कारणले कैयौँ ताल फुटेकाले पनि त्यो बाढी आएको भनिन्छ । जे होस्, उक्त विषयमा गहिरो छानबिनको आवश्यकता छ । त्यो बाढीको पूर्व जानकारी थियो वा थिएन ? यदि त्यो जानकारी हुन सकेको भए उक्त बाढीबाट सम्भावित क्षतिलाई कम गर्न सकिन्थ्यो वा सकिदैनथ्यो ? उक्त बाढीबारे जानकारी प्राप्त गर्ने वा जानकारी दिनेबारे चीन वा नेपालका तर्फबाट कुनै कमजोरी ता भएको थिएन ? उक्त सबै विषयमा गहन अध्ययन गरेर जानकारी प्राप्त गर्नुपर्ने आवश्यकता छ । उक्त बाढीका पछाडि जलवायुमा भइरहेको परिवर्तनले पनि कति काम गरेको छ ? अहिले त्यो बाढीबाट जति क्षति पुग्यो, आउने दिनमा त्यो भन्दा बढी क्षति पुग्ने सम्भावना त छैन ? त्यसबारे सबै वातावरणविद् र मौसमका ज्ञाताहरूको ध्यान जानुपर्ने आवश्यकता छ ।

    तथ्यबाट प्रष्ट भइसकेको छ कि उक्त बाढी नेपाल र चीन दुबै देशसित सम्बन्धित छ । सायद दुबै देशको भौगर्भिक संरचना पनि त्यसका लागि जिम्मेवार छ । त्यसकारण नेपाल र चीन दुबै देशमा उच्च तहमा अहिले त्यो बाढीका कारणले पुगेको क्षतिबारे मात्र होइन, त्यसको कारण र भविष्यमा त्यस प्रकारको प्राकृतिक प्रकोपबाट पुग्ने क्षतिलाई रोक्न पनि उच्च तहमा ध्यान जानुपर्ने र काम हुनुपर्ने आवश्यकता छ । अहिलेको वातावरण र हावापानीको समस्या एउटा विश्वव्यापी समस्या हो । त्यसकारण त्यसलाई समाधान गर्न वा त्यस प्रकारका प्राकृतिक बिपत्माथि नियन्त्रण गर्नलाई विश्वव्यापी रूपमा नै प्रयत्न हुनुपर्ने आवश्यकता देखिन्छ र त्यसरी त्यसबारे अन्तर्राष्ट्रिय रूपमा पहल गर्नको लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले गम्भीर जोड दिन्छ ।

    अन्तमा उक्त प्राकृतिक प्रकोपद्वारा निधन भएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै घायल व्यक्तिको शीघ्र उद्धार र राहतको लागि पनि सरकारसित अनुरोध गर्दछौँ । त्यसका साथै बाढीद्वारा पीडित जनताको राहत र पुनरुद्धारसमेतका लागि हामीले सबैसित पुन: अनुरोध गर्दछौँ ।”

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल
    रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ
    राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक
    राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै
    संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व
    भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    भर्खरै

    • १.
      रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

    • २.
      रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

    • ३.
      राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

    • ४.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    • ५.
      रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

    • ६.
      संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    • ७.
      गजल

    • ८.
      भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.