• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पुँजीवादको विरासत: कोभिड-१९ को महामारी र यसले ल्याउने परिणाम


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • भैरवराज रेग्मी

    Advertisement

    कोरोना भाइरसले ल्याउने रोगलाई कोभिड-१९ भनिएको छ । यसको उत्पत्ति कहाँ र कसरी भयो ? यसको अनुसन्धान चलिरहेको छ । यसको पहिचान सन् १९६० को दशकतिर भएको मानिन्छ । यो भाइरसले मानिसलाई घातक रूपमा असर गर्छ भन्ने कुरा त्यो बेला वैज्ञानिकहरूले निस्कर्ष निकालेका थिए । इन्फ्लुएन्जाको अनुसन्धानको क्रममा १९६४ मा लन्डनको सेन्ट थोमसस्थित अस्पतालको प्रयोगशालामा अल्मोडाले यो भाइरस पत्ता लगाएको कुरा खुल्न आएको छ । उनले १९६० मा एउटा बोर्डिङको विद्यार्थीबाट स्वाब परीक्षण गर्दा इन्फ्लुइन्जाभन्दा अलग श्रीपेच आकारको भाइरस पत्ता लगाएकी हुन् । यस्तै प्रकारको भाइरस मुसा र कुखुरामा पनि उनले फेला पारेकी थिइन् । यसको अनुसन्धान रिपोर्ट १९६५ मा ब्रिटिस जर्नल र त्यसको दुई वर्षपछि जर्नल अफ जनरल भाइरोलोजीमा तस्बिरसहित प्रकाशित भएको थियो। त्यही बेला यसको नाम कोरोना भाइरस राखेकी थिइन् । उनको मृत्यु भइसकेको छ ।

    २००३ मा सार्स (सिभिएर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम) को प्रकोपपछि यसमा बढी अध्ययन हुन थाल्यो । सार्सको यो भाइरस त्यस परिवारको अन्य कुनै पुरानो भाइरससँग सम्बन्धित थिएन । त्यसैले यसलाई तेस्रो र नोबल कोरोना भाइरस भनियो । यसको उत्पत्तिको बारेमा अहिलेसम्म वैज्ञानिक अध्ययनले पत्ता लगाउन सकिरहेको अवस्था छैन । अहिलेसम्मको वैज्ञानिक अध्ययनमा कोरोना भाइरसको प्रजाति चार प्रकारका देखिएका छन्, जसलाई अल्फा, बेटा, गामा र डेल्टा नामकरण गरिएको छ । त्यसअन्तर्गत २००३ मा आएर यसलाई माथिको प्रजातिको आधारमा निम्न लिखित वैज्ञानिक नामकरण गरिएको छ: सार्स, मर्स, एचकेयु १, एनएल ६३, ओसी ४३ र २२९ ई । माथिका प्रजातिहरूमध्ये सार्स–कोभ र मर्स–कोभले मानव शरीरमा गम्भीर र घातक सङ्क्रमण ल्याउँछ भने बाँकी चार प्रजातिले हल्का असर मात्र पार्दछ । यसरी २००२–०३ मा सार्स–कोभले विश्वव्यापी घातक सङ्क्रमण ल्याएको थियो ।

    अहिले देखा परेको कोरोना भाइरस सार्स प्रजातिकै परिवर्तित रूप हो भनी मानिएको छ । यसको अन्तिम निस्कर्ष अनुसन्धानकै गर्भमा छ । तैपनि यसको स्वरूप सार्स प्रजातिसँग ८० प्रतिशत डिएनए मिल्दोजुल्दो देखिएको छ । यो सार्स प्रजातिभन्दा भिन्न के कुरामा छ भने यसको मृत्युदर सार्सभन्दा कम छ । तर सङ्क्रमण दर सार्सभन्दा कैयौँ गुणा बढी छ । यसरी सार्स प्रजातिबाट परिवर्तित भएको यो नयाँ भाइरसलाई नोबल नाम दिएर नोबल कोरोना भाइरस भनिएको हो । यो भाइरस एक प्रकारको प्रोटिन हो । यसलाई बोसोयुक्त झिल्लीको आवरणले ढाकेको हुन्छ र वरिपरि श्रीपेचजस्तै बाहिर उठेका कोठाहरू रहेका हुन्छन् । श्रीपेचको आकार हुनाले क्राउनबाट कोरोना नाम राखिएको हो ।

