• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

खवरदारी अभियान संस्मरण–२ः प्रदेश २ मा स्वागत पाउँदा…


  •   बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
  • अनिलकिशोर घिमिरे

    Advertisement

    माघ २२ गते बिहान महामन्त्री मोहनविक्रम सिंहसित कार्यालयमै भेट्ने अवसर पाइयो । अभियानबारे जानकारी आदानप्रदान ग¥यौँ । उहाँले थप सल्लाह, सुझाव र मार्गनिर्देशन दिनुभयो । त्यसपछि टोली नवलपरासीतिर अगाडि बढ्यो । सुनवलमा साथीहरूको भव्य स्वागतसहित सभा गरी त्यहीँ बिहानको खाना खाएर परासीतर्फ लाग्यौँ । पहिलेका कार्यक्रममा हाम्रो झण्डा, ब्यानर देख्दासाथ मधेशवादीले हामीमाथि सांघातिक आक्रमण गर्ने गरेको परासीमा यसपटक भने सौहार्दपूर्ण रूपमा हाम्रो कार्यक्रम हेर्ने र सुन्ने काम भयो ।

    मधेश टुक्राउने गरी सङ्घीय संरचना बनाउनुपर्छ भन्ने भारतीय डिजाइनलाई सफल पार्न मधेशवादी दलको सहारामा परासीमा थुप्रै पटक जुलुश भए । अब बिस्तारै त्यो षडयन्त्रबारे जनताले बुझ्दै छन् । परासीबाट भुमही हुँदै बर्दघाटमा कार्यक्रम दिइयो । बर्दघाटबाट दक्षिणपट्टि केही किमि हिँडेपछि गण्डक बाँध आउँछ । नेपाल र भारतबिच २४ किमि सीमारेखाको काम गर्ने नारायणी नदीमा तत्कालीन त्रिवेणी सुस्ता कुडिया गाविसको पूर्वतर्फ नारायणी नदीलाई छेकी भारतले बनाएको बाँधलाई गण्डक बाँध भनिन्छ । २०१६ सालमा विपी कोइरालाको पालामा सम्झौता गरिएको उक्त परियोजनामा कुनै समयावधि उल्लेख गरिएको छैन ।

    अर्को मुख्य कुरा ब्यारेजदेखि उत्तरतिरको पानी नेपालले आफूखुशी उपयोग तथा प्रयोग गर्न नपाउने र कुनै पनि संरचना निर्माण गर्न नपाउने भन्ने प्रावधान राखी नेपालको पानी र नदीमाथि हाम्रो हक नलाग्ने बनाइएको छ । यो गम्भीर प्रकारको राष्ट्रघात हो । यो बाँधको कारण हजारौँ नेपाली, दर्जनौँ गाउँ डुबानको चपेटामा परेका छन् । त्यति मात्र होइन, त्यहाँको सुस्ता महेशपुर क्षेत्रको करिब १४ हजार हेक्टर भूमि भारतले मिचेर बसेको छ । नेपाली भूमिमा भारतीय एसएसबी बसेर नेपाली जनतमाथि नै अत्यचार गर्ने गरेको छ । सिमाना क्षेत्रका नेपालीले पटक पटक भारतीय ज्यादतीको विरुद्ध लडिरहेका छन् । तर नेपालको सरकारी निकायबाट ठोस कूटनैतिक पहल गर्ने र नेपाली भूमि सुरक्षा गर्ने कार्य हुन सकेको छैन । हामीले बर्दघाटबाट उक्त कार्यको भण्डाफोर गर्दै दाउन्ने हुँदै नवलपुरतिर अगाडि बढ्यौँ ।

    नवलपुर नेपालको कान्छो जिल्ला हो । नवलपरासीलाई टुक्राएर नवलपुर जिल्ला बनाइएको छ । गण्डकी प्रदेश सुरु भएपछि दुम्किबासमा भव्य स्वागत भयो । अभियान टोली झन् उत्साहित हुँदै अगाडि बढेको छ । दुम्किबासमा सानो कार्यक्रम दिएर हामी कावासोतीतिर लाग्यौँ, जुन नवलपुरको सदरमुकाम पनि हो ।

