• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोनाको कहर र प्रवासी नेपालीमा लकडाउनको असर


  •   सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
  • रामप्रसाद पौडेल

    Advertisement

    गत डिसेम्बरमा चीनको वुहान शहरबाट उत्पत्ति भएको एउटा जिबाणुले विश्वसामु यति ठुलो आपत र बिपत निम्त्याउला भनेर कसैले शायदै सोचेको थियो होला । विज्ञान र प्रबिधिले यति ठुलो छलाङ मार्दै हर चिजको समाधान सम्भब छ भनेर हिँडिरहेका बैज्ञानिकहरु पनि कोविड–१९ भन्ने किटाणुबाट मुक्ति दिलाउने औषधि पत्ता लगाउन सकिरहेका छैनन् ।

    यो सारा विश्व र मानव जगतको लागि निकै ठुलो निराशा र चिन्ताको बिषय बनेको छ । शोषणको माध्यमबाट आफ्नो हैसियतलाई अझै विश्वब्यापी (साम्राज्यवाद) बनाउने होडमा लागिरहेका मुलुकहरूकोसमेत निन्द्रा खल्बल्याउने गरी कोरोनाको कहर विश्वभरी फैलिएको छ ।

    कोरोनाका कारण जताततै भय, त्रास र अन्यौल छ । यहाँसम्म कि सामान्य रुघाखोकी लाग्दा समेत समाजमा या स्वास्थ्यकर्मीहरु पनि तर्सने र रुघाखोकीको, सामान्य ज्वोरोको उपचार नपाई ज्यान गुमाउनु परेको हृदय बिदारक घटनाहरु पनि तपाई हामीले देख्दै र सुन्दै आइरहेका छौं । यसको ताजा र प्रतिनिधि घटना रुपन्देहीको मुर्गिया निवासी ३४ वर्षीय बाबुराम थापाको हो । उनी केही समय पहिले दुबईबाट फर्केका थिए । आफ्ना परिवार सहित सैनामैना नगरपालिकाको मुर्गियामा भाडामा बस्दै आएका थिए । उनी पाल्पाका मूल निबासी थिए । अकस्मात उनलाई रुघाखोकी र ज्वोरो आयो, त्यतिबेला नेपालमा लकडाउनको घोषणा भैसकेको थियो । बाहिर हस्पिटल सजिलोसँग जानसक्ने अवस्था थिएन, उनी मद्दत माग्न पुलिस प्रशासनसँग गए । प्रशासनले बुटवलको लुम्बिनी प्रादेशिक हस्पिटलसम्म जानका लागि गाडीको ब्यबस्था मिलाइ दियो । उनी एक्लै त्यता लागे, तर हस्पिटलमा पुगिसकेका उनलाई डाक्टरले कुनै किसिमको चेकजाँच नगरी क्वारेन्टिनमा राखे त्यसपछी उनको स्याम्पल निकाली जाच्न पठाइयो तर यता उनको रिपोर्ट नआउँदै मृत्यु भयो । रिपोर्ट नेगेटिभ आयो ।

    बडा बिडम्बनाको कुरा मृत्यु पछि रिपोर्ट आउने बिरामी ज्वोरोको प्यारासिटामोल नपाई ज्यान गुमाउनु पर्ने ? बिज्ञान र प्रबिधिको यतिबिधी विकास भएको युगमा हाम्रो देशमा रुघाखोकी र टाइफाइडको औषधि नपाएर ज्यान फाल्नु पर्ने दयनीय स्थिति सिंगो २१औं शताब्दीको मानव सभ्यता भित्रको लज्जास्पद घटना हो । यस्ता घटनाहरु जहाँ त्यही बग्रेल्ती देख्न र सुन्न पाइन्छ । कुनै व्यत्तिले हाछ्यूँ गरेको वा खोकेको सुनेमा चिहाएर हेर्ने, खासखुस गर्ने गरिन्छ ।

    खासमा कोविड–१९ भन्ने जिबाणुले पार्ने असर भनेको स्वासप्रश्वास प्रणालीमा नै रहेछ । जुन कुरा चिकित्सकहरुले बताइनै रहेका छन् । जब त्यो कोरोना नामक भाइरस नाक र मुखबाट फोक्सो भित्र प्रवेश गर्छ अनि संक्रमण सुरु हुन्छ । सबभन्दा पहिला हामीले ध्यान दिनुपर्ने कुरा के हो भने हाम्रो दैनिक जीवनमा सबैभन्दा बढी बाहिरी चलखेल र कार्यसम्पादन गर्ने हात भएको हुँदा हातमा बाहिरका किटाणुहरु टासिएर आउने गर्दछन् र नाक, मुख र आँखा छोयो भने त्यहिबाट संक्रमण फैलिने सम्भावना रहेकाले नाक, मुख र आँखा नछुने भनेको हो । साथै नियमित साबुन पानीले हात २० सेकेन्डसम्म धुने, स्यानिटाइजरको प्रयोग गरिरहने भनेकोे त्यही कारणले हो ।