    यो भाइरसले आफै सन्तान उत्पादन गर्दैन । जब यसले अनुकूल वातावरण पाउँछ, त्यसपछि आफ्नो डिएनए प्रयोग गरी एकदेखि दुई, दुईदेखि चार हुँदै लगातार विभाजित हुँदै जान्छ । त्यसको अनुकूलता पशुपन्छी वा मानिसको शरीरभित्र मात्र प्राप्त हुन्छ । यसभन्दा बाहिर यसलाई त्यस प्रकारको वातारण प्राप्त हुँदन र विभाजित हुँदैन । मानिसमा यसको प्रभावबारे अरू अनुसन्धानको क्रम जारी छ । अहिलेसम्मको जानकारीअनुसार यसले मुख, नाक र आँखाबाट घाँटीमा प्रवेश गरी श्वासनली मार्फत् फोक्सोभित्र रहेको वायुको ससाना बबल्समा टाँसिन्छ । जब शरीरभित्रको इम्युनिटी पावर (एन्टीबडी) ले यो भाइरसलाई नियन्त्रण गर्ने प्रक्रिया सुरु गर्छ, त्यसपछि यो आफै ठुलो सङ्ख्यामा विभाजित हुँदै जान्छ र यसले कोभिड–१९ रोग पैदा गर्दछ । श्वासप्रश्वासमा अवरोध पैदा गर्दछ । निमोनियाको रोगलाई वृद्धि गर्दछ । श्वासनलीमा अवरोध पैदा गर्दछ । अनि ज्वरो आउने, खोकी लाग्ने, फोक्सोमा गम्भीर असर पैदा हुँदै जाने, स्वाद थाहा नपाउने, कमजोरी बढ्दै जाने लक्षणहरू विकसित हुँदै गएर मृत्युसम्म गराउँछ ।

    मानिसमा प्रतिरोधात्मक क्षमता जति बढी हुन्छ अर्थात् यो रोगसँग लड्ने क्षमता जति बढी हुन्छ, त्यसको आधारमा यो रोग परास्त हुँदै जान्छ । प्रतिरोधात्मक क्षमता कम हुने मानिसलाई यो भाइरसले जित्दै जान्छ र मानिसको मृत्युसम्म हुन्छ । त्यसैले यो भाइरसको सङ्क्रमण भएपछि प्रतिरोधात्मक क्षमता बढाउने क्रियाकलाप (खाने, सफासुग्घर हुने, सङ्क्रमणबाट टाढा हुने) आवश्यक पर्दछ । यो भाइरसले शरीरभित्रका कमजोर अङ्गमाथि आक्रमण त गर्दछ नै, त्यसमाथि दिमागमा पनि असर गरेको केस भेटिएको छ । अमेरिकाको हेनरी फोर्ड अस्पतालमा एक्युट नेफ्रोटाइजिङ इन्कोफेलोप्याथी अर्थात् मस्तिष्कको तन्तुमा सङ्क्रमण गरेको भेटिएको छ । १९६० मा नै यसबारे जानकारी प्राप्त भएता पनि त्यस भाइरसको प्रकृतिसँगको आफ्नो अस्तित्वको अनुकूलता वृद्धि गर्दै २००३ सम्म आइपुग्दा कुकुरमा सङ्क्रमण भई त्यसबाट मानिसमा प्रवेश गरेकाले सार्स रोग पैदा गराएको र मर्स रोग उँटबाट मानिसमा सङ्क्रमण भएको पाइएको अनुसन्धानको निस्कर्ष छ । तर नोबल कोरोना भाइरस चमेरोबाट पानीमा रहने जीवबाट मानिसमा सरेको अनुमान मात्र गरिएको छ र यसले महामारीको रूपमा अघि बढिरहेको छ ।