    कावासोतीमा सयौँ साथीहरूको र स्थानीय जनसमुदायको उपस्थिति थियो । बृहत् सांस्कृतिक सभा पनि सम्पन्न भयो । बेलुकी १६ नम्बरमा रहेको सुन्दरी सामुदायिक वनको भवनमा खाने, बस्ने व्यवस्था थियो । सामुदायिक वनले राम्रो व्यवस्थापन गरी उक्त गेस्ट हाउस बनाएको रहेछ । धेरै भ्रमण टोली पनि आउँदा त्यस भवनमा बस्दा रहेछन् । त्यहाँ स्थानीय सामुदायिक वनमा पाइने कैयौँ जडीबुटी प्रशोधन गरी औषधिको रूपमा बिक्री–वितरण पनि हुँदो रहेछ ।

    माघ २३ गते बिहानै १६ नम्बरमा सभाको कार्यक्रम राखियो । राष्ट्रिय जनमोर्चाले जितेको वडा पनि भएकाले त्यहाँ थुप्रै जनपक्षीय काम भएका छन् । स्थानीय जनताले हाम्रो कार्यक्रम चाखपूर्वक सुन्ने काम गरे । बिहानको खाना सामुदायिक भवनमै थियो । गाईपालनको पकेट क्षेत्र पनि भएकाले साथीहरूले दुधको व्यवस्था गरे । चिसो मौसममा दुधले ततायो । दिउसो गैँडाकोट कार्यक्रम गरी चितवनतिर प्रवेश गरियो । बागमती प्रदेशअन्तर्गत चितवन प्रवेश गर्दा नारायणघाट पुल्चोकमा सयौँ साथीहरू अभियानको स्वागतार्थ जम्मा भएका थिए ।

    भव्य रूपमा नारयाणघाटको कार्यक्रम समापन गरी बेलुकी टाँडीतिर लागियो । टाँडीतिर घरघरमा बस्ने कार्यक्रमलाई साथीहरूले केही परिमार्जन गरे । लामो समयको हिडाइँ, थकानको कारण स्वास्थ्यमा समस्या पर्छ कि भन्ने चिन्ताले रिफ्रेस पनि हुने उद्देश्यले सौराहाको एउटा रिसोर्टमा बस्ने व्यवस्था मिलाएछन् । साँझ टाँडीमा कार्यक्रम सकेर सौराहातिर लागियो ।

    लामो समय नुहाइधुवाइ नभएका साथीहरू सरसफाइमा लागे । बेलुकीको समीक्षा महत्वपूर्ण रह्यो । अब पूर्वी तराईका जिल्लामा प्रवेश गर्ने कार्यक्रम भएकाले अलि संवेदनशील हुनुपर्ने थियो । साथीहरूको कार्यविभाजनलाई अझ व्यवस्थित गर्ने काम भयो । केही सुरक्षासँग सम्बन्धित योजना बनाइयो । चितवनका साथीहरूको न्यानो व्यवस्थापनले अभियानका यात्रीले सबै थकाइ भुलिसके ।

    माघ २४ गते बिहान सौराहामा केहीबेर घुमाइ भएपछि टाँडी हुँदै हेटौँडातिर लागियो । बागमती प्रदेशको राजधानी हेटौँडा भएको छ । मन्त्रीका गाडीको साइरन, सरकारी पजेरोको भिडभाडले हेटौँडा पहिलेभन्दा छुट्टै देखिएको छ । भनिन्छ, हेटौँडा काठमाडौँ र रक्सौलको बिचमा पर्ने भएकाले कैयौँ तष्करी र अपराधिक क्रियाकलापको ट्रान्जिट पनि हो । हेटौँडाको लोकप्रिय भोजनालयमा बिहानको खानाको व्यवस्था थियो ।

