बागलुङ । बागलुङको गलकोटस्थित गलकोट बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षमा अखिल (छैठौं)का गणेश सापकोटा निर्वाचित हुनुभएको छ । यस्तै, अखिल (छैठौं) बाटै सदस्यमा बिनिता गौतम विजयी हुनुभएको छ ।
स्ववियु कोषाध्यक्षमा निर्वाचित सापकोटा अखिल (छैठौं) का बागलुङ जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।
क्याम्पसमा स्ववियुको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सभापतिमा लोकेन्द्र गैरे (नेविसंघ) र उपसभापतिमा सुप्रिया गौतम चयन हुनुभएको छ ।
यस्तै, सचिवमा गगन विक (अखिल क्रान्तिकारी), सहसचिवमा सुस्मा पन्त (अनेरास्ववियु) लाई चयन गरिएको छ ।
सदस्यहरुमा अखिल (छैठौं) बाट बिनिता गौतमसहित क्रान्तिकारीका तारा पुन र हेमन्त भण्डारी, नेविसंघका हिरादेवी सेवेदी र विशाल उप्रेती तथा अनेरास्ववियुका निशा थापा चयन हुनुभएको छ ।
नवनिर्वाचित स्ववियुलाई निर्वाचन समितिले बिहीबार विहान शुभकामना प्रदान गरेको कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।
राप्ती शिक्षा क्याम्पस घोराहीमा अखिल (छैठौं) की सुनिता आचार्य निर्विरोध
गौमुखी बहुमुखी क्याम्पसको सभापतिमा अखिल (छैठौं) का रजत जिसी विजय