    यसको आयु कति हुन्छ ? यो समाप्त हुन्छ कि हुन्न ?
    माथिका प्रश्नहरू अहिलेको यो महामारीमा अत्यन्त गम्भीरतासाथ उठिरहेको छ । यसको हल हुनुभन्दा पहिले भाइरसको बारेमा जानकारी राख्नु जरुरी छ । भाइरसको आयु सात दिनदेखि १४ दिनसम्म रहने भनिन्छ । भाइरस सुक्ष्म जीवाणु (ब्याक्टेरिया) भन्दा दश गुना सानो हुन्छ । त्यसैले यसलाई विषाणु (भाइरस) भनिन्छ । कोरोना भाइरसले प्रजनन क्षमता राख्दैन । तर आफ्नो अनुकूलता प्राप्त गर्नेबित्तिकै आफूमा रहेको प्रोटिनयुक्त पदार्थ मार्फत् डिएनए प्रयोग गरेर विभाजित हुँदै जाने क्षमता पनि राख्दछ । साथै यसले अनुकूलतानुसार आफ्नो स्वरूप परिवर्तन गर्ने क्षमता राख्दछ । यो कुनै वैज्ञानिकले नयाँ बनाएको भाइरस होइन ।

    वैज्ञानिकहरूले प्रकृतिमा रहने भाइरसलाई सामान्य मोडिफिकेसन मात्र गर्न सक्दछ । यो भाइरस धातु र कार्डबोर्डमा २४ घण्टा, प्लास्टिकमा ७२ घण्टा, चिसो र अँध्यारोमा अलि लामो समयसम्म सक्रिय रहन सक्दछ । यो भाइरसको अत्यन्त गम्भीर र घातक विशेषता के हो भने नाक, मुख, आँखाबाट पस्नेबित्तिकै फोक्सोमा आक्रमण गरेर तीव्र गतिमा विभाजन हुँदै जान्छ । जब यसले फोक्सोभित्र रहेको एअर बलमा आक्रमण गर्दछ, शरीरले एन्टीबडी पैदा गर्दछ । शरीरको एन्डीबडी पैदा हुनेबित्तिकै भाइरस विभाजित हुने प्रक्रिया सुरु हुन्छन् र शरीरको एन्डीबडीलाई निस्तेज पार्ने प्रक्रिया अगाडि बढाउँछ । यो यति छिटो सङ्क्रमण हुन्छ कि यसले विश्वको एउटा कुना र क्षेत्रमा मात्र सीमित नभएर विश्वव्यापी रूप फैलाउँछ । एक जना सङ्क्रमित व्यक्तिले दुईदेखि तीन जनालाई सङ्क्रमित गराउँछ ।

    अहिलेसम्म आएको परिणामले १०० जनामध्ये तीनदेखि चार जनासम्म मृत्युवरण गराएको छ । यसको जेनेटिक हिस्ट्री पत्ता नलागेको, यसको चरित्र र यसबाट पर्ने असरबारे अध्ययन–अनुसन्धानको स्थिति भएकाले भ्याक्सिन र औषधिको निक्र्यौल वैज्ञानिकहरू गर्न सकेका छैनन् । यही समस्या एचआइभी एड्सको पनि छ । ४० वर्षदेखि यसको भ्याक्सिन बनेको छैन । ४० वर्षभित्र यस एचआइभी भाइरसबाट तीन करोड २० लाखको ज्यान गइसकेको छ । यसले शरीरभित्र सङ्क्रमण गरेपछि भाइरसको सङ्क्रमणलाई कसरी रोक्ने भन्ने तहमा वैज्ञानिकले अनुसन्धान गरिरहेका छन् ।

    अहिले वैज्ञानिकहरू कोरोना भाइरसको विरुद्ध औषधि वा भ्याक्सिनको आविष्कारको विषय केमा केन्द्रित छ भने कोरोना भाइरसका विरुद्ध मानिसको शरीरभित्र प्रतिरोध क्षमता वृद्धि गराएर यो भाइरसको सङ्क्रमणलाई रोक्ने, त्यसबाहेक भाइरसभित्र रहेको न्युक्लियसलाई झिकेर त्यसैको विरुद्ध प्रयोग गर्ने, यो अवस्था नआउँदासम्म मलेरियाको विरुद्ध प्रयोग हुने औषधिले शरीरको एन्डबिडी वृद्धि गरेर मलेरियालाई नियन्त्रण गरेजस्तै मलेरियाको औषधिमा प्रयोग हुने औषधि, जसले मानिसमा भाइरससँग लड्ने प्रतिरोध क्षमताको विकास गराउँछ । त्यसलाई कोरोना भाइरसको विरुद्ध पनि प्रयोगमा ल्याउने भनिरहेका छन् । तर विश्व स्वास्थ्य सङ्गठनले य सलाई मान्यता दिएको छैन ।