    सहिद स्मारकमा मकवानपुरका साथीहरूको स्वागतपछि हेटौँडा शहर पुगियो । प्रदेश संरचना खडा गरी हेटौँडा राजधानी पनि बनाइयो । तर जनताले त्यसबाट कुनै सेवासुविधा, अवसर प्राप्त गर्न सकिरहेका छैनन् । प्रदेश संरचनाका लागि छुट्याइएको रकम बिना काम खर्च भइरहेको छ । अनावश्यक रूपमा खरबौँ रकम प्रदेशको नाममा दुरूपयोग हुनु संस्थागत भ्रष्टाचारको नमुना हो । सङ्घीयताले भ्रष्टाचारलाई मौलाउने मौका दिएको छ । हामीले हेटौँडाबाट त्यस प्रकारको भ्रष्टाचारको विरोध ग-यौँ र बाराको सिमरातिर यात्रा अगाडि बढ्यो । पथलैयादेखि वीरगञ्जसम्म सयौँ उद्योग रहेका छन् । ती सबैमा विदेशी लगानी छ ।

    त्यहाँ काम गर्ने ९५ प्रतिशत मजदुर पनि विदेशी, खासगरी भारतीय नै छन् । त्यहाँबाट उत्पादित वस्तुबाट आउने आम्दानी आम्दानीको अधिकांश पैसा विदेशतिर नै जाने गर्दछ । सरकारले राष्ट्रिय उद्योगधन्दाको विकास गर्ने र राष्ट्रिय पुँजीको प्रबर्धन गर्ने काम गर्न नसक्दा विदेशी दलाल कम्पनी भित्रिरहेका छन् । भएका राष्ट्रिय उद्योग पनि कौडीको मूल्यमा बेचिएका छन् या ध्वस्त बनाएर मोटो रकमको स्वार्थमा विदेशीलाई सजिलै भित्रिने बाटो खोलिएको छ । यसले गर्दा देशको युवा जनशक्ति रोजगारीको अवसर नपाएर विदेशिनुपर्ने बाध्यता छ भने नेपालमा रहेका हजारौँ उद्योगधन्दामा लाखौँ विदेशीले काम गर्दा यहाँबाट खरबौँ विप्रेषण बाहिर गएको छ ।

    अधिकांश उद्योगधन्दाले त भित्र अध्ययन–अनुसन्धानका लागि समेत जान दिँदैनन्, गेटबाटै फर्काइदिन्छन् । नेपालका प्राकृतिक श्रोतसाधनलाई अनधीकृत र अनियन्त्रित रूपमा दोहन गरेर उद्योगधन्दा सञ्चालन गर्ने र बहुमूल्य पदार्थ सित्तैमा निर्यात गर्ने काम तिनै दलाल कम्पनीमार्फत् भइरहरेको छ । चुनावमा मोटो रकम प्राप्त गर्नका लागि कैयौँ दलाल ठेकेदारसँग राजनैतिक नेतृत्वले मिलेर सहजीकरणको कामसमेत गरी देशको सम्पत्तिमाथि रजाइँ गर्ने काम भएको छ । सिमराबाट त्यस प्रकारको गतिविधिको पर्दाफास गर्दै हामी डुमरवाना बास बस्न लाग्यौँ । स्थानीय जनताको घरमा बाँडिएर बस्ने काम भयो ।

    माघ २५ गते बिहान डुमरवाना कार्यक्रम गरेर निजगढ हुँदै रौतहटको राजपुर पुगियो । राजपुरमा हरिकिशोरजीले राम्रो संगठन बनाएका छन् । २ नम्बर प्रदेशको सबैभन्दा संवेदनशील जिल्ला हो, रौतहट । अझ कांग्रेसका सांसद आफताव आलमले दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाउने काम त्यहीँ गरेका थिए । उक्त ठाउँमा कार्यक्रम पनि गरियो । खानाको व्यवस्था त्यहीँ थियो । स्थानीय जनताले हामीलाई भव्य स्वागत गरे । स्थानीय खानपानको संस्कृति नै छुट्टै प्रकारको थियो ।

    एकजनाको घरको आँगनमा सरसफाइ गरियो र गुन्द्रीमा वरिपरि बसेर खाइयो । दुईहातले ताउलाबाट भात निकालेर टपरीमा राखिदिँदा धेरैजसो साथीहरू त अचम्मै परे । कतिपयले त खाना मुखमा लैजानसमेत सकेनन् । जे होस्, साथीहरूले मिहिनेत गरेर मेस सञ्चालन गरेका थिए । सामूहिक खाना खाँदा पनि फरक आनन्द आयो । हामी रौतहटको सदरमुकाम गौर पुगियो । गौरबजार मोटरसाइकल ¥यालीसहित घुमेर मधेश क्रान्तिचोकमा आई सभा गरियो ।

