• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चीनमा सरकार विरुद्ध सडकमा जनआक्रोश


  •   शनिबार, माघ १४, २०७९ मा प्रकाशित
  • सार्थक ##
    गत डिसेम्बर २०२२ मा चिनियाँ सरकारको लकडाउन नीति विरुद्ध चीनका सडकमा मजदुर र युवाको आक्रोश उत्पन्न भयो । सिन्जियाङको उत्तर–पश्चिमी प्रान्तको उरुम्ची सहरबाट सुरु भएको विरोध प्रदर्शन सेन्जेन, सङ्घाई, बेइजिङ र वुहान जस्ता प्रमुख सहरमा फैलिएको थियो ।

    Advertisement

    नोभेम्बर २४ का दिन उरुम्ची सहरको एक अपार्टमेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना चीनका विभिन्न सहरमा विरोध प्रदर्शनको तात्कालिक कारण थियो । देशको अमानवीय लकडाउन नीतिका कारण अपार्टमेन्टमा फसेका मानिसलाई दमकलले उद्धार गर्न सकेन भन्ने सर्वसाधारणको भनाइ छ ।
    कोभिड–१९ रोकथामका लागि चीनमा लामो लकडाउन गरिएको थियो । यसलाई सी जिनपिङको “शून्य–कोभिड नीति” पनि भनिन्छ । आन्दोलनकारीको मुख्य माग भनेको देशमा कडा र तर्कहीन लकडाउनलाई खुकुलो बनाउनु हो ।

    जनतामा बढ्दो असन्तुष्टिका कारण डिसेम्बरको पहिलो साता चीन सरकारले देशव्यापी कडा लकडाउन र क्वारेन्टाइन नियमलाई खुकुलो बनाएको थियो तर आन्दोलनकारीमाथि राज्यको दमन भने नरोकिएको दाबी गरिएको थियो । त्यस क्रममा ठुलो परिमाणमा पक्राउ गरी सोधपुछ भएको छ । भनिन्छ, राज्यको पूर्ण नियन्त्रणका कारण सञ्चार माध्यममा आन्दोलनको बारेमा उल्लेख छैन । सामाजिक सञ्जालबाट आन्दोलनसँग सम्बन्धित सबै पोस्ट हटाइएका थियो। त्यति मात्र होइन, पोस्ट लेख्ने व्यक्तिलाई पक्राउ गरी सोधपुछ पनि भएको थियो ।

    कोभिडसित सम्बन्धित लकडाउनलाई पूर्ण रूपमा समर्थन वा विरोध गर्न सकिँदैन । महामारीको रोकथामका लागि यस्तो बन्दाबन्दी आवश्यक भएमा योजनाबद्ध, जनहितकारी र लोकतान्त्रिक ढङ्गले कार्यान्वयन गर्न सकिन्छ तर यो वास्तविक समाजवादी प्रणालीमा मात्र हुन सक्छ, चीन जस्तो नक्कली “समाजवादी“ होइन । वास्तवमा चीनमा सामाजिक फासिस्ट प्रणाली छ, जहाँ पुँजीपतिको फाइदाका लागि श्रमजीवी जनतामाथि नाङ्गो तानाशाही शासन थोपरिएको छ ।
    हामीलाई थाह छ, पछिल्ला दुई महिनामा ओमिक्रोनको नयाँ भेरियन्टको सङ्क्रमण चीनमा द्रुत गतिमा फैलिएको थियो । यसले स्वास्थ्य प्रणालीमा ठुलो दबाब परेको छ र धेरै ठाउँका अस्पताल सङ्क्रमित बिरामीले भरिएका छन् । सङ्क्रमणबाट बच्न व्यवस्थित लकडाउन र क्वारेन्टाइन नीति लागु गर्न सकिन्छ तर हामीले स्मरण गर्नुपर्छ, लकडाउन आफैँमा कोभिडसँग लड्ने उपचार होइन ।