    २०१२ मा मर्स (मिडिल इस्ट रेस्पिरोटेरी सिन्ड्रोम) भाइरसको प्रकोप भयो । यो उँटबाट मानिसमा सङ्क्रमण भएको मानिन्छ । यसको भ्याक्सिन २०१६ मा वैज्ञानिकहरूले तयार गरेको मानिन्छ । अमेरिकाको बेचलर कलेज अफ मेडिसिनअन्तर्गत स्कुल अफ ट्रपिकल मेडिसिनका सहनिर्देशक मारिया ऐलिना बोट्टाजीको टिमले भ्याक्सिन तयार गरेको थियो । यसको प्रकोप धेरै लामो समयसम्म रहेन । यो एसियास्तरमा मात्र सीमित रह्यो । जनतासम्म यसलाई पु¥याउन ठुलो लगानीको आवश्यकता पर्दथ्यो । तर यसमा लगानी लगाउन अमेरिकी अधिकारी र कम्पनीहरू तयार भएनन् । यसमा लगानी गर्नु घाटा हुने भनियो रुचि देखाइएन । यो भ्याक्सिन कोभ–२ (कोरोना भाइरस) लाई त हुँदैनथ्यो । तर यसको यसको अनुसन्धानलाई जारी राख्दै गएको भए अहिलेसम्म भ्याक्सिन तयार भइसक्थ्यो र यति ठुलो महामारीबाट जोगिन सक्थ्यो।

    कोरोना भाइरस (कोभ–२) चीनको वुहान प्रान्तमा देखियो । सुरुमा यसको लक्षण निमोनियाको रूपमा देखा प¥यो । यसबारे नयाँ जानकारी केही पनि थिएन चिनियाँहरूलाई । पछि यसको अध्ययन गरियो । यस प्रकारको भाइरस चिनियाँ हर्ससू चमेरोमा रहेको भाइरससँग मिल्दोजुल्दो देखियो । यसरी चमेरोबाट मानिसमा सङ्क्रमण भएको हो कि भनी अनुमान गरे । वुहान बजारको जङ्गली जीवजन्तुको मासु बेच्ने एक जनालाई यसको सङ्क्रमण भएको पत्ता लागेपछि यही चमेरोबाट सरेको हुन सक्ने अनुमान गरियो । चीनको युनान प्रान्तको एक विकट स्थानको गुफामा हर्ससू प्रजातिको चमेरो पाइन्छ । मर्स प्रकोपको बेलादेखि नै यस प्रकारको भाइरसबारे अध्ययन भइरहेको थियो ।

    छ वर्ष लगाएर गरिएको अध्ययनमा उक्त चमेरोमा यस प्रकारको भाइरस रहेको पुष्टि गरे । त्यो चमेरोमा यस प्रकारको भाइरस भएता पनि त्यहाँ वरिपरिका मानिसलाई यो भाइरसको सङ्क्रमण देखिएको छैन । त्यहाँबाट धेरै टाढा वुहानमा त्यो भाइरस कसरी पुग्यो ? यो पनि प्रश्नचिह्नको रूपमा रहेको छ । पछि खोजी गर्दै जाँदा गुआङडुङ प्रान्तको पशुबजारमा बिक्ने ओटर अर्थात् पानीमा बस्ने मुसाजस्ता अलि ठुलो जीवमा यो भाइरस भेटे । यसरी त्यो ओटर र हर्ससू चमेरोको मासु चिनियाँ पर्यटकहरूले स्वादिलो मानेर खाने हुनाले यही चमेरो र ओटरबाट मानिसमा सरेको हुन सक्ने अनुमान गरिएको छ । यसको वैज्ञानिक पुष्टि भने हुन सकेको छैन ।

    कोभिड–१९ का लक्षणहरू
    १. सुक्खा खोकी लाग्नु, २. १०० डिग्री फरेनहाइटभन्दा माथि ज्वरो आउनु, ३. भोक लाग्न कमी हुनु, ४. कतिपय अवस्थामा पखाला लाग्नु, ५. सास फेर्न गाह«ो हुनु, ६. कमजोरी हुँदै जानु, ७. निमोनियाको सङ्क्रमण बढ्दै जानु, ८. गन्ध र स्वादमा कमी हुनु, ९. टाउको दुख्नु, १०. बिर्सने लक्षण देखा पर्नु ।