    गौरमा पनि पटक पटक हाम्रा कार्यक्रममा अवरोध हुने गरेका थिए । यसपटक गौरवासीले हाम्रो कार्यक्रमप्रति ऐक्यबद्धता प्रकट गरे । रौतहटबाट पटक पटक जितेर कैयौँ सांसद र मन्त्री भएका छन् । माधवकुमार नेपाल त त्यहीँबाट जितेर प्रधानमन्त्रीसमेत भएका हुन् । तर त्यहाँको गरिबी, शोषण, अन्धविश्वास र पिछडापनको अन्त्य हुन सकेको छैन । चुनावमा आएर झुटा आश्वासन बाँडी जनताको मत लिएर जाने र कहिल्यै पनि गाउँ नफर्कने परिपाटी छ त्यहाँ । जमिन्दार र केही ठेकेदारको मिलेमतोमा चुनाव कब्जा गर्ने, सोझा जनतालाई मासु, भुजा र रक्सीमा अलमल्याउने काम हुने गर्दछ ।

    त्यसैले मधेशको समृद्धि र परिवर्तनको नाममा हुने हरेक आन्दोलनमा मधेशी जनताको ठुलो सहभागिता र बलीदान हुने गरेको छ । तर जनताको त्याग र बलिदानमाथि पटक पटक कुठाराघात हुने गरेको छ । मधेश मुक्तिको नाममा कैयौँ सहिद पनि भए । तर जनताको सपना पूरा हुन सकेको छैन । मधेशी जनताको नाम भजाएर कैयौँ मुट्ठीभर नेताले आलिशान महल ठडाए । पुस्तौँपुस्तासम्मका लागि सम्पत्ति जोड्ने काम गरे । तर ती किसान, मजदुर, गरिबको बस्तीमा कहिल्यै मिठो पाकेको छैन । नाङ्गो शरीर ढाक्ने एकसरो लुगा छैन । शिक्षा, स्वास्थ्यको राम्रो प्रबन्ध छैन । यसैले सिंगो तराई–मधेश रोइरहेको छ ।

    हामी ती दुखीगरिबका बस्तीलाई जाग भन्दै, भ्रष्टको पर्दाफास गर्दै, जतालाई घात गर्नेको विरुद्ध जनता जगाउँदै अगाडि बढिरहेका छौँ । हामी गौरबाट फर्किएर चपुर हुँदै रौतहटको पौराहीमा बास बस्न पुग्यौँ । स्थानीय दिप गोलेजीको घरमा मेस चलाई खाना खाएर जनताको घरघरमा बाँडिएर बस्यौँ । हाम्रो एजेन्डा मन पराएर धेरैले हामीलाई खुशी मनले राख्ने काम गर्नुभयो । राजमोका पहिलेका नेता वीरबहादुर गोली पनि त्यहीँ गाउँमै हुनुहुन्थ्यो । राजमोमा छँदा केन्द्रीय उपाध्यक्षसमेत रहेका उनी हाल सत्ताधारी पार्टीको प्रदेश समितिमा रहेको बताए । पुरानो माया छँदै थियो । केही साथीहरू उहाँको घरमा पनि गए बसे ।

    माघ २६ गते पौराहीवासीको आग्रहमा गाउँमा सानो कार्यक्रम गरियो । त्यसपछि सर्लाहीको हरिवनमा पुगेर कार्यक्रम दिइयो । सर्लाहीमा साङ्गठनिक अवस्था कमजोर थियो । तर पनि स्थानीय जनताको व्यापक माया र सद्भावले कार्यक्रम सफल भइरहेको थियो । हरिवनमा आरती बहिनीले चियाखाजा खर्चबापत् केही सहयोग पनि गरिन् । अनि, सर्लाहीको लालबन्दीमा कार्यक्रम गरी महोत्तरीको बर्दिवास पुगियो । बर्दिवासमा कार्यक्रम गरेर धनुषाको ढल्केबर पुगेर जनभेटघाट र सभा सम्पन्न भयो । ढल्केबरबाट केही किलोमिटरको दुरीमा जनकपुर पर्दछ, जुन २ नं. प्रदेशको अस्थायी राजधानी पनि हो ।