    प्रश्न छ, किन चीनका जनतालाई लगभग तीन वर्षसम्म पनि खोप उपलब्ध भएन ? तथ्यका अनुसार चीनमा ८० वर्ष उमेर समूहका ६० प्रतिशतले मात्र खोपको पहिलो डोज लिएका छन् । ५० प्रतिशतले दोस्रो डोज लिएका छैनन् र २० प्रतिशतले मात्र बुस्टर डोज लिएका छन् । सरकारले किन पर्याप्त सङ्ख्यामा क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाएन ? सङ्क्रमण रोक्नुभन्दा छिटो सङ्क्रमण फैलिने डरले मानिसलाई क्वारेन्टाइन सेन्टर र बाकस जस्तै बनाइएका विद्यालयमा राखिएको छ । त्यसमाथिट अनियोजित ढङ्गले लकडाउन लगाइयो । खोप र स्वास्थ्य सेवामा सुधार भएन भने लकडाउनले मात्रै रोग नियन्त्रण हुन सक्दैन । अहिले स्वास्थ्यमा खर्च हुने बजेटको ठुलो हिस्सा लकडाउन कडाइ गर्नमा खर्च भइरहेको छ भने खोप र स्वास्थ्य सुविधामा सुधार गर्नुपर्ने आवश्यकता छ । त्यसो नगर्नु पक्कै पनि जनताको हित विरुद्ध हुन्छ । त्यसको मार आम मजदुरले सास्ती खेप्नुपरेको छ ।

    तपाईं मार्च–अप्रिल २०२० को लकडाउन स्मरण गर्न सक्नुहुने छ । मोदीले भारतमा पनि कुनै योजनाबिना नै लकडाउन घोषणा गर्दा हामी मजदुरहरू घर जानको लागि कसरी ५००, १००० वा २००० किलोमिटर सडकमा हिँड्न बाध्य भएका थियौँ ? चीनले लामो समयदेखि यस्तै अनियोजित तर कडाइका साथ लागु गरिएको लकडाउनको सामना गरिरहेको छ तर चिनियाँ आन्दोलनकारीको माग “शून्यकोभिड नीति” र लकडाउनलाई खुकुलो पार्ने नीतिमा मात्र सीमित रहेन, यो तत्कालको मागभन्दा पर गएर प्रदर्शनकारीले सी जिनपिङको सत्तात्यागको पनि माग गरे ।

    चिनियाँ कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न बिसौँ राष्ट्रिय महाधिवेशनमा सी चिनफिङले “शून्यकोभिड नीति” मार्फत कोभिड रोकथामलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण उपलब्धि मानेका छन् । राष्ट्रिय सञ्चार माध्यममा पनि “शून्यकोभिड नीति” को सफलतालाई जोडतोडका साथ उठाइएको थियो । त्यसैले यस नीतिप्रति जनताको विरोध र सी जिनपिङको राजीनामाको मागलाई तथाकथित चिनियाँ कम्युनिस्ट पार्टीको शासनलाई चुनौतीको रूपमा हेरिएको छ । आफ्नो यस्तै स्पष्ट राजनीतिक स्वरका कारण सरकारले आफ्नो विरोधलाई रोक्न सबैभन्दा कडा कदम चाल्यो । एकातिर, लकडाउनको नीतिमा केही खुकुलोपन दिएर जनताको आक्रोशमा चिसो पानी खन्याइँदै छ भने अर्कोतिर, प्रहरी र गुप्तचर निकायमार्फत आन्दोलनकारीमाथि दमनचक्र चलाइएको छ ।

    आज चीनमा यस्तो सामाजिक फासिस्ट पार्टी सत्तामा छ, जसले आफूलाई कम्युनिस्ट भन्दछ । उसको नीति तथा पुँजीपतिप्रतिको चाकडी हेरेर जोकसैले भन्न सक्छ, उनीहरूमा कम्युनिस्टसम्बन्धी कुनै गुण छैन । उनीहरूले आफूलाई कम्युनिस्ट भएको नाटक मात्रै गरिरहेका छन् ।