    यो भाइरस नाकमुखबाट श्वासनलीमा प्रवेश गरी फोक्सोमा पुगी फोक्सोको भित्र रहेको अक्सिलन नलीको ससाना बबल्समा टाँसिएर बसी आफ्नो डिएनए मार्फत् ठुलो सङ्ख्यामा वृद्धि हुँदै गएर श्वासप्रश्वासमाथि आक्रमण गर्दछ । निमोनियालाई बढावा दिन्छ । म्मुकस पैदा गर्दछ । फोक्सोमा पानी जम्मा हुन थाल्दछ । यसरी श्वासप्रश्वास सिस्टमलाई फेल गराई मृत्यु गराउँछ । यसले मस्तिष्कमा पनि सङ्क्रमण गरी बिर्सने लक्षण पनि देखा परेको छ । अहिले यो मानिसमा सङ्क्रमण गरेर नयाँ किसिमले आफूलाई अनुकूलनता बनाउँदै लागिरहेको हुनाले यो कुन रूपमा अनुकूल हुँदै जाने हो भन्ने कुरा अनुसन्धानकै प्रक्रियामा रहेको अवस्था भएको हुनाले यसको वैज्ञानिक निस्कर्ष निस्किरहेको छैन । अर्को गम्भीर खतरा के रहेको छ भने कुनै लक्षण नै नदेखाइकन यो भाइरस मानव शरीरमा रहिरहने र अरूलाई सङ्क्रमण गर्ने गर्दछ । जीवाणुभन्दा १० गुना सानो यो विषाणु (भाइरस) सँगको लडाइँ मानवजातिका लागि ठुलो चुनौतीको रूपमा पैदा भएको छ ।

    तत्काल यसबाट बच्ने विकल्पहरू
    सर्वप्रथम यो भाइरसको भ्याक्सिन र औषधिको निर्माण अनुसन्धानकै अवस्थामा छ । अमेरिका, चीन, रुस, अस्टे«लिया, भारत, इजरायल, जर्मनी, ब्रिटेन, दक्षिण कोरिया आदिका वैज्ञानिकहरूले यसको भ्याक्सिन र औषधि उत्पादनको अनुसन्धानमा लागेका छन् । उनीहरूले १८ महिनाभन्दा पहिले यो बाहिर आउन नसक्ने बताइरहेका छन् । यसको विरुद्ध लड्ने एउटा उपाय हो– मानिसमा रहेको प्रतिरोधात्मक क्षमताको विकास । भ्याक्सिन र औषधिको निर्माणको अनुसन्धान पनि यही मानिसको प्रतिरोधात्मक क्षमताको विकास गर्नु र यो भाइरसको शरीरभित्र हानी पु¥याउने गतिविधि वा भाइरसले पैदा गर्ने परिणामलाई नष्ट गर्ने भ्याक्सिन वा औषधिको निर्माण । यो दीर्घकालीन उपाय हो । तर यो भाइरसलाई सङ्क्रमणबाट रोक्नु नै अहिलेको एक मात्र विकल्प देखिएको छ अर्थात् जहाँबाट सुरु भएको छ, त्यही रोक्नु । त्यसैले अहिले मानिस–मानिसबिच सामाजिक दुरी बढाउनु नै एक मात्र उपाय भएको चिनियाँ प्रयोगले सावित गरेको छ ।