    जनकपुरमा रहेको प्रदेशसभाले पनि आफ्नो प्रदेशको नाम र राजधानी ठेगान गर्न सकेको छैन । २ नं. प्रदेश तराईका आठ जिल्ला मात्र राखी बनाइएको छ । हुन त सिङ्गो काकडभित्तादेखि महेन्द्रनगरसम्मको तराई भूभागलाई एक मधेश एक प्रदेश बनाउने नारा पनि चर्को रूपमा लागेको हो । स्पष्ट थियो कि उक्त कुरा भारतीय साम्राज्यवादको डिजाइनभित्र आएको हो । त्यो कुरा सफल हुन नसके पनि पहाडी तथा हिमाली जिल्लासँग नमिसाइकन तराईका आठ जिल्ला मात्र समेटेर बनाइनु पनि खतरापूर्ण नै रहेको छ । अहिले उसले आफ्नो छुट्टै सेना, छुट्टै आर्थिक नीति, छुट्टै भाषा, भेषभुषाको कुरा उठाउन थालेको छ ।

    विस्तारै भारतीय नागरिकले नेपालतिर आएर नागरिकता प्राप्त गरेपछि भारतीय योजनालाई लागु गर्दै जाने खतरा पनि छ । त्यसैले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने, मधेश स्वायत्त प्रदेशको कुरा गर्ने, छुट्टै मधेशी सेनाको कुरा गर्ने आदि जस्ता विषयले नेपालको सार्वभौमिकतामाथि प्रश्नचिह्न खडा गरेको छ । हामीले ढल्केबरबाट जनकपुरमा रहेको प्रदेशसभालाई खबरदारी गर्दै मुलुक टुक्राउने योजना नबनाउन चेतावनी दियौँ ।

    यसपछि सिराहाको कर्जन्हा चोकमा पुग्यौँ, जहाँ सयौँ तराईवासी समुदायको उपस्थितिमा सभा सम्पन्न भयो । बजारको दिन पनि भएकाले धेरैजनाको उपस्थिति रह्यो । बेलुकी सिराहाकै बडहरा मिर्चैयामा खाने, बस्ने व्यवस्था थियो । पुराना नेता काजीलाल वाइबाले अभियान टोलीका लागि केही दिनअघिदेखि नै व्यवस्थापनमा लाग्नुभएको थियो । एक्लै भएर पनि हिम्मतका साथ राष्ट्रिय जनमोर्चालाई उहाँले स्थापित गराउनुभएको छ । पुराना किसान नेता जयगोविन्द साह, जसले सिराहा, सप्तरीतिर किसान आन्दोलनलाई नेतृत्व गरी कम्युनिस्ट पार्टीलाई त्यहाँ स्थापित गराएका थिए । पछि पञ्चायती शासकले उनलाई देश निकाला गरे । २०४६ सालमा उनको मृत्यु भयो । तिनै जयगोविन्द साहको आँगनमै साँझतिर हजारौँ जनताको बिचमा सांस्कृतिक सभा सम्पन्न ग-यौँ । बडहरा मिर्चैयाको सिङ्गो गाउँ नै कार्यक्रममा उपस्थित थियो । स्थानीय विद्यालयमा मेस सञ्चालन गरी गाउँमा जनताको घरमा मिलेर रात कटाइयो ।

    साँझको कार्यक्रमले कैयौँ जनतालाई प्रभाव पारेछ । यस्ता कार्यक्रम चुनावमा बाहेक देख्न पाइँदैन, तपाईहरू आउनुभयो, खुशी लाग्यो, निरन्तरता दिनुहोला भन्ने सल्लाह, सुझाव पनि प्राप्त भए । पहिलेदेखि वामपन्थीको प्रभावमा रहेको गाउँ भएता पनि टुटफुटको मारमा परी छिन्नभिन्न अवस्थामा रहेका छन् अहिले । आफू वामपन्थी विचारबाट नडगमगाएको तर सन्तोषजनक काम कुनै पार्टीले नगरेको स्थानीय जनताको गुनासो रहेको थियो । हामीले पनि तुलनात्मक रूपमा कम्युनिस्टको दर्शन र मान्यतालाई बचाउने पार्टी नेकपा (मसाल) नै हो भनेर सम्झाउन खोज्यौँ । आउँदै गर्नुहोला भन्ने उहाँहरूको भनाइ थियो ।

