• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

दूतावास प्रवेश प्रकरणले जापान–चीन तनाव थप चर्कियो


  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित
  • टोकियो । टोकियोस्थित चिनियाँ दूतावासमा जापानी आत्मरक्षा बलका एक सदस्य अवैध रूपमा प्रवेश गरेको घटनाले जापान र चीनबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ । जापानले उक्त घटनालाई ‘खेदजनक’ भन्दै अनुसन्धान सुरु गरेको जानकारी दिएको छ भने बेइजिङले कडा विरोध जनाएको छ ।

    Advertisement

    जापान सरकारका शीर्ष प्रवक्ता मिनोरु किहाराले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘कानूनको पालना गर्नुपर्ने जिम्मेवारी बोकेको आत्मरक्षा बलकै एक सदस्य दूतावास परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ पर्नु अत्यन्तै दुर्भाग्यपूर्ण घटना हो ।’ उहाँका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाइसकेको छ र दूतावासको सुरक्षालाई थप सुदृढ बनाउने कदमहरू पनि चालिएको छ । यस्ता घटना दोहोरिन नदिन आवश्यक सबै उपाय अपनाइने उहाँले स्पष्ट पार्नुभयो ।

    प्रहरीका अनुसार २३ वर्षीय कोडाई मुराता नामक संदिग्धलाई मङ्गलबार बिहान करिब ९:०० बजे दूतावास परिसरमा प्रवेश गरेपछि अतिक्रमणको आशङ्कामा पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा उनले दूतावासका राजदूतलाई भेटेर कट्टर टिप्पणी नगर्न आग्रह गर्ने योजना बनाएको बताएका छन् । यदि उक्त आग्रह अस्वीकृत भए आत्महत्या गरेर ध्यानाकर्षण गराउने सोच बनाएको पनि उनले बयान दिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार घटनास्थलबाट एक छुरी पनि बरामद गरिएको थियो, जसले सुरक्षा चासोलाई थप गम्भीर बनाएको छ ।

    यस घटनाप्रति प्रतिक्रिया जनाउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङ ‘गहिरो स्तब्ध’ भएको बताउनुभयो । उहाँले जापानसमक्ष औपचारिक रूपमा कडा विरोध दर्ता गरिएको र यस्ता घटनालाई गम्भीरतापूर्वक लिन आग्रह गरिएको जानकारी दिनुभयो ।

    उक्त घटनाले पहिले नै संवेदनशील अवस्थामा रहेको दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाएको छ ।

    गत नोभेम्बरमा जापानका प्रधानमन्त्री साने ताकाइचीले ताइवानसम्बन्धी विकसित हुन सक्ने परिस्थितिमा जापानले पनि केही भूमिका खेल्न सक्ने सङ्केत गर्नुभएको थियो । त्यसपछि टोकियो र बेइजिङबीचको कूटनीतिक सम्बन्धमा केही चिसोपना देखिएको छ । उता, चीनले ताइवानलाई आफ्नो अभिन्न भूभागका रूपमा हेर्दै आएको छ र आवश्यक परे विभिन्न विकल्पहरू खुला राखेको बताउँदै आएको छ, जसका कारण क्षेत्रीय सुरक्षाबारे चासो भने निरन्तर व्यक्त हुँदै आएको छ ।

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.