    चीनबाट यो प्रकोप सुरु भयो । केही समयपश्चात् चीनले पूरा देशलाई सामाजिक दुरीमा राख्यो । सङ्क्रमित व्यक्तिलाई अरू मानिसबाट अलग्यायो अर्थात् आइसोलेसनमा राख्यो र लक्षण देखिएकोलाई उपचार कक्षमा राख्यो । मानिसहरूलाई यातायात वा अन्य घुमफिरबाट बन्देज लगायो अर्थात् लकडाउन ग-यो । मानिस लकडाउनमा परेपछि उनीहरूलाई चाहिने खाद्य सामग्रीको परिपूर्ति गर्ने व्यवस्था मिलायो र अहिले लगभग नियन्त्रणउन्मुख रूपमा रहेको छ । यही कुरो युरोप र अमेरिकाले अनुशरण गरेन । उल्टो आफूलाई प्रजातान्त्रिक देश भन्दै यसरी जनतालाई लकडाउनमा राख्ने काम प्रजातान्त्रिक मान्यता विपरीत भएको भन्दै चीनको निन्दा ग-यो । त्यसको परिणाम इटाली, स्पेन, अमेरिका, फ्रान्स, जर्मन, बेलायतले भोगिरहेका छन् । सबैभन्दा धेरै सङ्क्रमित र मृत्यु हुने देशहरू तिनीहरू नै भएका छन् । ती देशहरू यो भाइरसको नियन्त्रणभन्दा बाहिर गइसकेको छ ।

    अहिलेसम्म सम्पूर्ण विश्वमा डेढ लाख (अझै यो बढ्दो क्रममा छ) मान्छेहरूको मृत्यु भइसकेको छ । १०० भन्दा बढी देशहरू यसको शिकार भइरहेका छन् । सबैभन्दा बढी मृत्यु हुने देश अमेरिका हुन पुगेको छ । यी कोरोना भाइरस मानिसले देख्न नसक्ने मानवजातिको साझा दुश्मनको रूपमा देखा परेको छ । यसबाट विजय प्राप्त गर्न यसको सङ्क्रमणबाट बच्नु नै तत्कालका लागि एक मात्र उपाय हो । त्यो भनेको सामाजिक दुरी कायम राख्नु । यसबाट बच्ने उपाय भनेको भ्याक्सिन र औषधि ननिस्कदासम्म मानव दुरी कायम गर्नु नै उत्तम विकल्प बन्न पुगेको छ र अब अन्य देशहरूले समेत यो उपाय अवलम्बन गरिरहेका छन् ।

    कोरोना भाइरसले ल्याएका असरहरू
    सामाजिक दुरी कायम गर्दा मानव जीवन अस्तव्यस्त बनेको छ । उत्पादन ठप्प छ । वितरण प्रणालीमा असहज स्थिति पैदा भएको छ । अहिलेसम्म चलिरहेको मानव समाजका क्रियाकलापहरू ठप्प भएका छन् । मानिसहरू घरभित्र बन्दाबन्दी अवस्थामा रहेका छन् । घुमफिर, जमघट बन्द भएको छ । यसले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्ने दिशातिर लक्षित भइरहँदा मानव जीवन अस्तव्यस्त बनेको छ । यस अस्तव्यस्तताको बाबजुद यस प्रकारको बन्दाबन्दी (लकडाउन) यस कोरोना भाइरसको महामारी विरुद्ध विजय प्राप्त गर्ने एउटा मात्रै शक्तिशाली हतियार बन्न पुगेको छ । यसले विश्व अर्थप्रणाली खलबलिएको छ । विश्वका अरबौँ मजदुरहरू रोजगारविहीन बनेका छन् । पुँजीपतिहरूको पुँजी घट्दै गइरहेको छ । त्यसैले विश्वका सरकारले ती भोका मजदुरहरूलाई खुवाउने तथा उत्पादन र वितरण प्रणालीलाई न्यूनतम व्यवस्थापन गर्ने चुनौती देखा परेको छ । यो लडाइँ अस्थायी हो । केही समयपश्चात् विजय प्राप्त हुने छ र विश्व अर्थप्रणाली पुन आफ्नो ठाउँमा परिचालन हुने छ भन्ने उद्देश्यलाई ध्यानमा राखेर विश्वका सरकारहरूले आफ्नो शासन व्यवस्थालाई कुशलतापूर्वक सञ्चालन गर्नुपर्दछ ।

    कोरोना भाइरसले ल्याएको प्रभावहरू निम्नानुसार सूत्रबद्ध गर्न सकिन्छ:
    १. श्रमजीवी मजदुरहरू रोजगारबाट वञ्चित हुनु ।
    २. उत्पादन र वितरण प्रणालीमा अवरोध पैदा हुनु ।
    ३. आर्थिक क्रियाकलापहरू (वर्तमान बैङकिङ प्रणाली) अस्तव्यस्त हुनु ।
    ४. सरकारको राजस्व असुलीमा अवरोध पैदा हुनु ।
    ५. ठुलो सङ्ख्यामा मजदुरहरू भुखमरीको शिकार हुनु ।
    ६. पुँजीपतिको पुँजी निर्माणमा सङ्कट पैदा हुनु ।
    ७. पुँजीवादी राज्य र अर्थप्रणालीमाथि नै सङ्कट पैदा हुनु ।