    माघ २७ गते बिहान बडहरा मिर्चैयामा नै खाना खाएर मिर्चैया कटारी चोकमा कार्यक्रम गर्न पुग्यौँ । सिराहाकै गोलबजारमा समेत कार्यक्रम गर्दा सुनसरी पुग्न ढिलो भइसकेको थियो । इनरुवामा १ नं. प्रदेशका साथीहरू जम्मा भएर अभियानलाई स्वागत गर्न आतुर थिए । गाडीको स्पिड बढाएर लागियो १ नं. प्रदेशतिर । कोशीको ड्याम साइड हेर्दै जाँदा राष्ट्रघातीलाई परास्त गर्ने हिम्मत बढेर आउँथ्यो । सप्तरी जिल्ला र सुनसरी जिल्लाको सीमामा बगेको कोशी नदीमा सप्तरीको भारदहदेखि पूर्व र सुनसरीको भन्टाबारीदेखि पश्चिमतर्फ नदीलाई बाँधेर बनाइएको बाँध हो, कोशी ब्यारेज ।

    नेपालमा कोशी ब्यारेज र तटबन्ध बनाउने सम्बन्धमा भारतको लोकसभामा डिसेम्बर १४, १९५३ (२०१० मङ्सिर १३) मा स्वीकृत भएको थियो । यसअनुरूप नेपाल र भारतबिच अप्रैल २५, १९५४ (२०११ वैशाख १२) मा कोशी सम्झौता भयो । त्यसबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । कोशी ब्यारेज तथा यससँग सम्बन्धित तटबन्ध, स्पर, ठोक्कर आदिको मर्मत सम्भारदेखि ब्यारेजको व्यवस्थापन, सञ्चालन, प्रशासन आदि सम्पूर्ण कामका लागि १९९ वर्षका लागि कोशी योजना नेपालले भारतलाई लिजमा सुम्पियो । यस परियोजनाले गर्दा करिब ६,८०० हेक्टर नेपालको जमिन डुबानमा परेको छ भने २२ गाउँ प्रत्यक्ष प्रभावमा परेका छन् ।

    कोशी ब्यारेजका ५६ वटै ढोकामध्ये पानीको वहाब हेरेर भारतले आफ्नो अनुकूल खोल्ने र बन्द गर्ने गर्दछ । उसलाई चाहिनेजति पानी लैजाने, अरू सबै ढोका बन्द गरी नेपाली बस्ती डुबानमा पार्ने काम प्रत्येक वर्ष गर्ने गरेको छ । तर राज्यपक्षबाट यसबारे ठोस पहलकदमी भएको छैन । बर्सेनि तराईको धेरै क्षेत्र भारतले अनधीकृत रूपमा बाँधेका बाँध र तटबन्धकै कारण डुबानमा पर्ने गरेका छन् । यस प्रकारको राष्ट्रघातको विरुद्धमा देशभक्त नागरिकले सशक्त आवाज उठाउनुपर्दछ ।

    सुनसरीको इनरुवामा पुग्दा झण्डा, ब्यानर, अबिरमालासहित साथीहरूले भव्य स्वागत गरे । छिटो छिटो कार्यक्रम गरी इटहरीतर्फ लागियो । मोटरसाइकल ¥याली थप सशक्त बन्यो । अन्य जातिवादीको हस्तक्षेपको कारण पहिले पहिले हाम्रा कार्यक्रममा डिस्टर्ब हुने गर्दथ्यो । यसपटक भने त्यस प्रकारको आक्रमण कहीँ भोग्नुपरेन । इटहरी पुग्दा साँझ परिसकेको थियो । एउटा कार्यक्रम दिइहाल्नुपर्छ भनेर सभा र सांस्कृतिक प्रस्तुति दिने काम भयो । बेलुका गोर्खा किचनमा खाना खाएर स्थानीय धर्मशालामा बास बसियो ।