    सन् १९७६ मा सर्वहारा वर्गका महान् नेता माओत्सेतुङको मृत्यु र चिनियाँ कम्युनिस्ट पार्टीको क्रान्तिकारी पक्षलाई संशोधनवादी पक्षले दमन गरेपछि चीनमा पुँजीवादको पुनस्र्थापनाको प्रक्रिया सुरु भएको थियो । सर्वहारा वर्गका विश्वासघाती तेङस्याओपिङले पुँजीवादी पुनस्र्थापनामा प्रमुख भूमिका खेलेका थिए । तेङस्याओपिङले “चार आधुनिकीकरण”, “बजार समाजवाद” र “चिनियाँ विशेषतासहितको समाजवाद” को रूपमा धेरै संशोधनवादी सिद्धान्त प्रस्तुत गरे, जसको एउटै लक्ष्य भनेको देशमा पुँजीवादको पुनस्र्थापनाका लागि सैद्धान्तिक आधार प्रदान गर्नु थियो ।

    आज चीन पुँजीवादी राष्ट्र मात्रै होइन, अमेरिकाको साम्राज्यवादी वर्चस्वसँग प्रतिस्पर्धा गर्ने उदीयमान शक्तिशाली साम्राज्यवादी राष्ट्र पनि हो । चीनको पुँजीपति वर्गले आफ्नो देशभित्रका सबै श्रमकानुनको अवहेलना गरेर कलकारखानामा मजदुरको हाड पगालिरहेको मात्रै होइन, एसिया, अफ्रिका र दक्षिण अमेरिकी देशमा पुँजी निर्यात गरेर नाफा पनि आर्जन गरिरहेको छ । आफ्नो सामाजिक फासिस्ट चरित्रका कारण, चिनियाँ राज्यसँग श्रम नियन्त्रण गर्ने राम्रा तरिका छन् । स्वदेशी तथा विदेशी पुँजीका लागि सस्तो श्रमशक्ति उपलब्ध गराएर र पुँजीद्वारा श्रमको बेलगाम शोषण सुनिश्चित गरी चीन आज विश्वकै आकर्षक कार्यशाला बनेको छ ।

    पुँजीको माध्यमबाट श्रमको क्रुर शोषणको एउटा प्रख्यात उदाहरण चोङ्चोउ सहरको फोक्सकन कारखाना हो । यो कारखानाले एप्पल कम्पनीका लागि आइफोन बनाउँछ । अक्टोबरको अन्तिम साता सामाजिक सञ्जालमा आएको भिडियोमा फोक्सकन कम्पनी परिसरबाट हजारौँ मजदुरू पैदल हिँडेको देखिन्थ्यो । यसको कारण थियो– कारखानाभित्रको भयानक, असहनीय र अमानवीय काम गर्ने अवस्था । बाहिरबाट कारखाना सिल गरेर करिब तीन लाख मजदुरलाई काममा लगाइएको थियो । कारखानाभित्र कोरोना सङ्क्रमण रोक्ने कुनै ठोस व्यवस्था थिएन । नोभेम्बर २२ मा मजदुरले आफ्नो बाँकी ज्याला भुक्तानी, राम्रो खाना र राम्रो कामको अवस्थाको माग गर्दै आन्दोलन गरे । सरकारी पोशाक लगाएका सुरक्षाकर्मीको लाठीचार्जद्वारा राज्यले उक्त विरोधलाई दबाएको थियो ।

    केही वर्षपहिले पनि फोक्सकन कम्पनीमा धेरै कामदारले आत्महत्या गरेका कारण समाचार बनेको थियो । यसको कारण पनि कारखानाभित्र मजदुरको बर्बर शोषण नै थियो ।

    चिनियाँ कामदार कसरी पुँजीपतिको नाफाका लागि आफ्नो ज्यानको बलि दिइरहेका छन् भनेर देखाउनका लागि फोक्सकन कम्पनी एउटा उदाहरण मात्रै हो । चिनियाँ कारखानामा बढ्दो खतरनाक दुर्घटना अब सामान्य घटना बन्दै गएका छन् ।

