• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

स्वरुप फेरिएको फुस्रेबजार


  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
  • धरान (सुनसरी) । कुनै समय व्यापारिक केन्द्रका रुपमा परिचित धरान उपमहानगरपालिका–१३ फुस्रेबजारले अहिले नयाँ स्वरुप पाएको छ । विसं २०३४ अघि फुस्रेबजार पूर्वी पहाडी जिल्लरुको मुख्य व्यापारिक केन्द्रका रुपमा लिइन्थ्यो ।

    Advertisement

    यहाँ व्यापार गर्नका लागि भोजपुर, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, फिदिमलगायतका धेरै जिल्लाका स्थानीय उत्पादनहरु चोयाको ढाकरमा बोकी हिँडेर दुई/तीन दिन लगाई सागुढीगडी हुँदै व्यापार गर्न यहाँ आउने गरिएको बुढापाकाहरु बताउँछन् । त्यतिबेला फुस्रेबजारमा कलात्मक मूर्तिहरुसँगै मौलिक सामग्री पनि व्यापार गर्ने गरिन्थ्यो ।

    विसं २०३७/३८ सालपछि धरान–धनकुटा सडक विस्तार गएपछि पहाडी भेगका धेरै ठाउँमा सडकको पहुँच पुगेसँगै यो बजार सुनसान बन्दै गयो । केही वर्षसम्म सुनसानजस्तै बनेको फुस्रेबजारमा अहिले भने निकै चहलपहल देखिन थालेको छ । त्यही ऐतिहासिक रुप दिन २०७७ सालमा फुस्रे चोकमा पुराना व्यापार व्यवसायीहरुको ढाकर बोक्दै गरेको र बजार भर्दै गरेका स्थानीयहरुको दर्जनौँ मूर्तिहरु राखिएको छ ।

    फुस्रे आसपासमा थुप्रै मूर्ति र पार्कहरु बन्न थालेपछि त्यसको अवलोकनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । धरान–१३ मा निर्माण गरिएको श्रम संस्कृति उद्यान, विपी पार्क पर्यटकका लागि नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

    सर्दु, खर्दु र निसाने खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा निर्माण गरिएको छ भने त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने आकर्षक धारा पनि बनाइएको छ ।

    उद्यानको वरिपरि पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिएको छ । उद्यानका ठाउँठाउँमा राखिएका ‘साउन्ड बक्स’बाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ ।

    फुस्रे बजार नजिकै पहिले श्रम संस्कृति पार्क (उद्यान) मात्र बनाइएको थियो भने अहिले त्यसको आसपासमा श्रमदानबाटै दर्जनौ पार्क र बगैंचाहरु बनाइएपछि यस बजारले बेग्लै सुन्दरता पाएको छ फुस्रे चोकबाट करिब तीन सय मिटर उत्तरतिर ओसो पार्क, बीपी पार्क, एसडीबी रक गार्डेन, चिल्डेन पार्क, रोज गार्डेनलगायत थुप्रै पार्कहरु निर्माण गरिएको छ ।

    अहिले फुस्रे बजार र आसपास घुम्नका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । मोरङका अस्मिता राई साथीहरुको समूहमा फुस्रे ओशो एसडीबी पार्क घुम्न पुग्नुभयो । चारैतिर फुलले ढकमक्क ढाकेको ठाउँ देख्दा निकै खुशी हुँदै उहाँ भन्नुहुन्छ, ‘‘अब फुर्सद हुनासाथ यहाँ आउनुने छु र अन्य साथीहरुलाई पनि घुम्न भन्नेछु ।’’

    धरान उपमहानगरपालिका–१२ का मियरमान ह्यूजलाई पनि टाढाबाट आएका पाहुना, साथीलाई घुम्न लैजाने भरपर्दो ठाउँ बनेकामा खुशी हुनुहुन्छ । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङवाले समयको माग अनूसार धरानको फुस्रे पहिलेको तुलनामा अहिले निकै फेरिएको बताउनुभयो । अहिले चारैतिर पार्क बनेका छन् जुन बन्नुपर्ने नै थियो । धरानमा अहिले यो ठाउँमा धरानका मात्र नभएर धरान बाहिरका पनि धेरै पर्यटकहरु आउन थालेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ९हर्क साम्पाङ० को प्रेरणाबाट स्थानीय युवाको पहलमा यो उद्यान निर्माण भएको उहाँको भनाइ छ ।

    केही समयअघि उजाड र सुनसान जङ्गल जस्तै लाग्ने यो ठाउँमा अहिले पर्यटकको चहलपहल निकै हुन थालेपछि व्यवसायीहरु पनि खुसी भएका छन् । अहिले यो आसपासमा दर्जनौं होटलहरु खुलेका छन् । अहिले दिनमा छ सयदेखि हजार जति मान्छे घुम्न आउँने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङको भनाइ छ । उहाँका अनुसार यस ठाउँमा घुम्न आउनेले जैविक खानेकुराहरुको स्वाद लिन पाइन्छ ।

    फुस्रे बजारलाई पहिलेको लयमा फर्काउनको लागि अहिले स्थानीय सरकार र स्थानीयबासी जुटेका छन् । २०७७ सालमा फुस्रे चोकमा व्यापारीक ऐतिहासिकता झल्किने फुस्रे चोकमा सौन्दर्यकरण पार्क निर्माण गरिएको छ । आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बनाउनको लागि धरान–१३ वरपरपर धेरै पार्कहरु निर्माण गरिरहेको र धरान फुस्रेदेखि सात सय मिटर माथि खुकुरी पार्कको निर्माण भएको छ ।

    आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.