• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

म्यान्मा : सेनाभित्र फेरबदलको संकेत, सत्तारूढ संरचना पुनर्गठनतर्फ


  •   शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
  • नेपिडो (म्यान्मा), १३ चैत । म्यान्मामा सैन्य शासनले आफ्‌नो शक्ति संरचना पुनःव्यवस्थित गर्ने संकेत दिएको छ । यसले देशको राजनीतिक मार्गचित्रमा नयाँ मोड ल्याउन सक्ने देखिएको छ । वार्षिक सशस्त्र सेना दिवसको भव्य परेड अघि सेनाको नेतृत्वमा परिवर्तनको तयारी भइरहेको संकेत सार्वजनिक भएको हो । यसलाई वर्तमान रक्षा प्रमुख मिन आङ ह्लाइङको औपचारिक रूपमा राष्ट्रपति बन्ने सम्भावित कदमका रूपमा व्याख्या गरिएको छ ।

    Advertisement

    राजधानी नेपिडोमा हजारौँ सैनिकहरू सशस्त्र सेना दिवसको अवसरमा प्रदर्शनका लागि तयारीमा छन्, जहाँ मिन आङ ह्लाइङले परम्परागत रूपमा वार्षिक सम्बोधन गर्दै सेनाको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ । सन् २०२१ मा आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरेपछि उनले आदेशमार्फत शासन गर्दै आएका छन् । त्यसपछि सुकीलाई पक्राउ गरिएको, उनको पार्टी विघटन गरिएको र देश गृहयुद्धमा धकेलिएको थियो ।

    सरकारी पत्रिका ग्लोबल न्यु लाइटका अनुसार समारोहपछि सेनामा ‘नेतृत्व परिवर्तन’ हुने संकेत दिइएको छ । मिन आङ ह्लाइङका सहायक सो विनले बिहीबार आयोजित आधिकारिक रात्रिभोजमा यस्तो जानकारी दिनुभएको हो । यो अभिव्यक्तिले आगामी राजनीतिक रूपान्तरणको संकेत गरेको विश्लेषकहरूको बुझाइ छ ।

    यसै वर्षको सुरुआतमा सम्पन्न चुनावमा सैन्य समर्थित दलहरूले सहज विजय हासिल गरेपछि अब सांसदहरूले आगामी साता राष्ट्रपतिको चयन प्रक्रिया सुरु गर्ने तयारी गरिरहेका छन् । यद्यपि, प्रजातन्त्र पक्षधर अनुगमनकर्ताहरूले उक्त चुनावलाई विपक्षी शक्तिलाई बाहिर राखेर योजनाबद्ध रूपमा सम्पन्न गरिएको भन्दै आलोचना गरेका छन् ।

    संविधानअनुसार राष्ट्रपति बन्नका लागि मिन आङ ह्लाइङले आफ्‌नो सैन्य पद त्याग्नुपर्ने हुन्छ । सो विनको अभिव्यक्तिले उहाँले यस्तो कदम चाल्ने सम्भावना अझ प्रस्ट बनाएको छ । उहाँ हाल कार्यवाहक राष्ट्रपतिको भूमिकामा रहे पनि स्थायी रूपमा पद सम्हाल्ने अवस्था बनेमा आलोचकहरूले यसलाई सेनाले नागरिक आवरणमा सत्ता निरन्तरता दिएको रूपमा व्याख्या गर्नेछन् ।

    सो विनले ॅनेतृत्वमा जो आए पनि सशस्त्र सेनाले निरन्तर मार्गनिर्देशनअनुसार अघि बढ्ने’ संकेत दिनुभयो । म्यान्माको सैन्य विचारधाराले आफूलाई देशलाई विखण्डनबाट जोगाउने एकमात्र शक्ति भएको रूपमा प्रस्तुत गर्दै आएको छ ।

    यसबीच, परेडको तयारीलाई सरकारी सञ्चारमाध्यमहरूले व्यापक रूपमा प्राथमिकता दिएका छन् । प्राचीन राजाहरूका विशाल मूर्तिहरू अगाडि उभिएका क्षेप्यास्त्र प्रक्षेपकहरूको तस्बिरसहित सैन्य शक्ति प्रदर्शनलाई प्रमुख रूपमा देखाइएको छ । तर, सन् २०२१ पछि सशस्त्र सेना दिवसका कार्यक्रमहरू क्रमशः सानो बन्दै गएका छन्, जसको कारण जारी गृहयुद्धले सेनाको क्षमता र उपस्थिति प्रभावित पारिरहेको छ ।

    गत वर्षदेखि भने केही क्षेत्रमा जुन्ताले पुनः पकड जमाएको संकेत देखिएको छ । चीनको मध्यस्थतामा भएका युद्धविरामहरूले केही रणनीतिक क्षेत्रहरू सेनाको नियन्त्रणमा फर्काउन सहयोग गरेको छ । उत्तरी सहर लासियो सेनाले पुनः कब्जा गरेको छ भने अर्को सम्झौतापछि ताङ नेसनल लिबरेसन आर्मी मान्डले क्षेत्रबाट पछि हटेको छ ।

    यी विद्रोही समूहहरूले सन् २०२३ को अन्त्यदेखि संयुक्त रूपमा गरेको आक्रमणलाई जुन्ताका लागि ठूलो चुनौती मानिएको थियो । विश्लेषकहरूका अनुसार चीनको सक्रिय भूमिकाले क्षेत्रीय स्थिरता कायम गर्न सैन्य संरचनालाई समर्थन गरेको संकेत देखिन्छ ।

    यद्यपि, द्वन्द्व पूर्ण रूपमा नियन्त्रणमा आएको छैन । विभिन्न सशस्त्र समूहहरूको संलग्नताले युद्धलाई अत्यन्त जटिल बनाएको छ, कतिपय क्षेत्रमा सेना घेराबन्दीमा परेर अन्तिम प्रतिरोध गरिरहेको अवस्था पनि रहेको बताइन्छ । एसिएलडीका अनुसार गत वर्ष सैन्य हवाई तथा ड्रोन आक्रमणको संख्या उल्लेखनीय रूपमा बढेको थियो ।

    द्वन्द्वको स्पष्ट आधिकारिक तथ्याङ्क नभए पनि एसिएलडीले सबै पक्षबाट ९० हजारभन्दा बढी मानिस मारिएको अनुमान गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार ३७ लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने देशको आधाभन्दा बढी जनसंख्या गरिबीको चपेटामा परेको छ ।

    शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.