    उरुम्चीको एउटा अपार्टमेन्टमा आगलागी हुनुभन्दा दुई दिनअघि हुनान प्रान्तको आन्याङ सहरस्थित एउटा कारखानामा कमजोर सुरक्षाका कारण आगलागी हुँदा ३८ कामदारको मृत्यु भएको थियो । पुँजीपति वर्गले आफ्नो नाफा बढाउन सुरक्षा प्रबन्धमा सबैभन्दा कम खर्च गर्छ तर त्यसबापत् मजदुरले ज्यानको मूल्य चुकाउनुपर्छ ।

    राज्यसत्ताको सामाजिक फासिस्ट चरित्रका बाबजुद राज्यसत्ताले चाह्यो भने पुँजी निर्माणको क्रियाकलापलाई केही समयका लागि अनुशासित बनाउन सक्छ, जसले गर्दा श्रम र पुँजीबिचको अन्तरविरोध त्यति तिखो नहोस् वा पुँजीवादी व्यवस्थाको अस्तित्व नै खतरामा परोस् तर अन्ततः पुँजीको आन्तरिक गतिको नियम यहाँ पनि लागु हुन्छ ।

    मुनाफाको घट्दो दरका कारण विश्वस्तरमा पुँजीवादी सङ्कट उत्पन्न भइरहेको छ । त्यसबाट चिनियाँ पुँजीवादी व्यवस्था अछुतो छैन । कोरोनाकालको प्रारम्भिक चरणमा सबै ठुला पुँजीवादी मुलुकको उत्पादन घट्दै गएको थियो । त्यसको फाइदा उठाउँदै चीनको पुँजीपति वर्गले झन्डै एक वर्षसम्म ठुलो आकारमा नाफा कमाएको थियो तर अर्थतन्त्रको यो वृद्धि छोटो समयका लागि मात्रै यथावत् रह्यो । नोभेम्बर २०२१ मा सम्पत्ति बजारमा लामो समयदेखि यथावत् रहेको पानीको फोका फुट्यो । एभरग्रान्डे र धेरै अन्य घरजग्गा कम्पनीको दिवालियापनले यो तथ्यलाई पुष्टि गर्दछ । यसका पछाडि पनि मुनाफा घट्ने समस्या नै थियो, जसले गर्दा कुनै एउटा क्षेत्रमा ठुलो आकारमा सट्टेबाजी चलिरहन्थ्यो ।

    नोभेम्बर २०२२ मा चीनको सहरी बेरोजगारी दर ५.५ प्रतिशत थियो । देशको कुल बेरोजगारी दर योभन्दा पनि उच्च छ किनभने चीनको ग्रामीण क्षेत्रमा बेरोजगारी दर सामान्यभन्दा धेरै नै उच्च छ । ग्रामीण जनसङ्ख्याको ठुलो हिस्सा रोजगारीको खोजीमा सहरतर्फ बसाइँ सर्छ । डिसेम्बर २०२२ मा १६ देखि २४ वर्ष उमेर समूहका युवामा बेरोजगारी दर लगभग २० प्रतिशत थियो ।

    सन् १९७६ मा चीनमा पुँजीवादको पुनस्र्थापना भएपछि धनी र गरिबमाझको खाडल लगातार बढ्दै गइरहेको छ र आज यो खाडल आफ्नो चरम उचाइमा छ । यदि गिनी सूचकाड्ढ जस्ता असमानता नाप्ने पुँजीवादी मानकको मात्रै कुरा गर्ने हो भने पनि हामी प्रष्ट देख्न सक्छौँ, चीन आर्थिक रूपमा धेरै नै असमान देश हो । यसको गिनी सूचकाड्ढ ०.५२ छ । यो सूचकाड्ढ भारत र अमेरिकाभन्दा बढी हो ।

    आज अमेरिकापछि सबैभन्दा बढी अर्बपति चीनमा नै बस्दछन् । सन् २०२० देखि २०२१ को माझमा यी अर्बपतिको कुल सम्पत्तिका शत्–प्रतिशत वृद्धि भएको छ । पूरै देशको घरेलु सम्पत्तिको ७० प्रतिशत सम्पत्ति सबैभन्दा बढी धनी यिनै १० प्रतिशतको हातमा छ । कोरोना महामारी र अनियोजित लकडाउनले यो आर्थिक असमानतालाई अरू बढाइदिएको छ ।

    पुँजीवादले आफ्नो आन्तरिक गतिशीलतासँगै एक छेउमा केही पुँजीपतिका लागि ठुलो समृद्धि र त्यही समाजको अर्को छेउमा व्यापक मिहिनेतकस जनताका लागि गरिबी, बेरोजगारी र दुःख मात्र सिर्जना भइरहेको छ । गत महिना चीनमा सडकमा देखिएको जनआक्रोश यस्तै बढ्दो असमानताको राजनीतिक अभिव्यक्ति हो ।

    श्रमजीवी जनताको लुटलाई निरन्तरता दिन चीनको सामाजिक फासिस्ट राज्यले श्रमजीवी जनताको लोकतान्त्रिक र नागरिक अधिकार खोस्दै राजनीतिक उत्पीडन पनि बढाइरहेको छ । त्यसैले आन्दोलनकारीको प्रमुख माग आफ्नो लोकतान्त्रिक र नागरिक अधिकारको माग थियो तर वास्तविक अर्थमा जनताले लोकतान्त्रिक अधिकार समाजवादमा मात्र पाउन सक्छन् भन्ने प्रष्टै छ ।

    यदि आज चीनमा सामाजिक फासिस्ट राज्यको सट्टा उदार पुँजीवादी राज्य हुन्थ्यो भने पनि श्रमजीवी जनताको राजनीतिक उत्पीडनमा गुणात्मक परिवर्तन हुने थिएन । पुँजीवादी सङ्कट गहिरिँदै जाँदा राजनीतिक उत्पीडन पनि बढ्दै जानु अपरिहार्य छ । ऐतिहासिक भौतिकवादले हामीलाई सिकाउँछ, पुँजीवादको अन्त्य नगरी पुँजीवादी सङ्कटको अन्त्य हुन सक्दैन ।

    वास्तविक समस्याबाट जनताको ध्यान हटाउन हरेक पुँजीवादी देशले जस्तै चिनियाँ सरकारले पनि जातजातिको नाममा जनतालाई विभाजन गरी अन्धविश्वासको आगो बालिरहेको छ । अराजकतालाई उकास्न चिनियाँ राज्यले भारतसँगको सीमा विवाद, दक्षिण चीनसागरको विवाद र ताइवान मुद्दामा अमेरिकासँगको टग अफ वारलाई प्रयोग गरिरहन्छ । त्यसैले भारतका श्रमजीवी जनताबाट चीनका श्रमजीवी जनतासित समस्याको जरा चिनेर त्यसको क्रान्तिकारी समाधानतर्फ अघि बढ्ने अपेक्षा गर्दछन् ।

    तर चीन त के ? क्रान्तिकारी कम्युनिस्ट पार्टी बिना कुनै पनि देशको क्रान्तिकारी रूपान्तरण हुन सक्दैन । अन्य सबै देशहरू जस्तै चीनमा पनि मजदुर वर्ग आन्दोलनको अगाडि मुख्य चुनौती भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण हो । हामी आशा गर्छौं, चीनको श्रमजीवी वर्गले छिट्टै आफ्नो महान् नेता माओत्सेतुङको नेतृत्वमा चीनमा भएका ऐतिहासिक समाजवादी प्रयोगबाट पाठ सिक्दै नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने चुनौतीलाई आफ्नो हातमा लिने छ ।
    भावानुवाद ः प्रकाश थापामगर
    (मजदुर बिगुल, पूर्णाड्ढ ११५, वर्ष १२, अड्ढ ११, जनवरी २०२३)

    शनिबार, माघ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.