    कोरोना भाइरस एक्काइसौँ शताब्दीको न्युक्लियर बमभन्दा शक्तिशाली भएर उभिएको छ । यसले पुँजीवादी साम्राज्यवादेखि लिएर सर्वहारा वर्गसम्मलाई हमला गरिरहेको छ । आज मानव समाजका लागि एक मात्र उपाय यसको सङ्क्रमणबाट जोगिएर मानव जीवनको रक्षा गर्नु । यसबाट धनीगरिब कोही पनि अछूतो रहन सक्दैनन् । प्रकृतिको पर्यावरण विरुद्ध पुँजीवादको विरासत कोरोना भाइरसले स्वयम् पुँजीवादलाई समेत विनास गरिरहेको छ । अब पुँजीवादले आफूलाई टिकाउन र आफ्नो पुरानो शक्ति बचाउन यो महामारीमा समेत दाउपेच गरिरहेको छ ।

    अमेरिका र अमेरिकी राष्ट्रपतिको महामारी विरुद्ध सुरक्षित हुने विषयमा यो अवस्थामा पनि शक्ति र पुँजीको दुहाइ दिँदै विश्व स्वास्थ्य सङ्गठन र चीनलगायत अन्य देशले लिएको सुरक्षाका नीतिका विरुद्ध गएकाले स्वयम् अमेरिका र युरोपीय देशहरू गम्भीर शिकार भइरहेका छन् । यस प्रकारका साम्राज्यवादी नीति विरुद्ध मानव समाजको रक्षाका लागि विश्वका जनता कोरोना भाइरस विरुद्ध एक हुन जरुरी छ र औषधि वा भ्याक्सिनको विकास नहुँदासम्म मानव दुरी अर्थात् सामाजिक दुरी कायम गरेर नै यस कोरोना भाइरसको युद्धलाई जित्नुपर्दछ ।

    हरेक सय वर्षको दौरानमा महामारी वा विश्वयुद्धले त्यसबेला चलिरहेको आर्थिक प्रणाली र व्यवस्था खलबलिएको इतिहास छ । प्लेग, हैजा, स्पेनिस फ्लू, प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्धपछि विश्वका आर्थिक प्रणाली र राजनैतिक व्यवस्था खलबलिएर नयाँ युगमा प्रवेश गरेका उदाहरणहरू छन् । रोगका महामारी र विश्वयुद्धको सामन्तवादी अर्थप्रणाली ढलेर पुँजीवादमा प्रवेश गरेको, यस प्रकारले पुँजीवाद ढलेर समाजवादी व्यवस्था स्थापना भएका उदाहरण छन् । अहिले एकाधिकार पुँजीवादको चरम उत्कर्ष साम्राज्यवादमाथि ठुलो सङ्कट पैदा भएको छ । यसको साम्राज्यवादको पतनको ढोका खोलिएको छ ।

    कोरोना भाइरसको नियन्त्रण साम्राज्यवादले आफूलाई टिकाउन ठुलो कसरत गर्ने छ । तर भुखमरीमा पीडित विश्वका अरबौँ श्रमजीवीको व्यवस्थामा साम्राज्यवादबाट मुक्त हुन नसक्ने कुरा अवश्यम्भावी छ । त्यसैले विश्वका श्रमजीवीहरू समाजवादी व्यवस्थाको स्थापनाका लागि एकजुट भएर अगाडि बढेमा मात्र मानव समाजको रक्षा र विकास हुन सक्ने छ । अहिलेको कोरोना महामारीको विरुद्ध विश्वस्तरमा लड्ने प्रक्रियाहरूमा पुँजीवादी तरिका असफल भएका छन् । समाजवादी तरिकाहरू प्रभावकारी देखिएका छन् । यसले पनि पुँजीवादलाई विनासतिर धकेलिरहेको प्रमाणित गर्दछ । पुँजीवादमाथिको वास्तविक परिणाम अझै आउन बाँकी छ ।

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.