    अपबादको रूपमा ज्वोरो नआएको टाउको नदुखेको र रुघाखोकी नलागेको मानिसमा पनि यो भाइरसले संक्रमण गरेका घटनाहरु पाइएका छन् । त्यस्ता लक्ष्यणहरु नदेखिनुको कारण के हो भने इम्मुनिटी शक्ति बढी भएका मानिसहरुले संक्रमणसँग सजिलोसँग प्रतिकार गर्न सक्छन् । जब प्रतिरोध क्षमता शरीरमा प्रर्याप्त मात्रामा हुन्छ भने त्यसले कुनै असर पार्न सक्दैन । असर पार्न नसके पछि संक्रमित भए पनि छिटो निको लाग्छ । दिर्घ रोगीहरु जस्तै मुटुको रोग, रक्तचाप, मधुमेह जस्ता रोग लागेको मानिसमा प्रतिरोधात्मक क्षमता कम हुने हुनाले नै त्यस्तै बिरामी संक्रमित भए भने जोखिम धेरै हुँदो रहेछ । त्यसो भएको हुनाले यो विश्वमा फैलिएको महामारीको रोकथाम कसरी गर्ने भन्ने तिर नै सचेत हुन जरुरी छ । किनकी बिरामी भए पछि औषधि छ क्यारे निको होलानी भनेर आशा गर्ने अवस्था छैन ।

    त्यसैले सबैभन्दा ठुलो कुरा सतर्क र सजग हुनु नै हो । सतर्क र सजग हुनका लागि बारम्बार साबुन पानीले हात धोइराख्ने, स्यननिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने, बाहिर ननिस्कने, निस्कन पर्यो भने मास्कको प्रयोग गर्ने, लक्ष्यणहरु देखिएमा डाक्टरको सल्लाह लिइहाल्ने, क्वारेन्टिनमा बस्न तयार हुने आदि जस्ता निर्देशनहरुको राम्रोसँग पालना गर्नु पर्दछ ।

    यो निर्देशनको पालना गर्नको लागि ब्यबहारिक प्रभाव भनेको लकडाउनको नीति नै हो । जब लकडाउनको अवस्था आउँछ, त्यो भनेको एक प्रकारको कर्फ्यु नै हो । जसमा मानिसहरुको घरबाट बाहिर निस्कने कुरा हुँदैन । सम्पुर्ण कलकारखाना बन्द गरिन्छन्, सिनेमा हल, होटल, रेस्टुरेण्ट, शपिङ माल, यातायात सबै बन्द गरिन्छन् । ताकी मानिसहरुको आबाजाही बन्द होस् ।

    अहिले भारत र नेपालमा लकडाउन छ, यद्यपि यतिखेर सम्पुर्ण विश्वका अधिकांश देशहरूले यो तरिका अपनाउन ढिलो गरे । जस्तै इटली, अमेरिका, स्पेन, फ्रान्स आदि देशहरूले भारतले लकडाउनको बाटो अपनाएको धेरै पछि मात्र अपनाए, त्यतिखेरसम्म धेरै ढिला भैसकेको थियो । जसको कारण हजारौं मानिसहरुले ज्यान गुमाए । अमेरिकामा २० जनवरीमा कोरानाको संक्रमण भेटिएको थियो भने भारतमा ३० जनवरीमा संक्रमण देखियो । यदि अमेरिकाले परिस्थितिको सही मुल्यांकन गरी लकडाउनको नीति लिएको भए आज ठुलो संख्यामा मानिसको ज्यान जाने जोखिमबाट बचाउन सकिन्थ्यो होला । तर साम्राज्यवादी अमेरिकी राष्ट्रपतिले कोरोनाको कहरलाई ख्यालठट्टा सम्झी अटेरी गरे । सयौंको मृत्यु भएपछी बल्ल गम्भीरतालाई स्वीकार गर्न बाध्य भए । यसले के देखाउँछ भने आफू सर्वशक्तिमान भएपछी दुनियाँको कुनै तागतले केही असर पार्न सक्दैन भन्ने घमण्ड पनि आपदासँग हार्नु पर्छ ।

    लकडाउन अहिलेको अबस्थामा एक मात्र बच्ने उपाय हो, तर समाधान भने पक्कै पनि होइन । किन भने अहिलेको यो परिवेशले हजारौं लाखौं मजदुरहरुको जीवन रेखालाई खल्बलि पार्ने कुरामा कुनै संदेह छैन । कम्पनीहरु, होटेल, ब्यबसाय बन्द भएको कारणले मजदुरहरुको दैनिक गुजाराको निमित्त बिषम परिस्थितिको सृजना हुँदा मजदुरहरु पलायन हुने खतरा तिब्र रुपमा देखिएको छ । एकातिर बिरामीको भय र त्रास अर्कोतिर आफ्नो गुजाराको निम्ती पनि गाह्रो हुँदै जानुले आम रूपमा असहज बाताबरणको सृजना हुनु स्वभाबिकै हो । त्यसैले ठुलो संख्यामा नेपाली मजदुरहरु लकडाउनको अबधिमा पनि पैदल यात्राको तय गरि नेपाल जाने क्रममा नेपाल भारत सीमामा अलपत्र पर्न बाध्य छन् ।

    एकातिर लकडाउनले संक्रमणको रफ्तारलाई त न्यूनीकरण गर्न सक्छ तर मजदुरहरुको बेरोजगारी हुने वा रोजगारबाट हात धनुपर्ने अबस्थामाथि पनि गम्भीर रूपमा सरकारले ध्यान दिनुपर्ने आबश्यक्ता छ । यसमा सरकारले ल्याएको नीतिमा गैरसरकारी, विभिन्न संघ संस्थाको पनि ऐक्यवद्धता हुनु जरुरी छ । मानब समुदायको निमित्त खतराको घण्टी बनेर फैलिएको कोरोनाबाट मुक्ति पाउनको लागि सामुहिक रूपमा मिलेर काम गर्नुपर्ने अवस्था छ, तर अहिले कतिपय मानिसहरूले यस्तो महामारीको बिपतमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

    मूल प्रवाह अखिल भारत नेपाली एकतान समाजले भारतस्थित नेपालीहरुका हरेक समस्याकाविरुद्ध संघर्ष गर्दै आइरहेको छ । अहिलेको बिषम परिस्थितिमा पनि आम नेपालीहरुलाई सजग र सचेत गराइरहेको छ । मूलप्रवाह विभिन्न समय र सन्दर्भमा परिआउने समस्यासँग अग्रपंक्तिमा रहि संघर्ष गर्दै आइरहेको सर्ववित नै छ । अहिले पनि आम जनसमुदायको बिचमा देखिन सक्ने कठिन अवस्थाको बारेमा बिचार बिमर्श गर्दै सम्पुर्ण नेपालीहरुलाई धैर्यधारण गर्न सान्त्वना दिने र कहाँ के समस्या छ, त्यसको समाधान गर्ने प्रयास गरिरहेको छ ।

    तर, कतिपय मानिसहरुले नाकामा अलपत्र परेका नेपाली नागरिकलाई मूल प्रवाहले चाहेर पनि नेपाल भित्राउन सकिएको छैन । आफ्ना नागरिकलाई स्वदेश भित्र्याएर उचित व्यवस्थापन गर्न मूलप्रवाहले लगातार सरकारलाई दबाब दिँदै आइरहेको छ । लकडाउनका कारण प्रवासी नेपालीलाई दिर्घकालिन असर पर्ने सम्भावना त छँदैछ । तर, तत्कालका लागि समस्यामा परेका र घरछेउमै पुगेका प्रवासीलाई समेत घर भित्र्याउने उचित व्यवस्था मिलाउन सरकारले चासो देखाएको छैन ।

    लकडाउन खोल्दा बित्तिकै नेपाल जानका लागि धेरै नेपालीहरु प्रतिक्षामा छन् । तर लकडाउन खुले पनि तत्काल सहज हुने अवस्था देखिँदैन । भिडभाडमा फेरि पनि कोरोना सर्ने, हामीसँगै देशभित्र र परिवारमा पुग्ने अवस्था हुनसक्छ । घर पुग्न र परिवारसँग भेट्न उस्तै सास्ती खेप्नुपर्ने हुनसक्छ ।

    रेलमा कसैले आरक्षण गराएको टिकट छ भने मात्र ४ घण्टा पहिले स्टेशनमा पुग्नु पर्छ, अनि सबै कुराको चेकजाँच भैसके पछि मात्रै रेलमा यात्रा गर्न पाउने छन् । अब त्यसरी रेल चढेर गए पनि बोर्डर खुला भएन भने अनि कहाँ जाने ? समस्या जटिल छ । जनतन बोर्डर पार गरियो भने पनि प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिका अनि वार्डमा पुग्दासम्म सबै निगरानी हुन्छ । अनि आफ्नो परिवारसँग बस्न पाइँदैन, अलग परिवारबाट टाढै २१ दिनसम्म क्वारेन्टिनमा बस्नु पर्छ । त्यो भन्दा उत्तम यहि जहाँ जसरी जुन अबस्थामा बसेका छौँ, त्यहिं अबस्थामा त्यसरी नै बस्दा अति उक्तम । अनि स्थिति सामन्य भएपछी जान चाहेका नेपालीहरु हतास र हतार नगरिकन योजना बनाएर जानु पर्छ ।
    (लेखक मूलप्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष हुनुहुन्छ ।)

    सोमबार, बैशाख ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.