पुष्कर भट्ट, महेन्द्रनगर ।
राष्ट्रिय जनमोर्चा कञ्चनपुरले सञ्चालन गरिरहेको संगठनात्मक अभियान अन्तर्गत सोमबार भीमदत्त नगरपालिका वडा नं १८ मा सदस्यता वितरण तथा संगठन निर्माण गरिएको छ । स्थानीय ६५ वर्षीया काली चौधरीलाई सदस्यता दिएर वडामा सदस्यता वितरण शुभारम्भ गरिएको थियो ।
सदस्यता वितरण पछि आयोजित भेलाले राजमोको वडा समिति गठन गरेको छ । मन्सरा सुनारको अध्यक्षतामा गठित ११ सदस्यीय वडा समितिका उपाध्यक्ष, सचिव, सह सचिव र कोषाध्यक्षमा क्रमशः मन्सरा सुनार, पार्वती तिवारी, अर्जुन बिक, चाँदनी र मनिषा बिक रहनुभएको छ । सद्स्यहरुमा काली चौधरी, सुरेस सुनार, कमला नेपाली, महेश बिक, जुना चौधरी र सेतु कामी रहनुभएको छ ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य मनोज भट्ट र जिल्ला अध्यक्ष राम बहादुर कार्कीले प्रशिक्षण दिनुभएको थियो । जिल्ला उपाध्यक्ष मञ्जु परियार र जिल्ला सहसचिव लाल बहादुर कुवँरको समेत कार्यक्रममा सहभागिता रहेका थियो ।
यता, जिल्लाको बेल्डाँडी गाउँपालिकामा राजमो जिल्ला सचिव अहिमान थापाको नेतृत्वमा सदस्यता वितरण कार्य सञ्चालन गरिएको थापाले बताउनुभएको छ ।
यो पनि पढ्नुहोस्ः
कञ्चनपुरमा संगठन निर्माण तिब्र, एमालेबाट निर्वाचित वडाअध्यक्ष राजमोमा प्रवेश
कञ्चनपुरको बेलौरीमा राजमोको सदस्यता वितरण तिब्र
कञ्चनपुरका गाउँ गाउँमा राजमोको सदस्यता वितरण
नवप्रवेशीलाई सदस्यता वितरण गर्दै संगठनात्मक अभियान सुरु
सुदूरपश्चिममा सुरु भयो संगठनात्मक अभियान
राजमो कञ्चनपुरले बनायो एक महिने संगठनात्मक अभियानको खाका