    माघ २८ गते बिहानै धरानको बसपार्क चोकमा सभा गरी इटहरीमा खाना खाएर विराटनगरतिर लागियो, जहाँ १ नं. प्रदेशको राजधानी थियो । १ नं. प्रदेशले पनि आफ्नो नाम र स्थायी राजधानी तय गर्न सकेको छैन । लिम्बुवान, खुम्बुवान प्रदेश बनाउने नाममा कैयौँपटक जातिवादी आक्रोश नपोखिएका होइनन्, तर ती सबै विदेशी दातृ निकायको स्वार्थसँग जोडिएका संस्थाको उक्साहटमा नै थिए । पछि ती सबै गतिविधि सेलाउँदै गए ।

    अहिले पूर्वी नेपाल केही शान्त छ । तर पनि सङ्घीयताको आडमा अरू पनि कैयौँ शक्ति चलखेल गर्न सक्ने खतरालाई अस्वीकार गर्न सकिँदैन । त्यसैले यसबाट सतर्क रहँदै केन्द्रीय सत्तालाई अझ बलियो बनाउने, स्थानीय निकायलाई अधिकारसम्पन्न गराउने र प्रदेश संरचनालाई खारेज गर्नु नै उपयुक्त विकल्प हुनुपर्छ भनेर हामीले १ नं. प्रदेशको राजधानी विराटनगरबाट उद्घोष ग¥यौँ । त्यसपछि दमकमा कार्यक्रम गर्दै बिर्तामोड पुग्दा साँझ परिसकेको थियो । तर पनि अर्को दिन समापनका लागि काकडभित्ता पुग्नुपर्ने भएकाले साँझ नै बिर्तामोडमा कार्यक्रम ग¥यौँ । अनि, खाना खाएर अतिथिगृहमा रातीको बसाइँ भयो ।

    माघ २९ गते बिहान खाजा खाएर काकडभित्तातिर लागियो । काकडभित्तामा अभियानको समापन गर्दै मेची सिमाना पुगेर नेपालको राष्ट्रिय झण्डासहित अभियान टोलीको फोटो खिचेर त्यहाँबाट फर्कियौँ । यसरी नेपालको पश्चिम सिमाना गड्डाचौकीबाट सुरु भएको अभियान १५ दिनको यात्रापछि पूर्वी सिमाना मेची पुलमा गएर समापन भयो । यसले नेपालको युवा आन्दोलनमा थप इतिहास रचेको छ । भ्रष्टाचारजस्तो सामाजिक अपराधको विरुद्धमा जागरण पैदा गरेको छ ।

    अनधीकृत रूपमा नेपाली नागरिकता ल्याई नेपाललाई कब्जा गर्ने वा फिजीकरण गर्ने भारतीय षड्यन्त्रको विरुद्ध जनतालाई सुसूचित बनाउने काम गरेको छ । यसबिचमा सङ्गठनका सयौँ कार्यकर्ता परिचालित भएका छन् । हजारौँ जनतासँग प्रत्यक्ष भेटघाट भएको छ । ६४ स्थानमा सांस्कृतिक सभा सम्पन्न भएका छन् ।

    पर्चा वितरण, जनभेटघाट, रेडियो अन्तर्वार्ता, पत्रकार भेटघाटका कार्य सम्पन्न भएका छन् । नेतृत्वको सहकार्य, स्वयम्सेवकको लगाव, रक्तिम सांस्कृतिक टोलीको जोशजाँगर, पार्टी संगठनको व्यवस्थापन, कार्यकर्ताको उत्साह, जनताको ऐक्यबद्धता र सद्भाव, सामाजिक सञ्जाल र युगदर्शनको निरन्तर रिपोर्टिङले अभियान थप सशक्त र ऐतिहासिक बनेको छ । यो अभियानले आगामी दिनमा अझ व्यवस्थित कार्यक्रम सञ्चालन गर्न मार्गप्रशस्तसमेत गरेको छ । (समाप्त)

    बुधबार, फागुन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.