कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको संगठनात्मक अभियान कपिलवस्तुमा उत्साहका साथ अगाडि बढिरहेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा संगठन निर्माणलाई तिब्रता दिइएको राजमो कपिलवस्तुले जनाएको छ ।
अभियानकै क्रममा विजयनगर गाउँपालिका वडा नं ७ झुलनियामा राजमोको वडा भेला सम्पन्न भएको छ । भेलाले विरेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा नन्दराम कोरी, सचिव असरफी कोरी, कोषाध्यक्ष सत्रुघन प्रसाद कुर्मी, सदस्यहरुमा जोखाई पाल, हुसेन अहमद, सुभाष मौर्या, गयाप्रसाद कोरी, मनिषा कोरी, समुन्द्र पासी तथा सल्लाहकारमा नन्दलाल खटिक, सत्यनारायण कुर्मी र कुश लावती कहार रहनुभएको छ ।
कार्यक्रममा राजमो संगठनात्मक अभियान परिचालन जिल्ला समितिका सदस्य एवं अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केयरसिंह अदैले विभिन्न समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियो ।
असरफी कोरीको अध्यक्षतामा सम्पन्न भेलामा राजमो विजयनगर गाउँ समितिका अध्यक्ष गोपाल सुनार, तराई मधेश जनवादी मोर्चा विजयनगर गाउँ समितिका अध्यक्ष एवं राजमो ५ नं वडा समितिका अध्यक्ष खडेरु पासी, ४ नं वडा समितिका सचिव गोविन्द परियार, ६ नं वडा अध्यक्ष पाटेश्वरी यादव, १ नं वडाका अध्यक्ष प्रभु यादवलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
यो पनि पढ्नुहोस्ः
कपिलवस्तुका मुस्लिम समूदाय राजमोमा संगठित
विभिन्न पार्टी छोडेर आउनेलाई राजमोमा स्वागत, महाराजगञ्जमा नगर भेला
अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्षसहित सिंगो टोल राजमोमा
कपिलवस्तुमा यसरी चल्दैछ अभियान
खरेन्द्रपुरमा महिलाहरु संगठित, मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
कपिलवस्तुकाे सिमावर्ती विजयनगर गाउँपालिकामा राजमाेकाे संगठन विस्तार
कपिलवस्तुमा जारी छ, राजमोको संगठन निर्माण अभियान
१६ वर्षपछि नेकपा छोडेर राजमोमै फर्किए अधिकारी
बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश
दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी
नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश
राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु