• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

उत्तर कोरिया–बेलारुस सम्बन्ध नयाँ चरणमा


  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
  • सियोल, १२ चैत । पश्चिमी प्रतिबन्ध र भू–राजनीतिक दबाबबीच उत्तर कोरिया र बेलारुसले आफ्‌नो सम्बन्धलाई औपचारिक रूपमा नयाँ उचाइमा पुर्‍याएका छन् । दुई देशका नेताहरूले ‘मित्रता र सहयोग’ सन्धिमा हस्ताक्षर गर्दै द्विपक्षीय सहकार्यलाई सुदृढ गर्ने सन्देश दिएका छन् । यसलाई बदलिँदो विश्व शक्ति सन्तुलनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

    Advertisement

    प्योङयाङमा भएको भेटवार्ताका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनले बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोलाई न्यानो स्वागत गर्नुभएको राज्य सञ्चारमाध्यमहरूले जनाएका छन् । लुकाशेन्कोको यो उत्तर कोरियाको पहिलो भ्रमण हो, जसलाई दुवै देशबीचको सम्बन्ध विस्तारको संकेतका रूपमा लिइएको छ ।

    भेटका क्रममा लुकाशेन्कोले सोभियत युगदेखि कायम मित्रतालाई स्मरण गर्दै अहिलेको चरणलाई ‘नयाँ विकासको युग’ का रूपमा व्याख्या गर्नुभयो । उहाँले विश्वका प्रमुख शक्तिहरूले अन्तर्राष्ट्रिय कानूनको बेवास्ता गरिरहेको आरोप लगाउँदै स्वतन्त्र राष्ट्रहरूले अझ नजिक सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

    यसअघि राजधानी प्योङयाङस्थित किम इल सुङ स्क्वायरमा भव्य स्वागत कार्यक्रम आयोजना गरिएको थियो, जहाँ तोप सलामी र सैनिक परेडमार्फत लुकाशेन्कोलाई सम्मान गरिएको थियो । भ्रमणका क्रममा उहाँले कुमसुसन प्यालेस अफ द सन पुगेर किम जोङ उनका पिता र हजुरबुबाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । साथै उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तर्फबाट पनि पुष्पगुच्छा अर्पण गर्नुभएको जनाइएको छ ।

    यो सहकार्यलाई व्यापक रूपमा चीन र रुसले अघि बढाइरहेको ‘धु्रवीय विश्व’ अवधारणासँग जोडेर हेरिएको छ । उत्तर कोरिया र बेलारुस दुवैले युक्रेन युद्धमा रुसलाई समर्थन गर्दै आएका छन् । बेलारुसले आफ्‌नो भूभागलाई आक्रमणका लागि प्रयोग गर्न दिएको छ भने उत्तर कोरियाले हजारौँ सैनिक, साथै हतियार र गोला–बारुद सहयोग गरेको पश्चिमी तथा दक्षिण कोरियाली गुप्तचर निकायहरूले अनुमान गरेका छन् ।

    यसअघि सन् २०२४ मा रुस र उत्तर कोरियाबीच भएको रणनीतिक साझेदारी सम्झौताले दुवै पक्षलाई आवश्यक परे सैन्य सहयोग गर्न बाध्य बनाएको छ । विश्लेषकहरूका अनुसार यस सहकार्यबाट उत्तर कोरियाले आर्थिक सहायता, खाद्यान्न, ऊर्जा र सैन्य प्रविधि प्राप्त गरिरहेको छ । यसले उसलाई चीनमाथिको निर्भरता घटाउन सहयोग पुर्‍याइरहेको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्‌नो दोस्रो कार्यकालमा बेलारुससँग सम्बन्ध सुधार गर्ने प्रयास गर्नुभएको छ । उहाँले प्रतिबन्धहरू केही खुकुलो बनाउँदै बेलारुसलाई आफ्‌नो ‘शान्ति पहल’मा सहभागी गराउने संकेत दिनुभयो । ट्रम्पले आफ्‌नो पहिलो कार्यकालमा किम जोङ उनसँग तीन पटक भेट गरिसक्नुभएको थियो र पुनः भेटघाटको सम्भावना पनि चर्चामा रहेको छ । यद्यपि हालको इरानसम्बन्धी तनावले त्यसमा ढिलाइ भएको बताइएको छ ।

    बेलारुसका विदेशमन्त्री म्याक्सिम राइजेनकोभका अनुसार नयाँ सन्धिसँगै कृषि, औद्योगिक उत्पादन र व्यापारका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गरिनेछ । उहाँले विशेष रूपमा औषधि उत्पादन र खाद्यान्न आपूर्तिमा सहकार्यको सम्भावना औँल्याउनुभयो । साथै उत्तर कोरियाबाट कस्मेटिक उत्पादनहरू आयात गर्ने विषयमा पनि चासो देखाइएको छ ।

    विश्लेषक ली हो–रयुङका अनुसार यो भ्रमणको मुख्य उद्देश्य पश्चिमी प्रभावविरुद्ध उभिएका राष्ट्रहरूबीच एकता प्रदर्शन गर्नु हो । उहाँका अनुसार किम जोङ उनले यस अवसरलाई आफ्‌नो कूटनीतिक प्रभाव विस्तार गर्ने र वैकल्पिक शक्ति समूहलाई बलियो बनाउने प्रयासका रूपमा प्रयोग गर्नुभएको छ ।

    बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • २.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • ३.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ४.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ५.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ६.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ७.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ८.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.