काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (छैठौं) ले विभिन्न स्थानमा जित हासिल गरेको छ ।
कतिपय क्याम्पसमा प्रतिस्पर्धाबाट अखिल (छैठौं) विजयी भएको छ भने कैयौं क्याम्पसमा निर्विरोध निर्वाचन गरिएको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार अखिल (छैठौं) ले दुईवटा क्याम्पसको नेतृत्व हात पारेको छ भने त्रिवि केन्द्रीय क्याम्पसमा सदस्य पदमा विजय हासिल गरेको छ।
त्रिवि केन्द्रीय क्याम्पसमा सदस्य पदमा अखिल (छैठौं) का सचिव पुरन पोख्रेल निर्वाचित हुनुभएको छ ।
बागलुङको बरेङस्थित सर्वोदय क्याम्पसमा अखिल (छैठौं) को पुरै प्यानल निर्विरोध निर्वाचित भएको छ । निर्वाचित स्ववियुको सभापतिमा गणेश पौडेल, उपसभापतिमा सरस्वती शर्मा, सचिवमा भुवनकुमार ढकाल, सहसचिवमा गोमा शर्मा, कोषाध्यक्षमा जानकी काउचा, समानुपातिक सदस्यमा सुशिला छन्त्यालपुन, अनुष्का विक, सिजन थापा तथा प्रत्यक्ष सदस्यहरूमा सपना काउचा, गङ्गा शर्मा र कमला पौडेल निर्वाचित रहनुभएको छ ।

यता, प्युठानको गौमुखी बहुमुखी क्याम्पस मच्छीमा अखिल (छैठौं) का रजत जिसी स्ववियु सभापतिमा विजय हुनुभएको छ । अखिल (छैठौं) बाट दीपककुमार थापा र रविना विक सदस्य चयन हुनुभएको छ ।
त्यसैगरी सदरमुकाम खलङ्गाको प्युठान क्याम्पसमा अखिल (छैठौं) का पवन खड्का कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यहाँ अखिल (छैठौं) का सदस्यहरू सावित्रा नेपाली र विन्दु नेपाली पनि निर्विरोध हुनुभएको छ ।
प्युठानकै अमर क्याम्पस भिङ्ग्रीको कोषाध्यक्षमा लक्ष्मण पुन तथा सदस्यमा मनिषा घर्ती र मनिषा बुढाथोकी निर्वाचित हुनुभएको छ।
यसैगरी, झिमरुक क्याम्पस बाग्दुलाको सहसचिवमा समीक्षा थापा र सदस्य रेखा गिरी विजयी हुनुभएको छ भने स्वर्गद्वारी बहुमुखी क्याम्पस बिजुवारमा दुई जना सदस्य नीता बुढाथोकी र दीक्षा जिसी निर्वाचित हुनुभएको छ ।
बागलुङको गलकोटस्थित गलकोट बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा अखिल (छैठौं)का गणेश सापकोटा निर्वाचित हुनुभएको छ । यस्तै, अखिल (छैठौं) बाटै सदस्यमा बिनिता गौतम विजयी हुनुभएको छ ।
दाङको घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा अखिल (छैठौं) की सुनिता आचार्य (पाण्डे) सदस्य पदमा निर्वरोध निर्वाचित हुनुभएको छ ।
अखिल (छैठौं) का महासचिव सुवास जिसीले दिनुभएको जानकारी अनुसार दाङको स्पान नेशनल कलेज घोराहीमा अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट सदस्य पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तै, बुटवल बहुमुखी क्याम्पस बुटवलको स्ववियु सदस्यमा अखिल (छैठौं) का सागर एमसी विजयी हुनुभएको छ ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको सदस्यमा अखिल (छैठौं) का अंशु ठड्राई निर्वरोध निर्वाचित भएको क्याम्पस स्ववियु निर्वाचन समितिले जनाएको छ ।
यता, ऐरावति आदर्श क्याम्पस दाङको सचिवमा अशोक खनाल र सदस्यमा सिद्धार्थ सुवेदी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी देउखुरी बहुमुखी क्याम्पस लमहीमा निर्मला खनाल सदस्य पदमा निर्वाचित हुनुभएको छ भने दाङकै गढवा बहुमुखी क्याम्पस गढवाको सदस्यमा मनिषा उपाध्याय निर्वाचित हुनुभएको छ ।
यता, कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुम्चीमा कालिका पाण्डे सदस्यमा विजयी हुनुभएको छ ।
गौमुखी बहुमुखी क्याम्पसको सभापतिमा अखिल (छैठौं) का रजत जिसी विजय
बागलुङको बरेङ क्याम्पसमा अखिल (छैठौं) को प्यानल निर्विरोध
राप्ती शिक्षा क्याम्पस घोराहीमा अखिल (छैठौं) की सुनिता आचार्य निर्विरोध
गल्कोट क्याम्पसको कोषाध्यक्ष र सदस्यमा अखिल (छैठौं) का गणेश र बिनिता
त्रिवि केन्द्रीय क्याम्पसमा अखिल (छैठौं) ले झण्डा फहरायो
‘स्ववियुमा अखिल (छैठौं) ले प्राप्त गरेको उपलब्धि देशको राजनीतिक भविष्यका लागि महत्वपूर्ण’

