काठमाडौं । अखिल (छैठौं) ले स्वतन्त्र विद्यार्थी युनियनमा थप एक सदस्य निर्वाचित गरेको छ । दाङको घोराहीस्थित राप्ती शिक्षा क्याम्पसमा अखिल (छैठौं) की सुनिता आचार्य (पाण्डे) सदस्य पदमा निर्वरोध निर्वाचित हुनुभएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तगर्तको राप्ती शिक्षा क्याम्पसमा यही चैत ५ गते स्ववियु निर्वाचन हुनुअघि नै निर्विरोध निर्वाचन सम्पन्न भएको अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवरले जानकारी दिनुभयो ।
सो क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) विप्लवका नविन केसी, उपसभापतिमा अनेरास्ववियुका टीका कालाथोकी, सचिवमा प्रजातान्त्रिककी सरिता पोख्रेल भण्डारी, कोषाध्यक्षमा नेविसंघका गणेशमान डाँगी र सहसचिवमा अखिल (क्रान्तिकारी) का सरिता सेर्पाइली निर्वाचित हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा सुनिता आचार्य (पाण्डे)सहित सर्मिला डाँगी, मञ्जु घर्तीमगर, सम्बिर डाँगी, यसोदा शर्मा र शिशिर डाँगी निर्वाचित हुनुभएको छ ।
यसअघि अखिल (छैठौं) बाट प्युठानको गौमुखी बहुमुखी क्याम्पस मच्छीमा रजत जिसी स्ववियु सभापतिमा विजय हुनुभएको छ भने सदरमुकाम खलङ्गाको प्युठान क्याम्पसको कोषाध्यक्षमा पवन खड्का तथा सदस्यहरूमा सावित्रा नेपाली र विन्दु नेपाली निर्वाचित हुनुभएको छ ।
यस्तै, प्युठान क्याम्पस खलंगाको कोषाध्यक्षमा पवन खड्का, सदस्यमा सावित्रा नेपाली र विन्दु नेपाली, झिमरुक क्याम्पस बाग्दुलाको सहसचिवमा समीक्षा थापा र सदस्यमा रेखा गिरी, स्वर्गद्वारी बहुमुखी क्याम्पस बिजुवारको सदस्यमा निता बुढाथोकी र सदस्यमा दीक्षा जिसि निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
गौमुखी बहुमुखी क्याम्पसको सभापतिमा अखिल (छैठौं) का रजत जिसी विजय