• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नीट (NEET) परीक्षा पेपर लीक प्रकरणपछि देशभरका विद्यार्थी र युवाहरूले लगातार धेरै सातासम्म गरेको आन्दोलन र चर्को विरोध प्रदर्शनका बीच भारतका तत्कालीन शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्‌नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार यसअघि विभिन्न आन्दोलनका क्रममा मन्त्रीको राजीनामा स्वीकार नगर्ने अडानमा देखिएको भए पनि यस पटक भने सरकार प्रदर्शनकारीहरूको माग सम्बोधन गर्न बाध्य भएको देखिएको छ ।

    Advertisement

    राजनीतिक विश्लेषकहरूले धर्मेन्द्र प्रधानको राजीनामापछि सरकार किन पछि हट्नुपर्‍यो भन्ने विषयमा विभिन्न कारण प्रस्तुत गरेका छन् ।

    आन्दोलनको व्यापक प्रभाव

    राजनीतिक विश्लेषक अदिति फडनीसका अनुसार आन्दोलनको व्यापकता सरकारले अपेक्षा गरेभन्दा धेरै ठूलो थियो । देशभर विद्यार्थी, अभिभावक र युवाहरूको असन्तुष्टि बढ्दै जाँदा सरकारको राजनीतिक छविमा नकारात्मक असर पर्न थालेको थियो ।

    विशेष गरी सन् २०२४ को आम निर्वाचनपछि कम बहुमतका साथ पुनः सत्तामा आएको मोदी सरकारसँग यस प्रकारको आन्दोलन सामना गर्ने स्पष्ट रणनीति थिएन । सामाजिक सञ्जालमार्फत आन्दोलन तीव्र रूपमा फैलियो र सरकारविरुद्ध विभिन्न धारणा तथा अभियानले व्यापक समर्थन पाए ।

    जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) का राजनीतिक अध्ययन केन्द्रका प्राध्यापक हरीश वानखेडेका अनुसार धर्मेन्द्र प्रधानले इन्स्टाग्राममार्फत स्पष्टीकरण दिने प्रयास गरे पनि त्यसले जनआक्रोश कम गर्न सकेन ।

    संसद्को चालु अधिवेशन

    वरिष्ठ राजनीतिक विश्लेषक नीरजा चौधरीका अनुसार संसद्को चालु अधिवेशन पनि सरकारको निर्णयमा महत्वपूर्ण कारण बन्यो । सरकार विभिन्न महत्वपूर्ण विधेयक, विशेषगरी परिसीमन विधेयक अघि बढाउन चाहन्थ्यो । तर आन्दोलनका कारण संसद्को वातावरण तनावपूर्ण बनेपछि सरकार चाँडै राजनीतिक गतिरोध अन्त्य गर्न इच्छुक देखियो ।
    प्राध्यापक वानखेडेले विपक्षी नेता राहुल गान्धी स्वयं सडक आन्दोलनमा सहभागी भएपछि विपक्ष थप सशक्त बनेको र त्यसले सरकारमाथिको दबाब अझ बढाएको बताए ।

    आगामी उत्तर प्रदेश निर्वाचन

    विश्लेषकहरूका अनुसार उत्तर प्रदेशमा हुन लागेको आगामी निर्वाचन पनि सरकारका लागि संवेदनशील विषय हो । भारतको सबैभन्दा ठूलो राजनीतिक राज्य मानिने उत्तर प्रदेशमा युवा मतदातालाई असन्तुष्ट बनाउन सरकार चाहँदैन ।

    नीरजा चौधरीका अनुसार प्रधानमन्त्री मोदीसँग आफ्‌नो छवि सुधार्ने अझै समय रहेकाले सरकार तत्काल परिस्थिति नियन्त्रणमा ल्याउन चाहन्थ्यो ।

    राष्ट्रिय स्वयंसेवक संघ (RSS) को प्रभाव

    प्राध्यापक चन्द्रचूड सिंहका अनुसार राष्ट्रिय स्वयंसेवक संघ (RSS) ले लामो समयदेखि युवालाई आफ्‌नो संगठनसँग जोड्ने रणनीतिमा काम गर्दै आएको छ । भारतीय जनता पार्टी (BJP) र RSS बीचको निकट सम्बन्धका कारण विद्यार्थीहरूको असन्तुष्टि पार्टीतर्फ मोडिन नदिन संगठनले पनि सरकारमाथि दबाब दिएको हुन सक्ने अनुमान गरिएको छ ।

    अदिति फडनीसका अनुसार RSS को विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (ABVP) को आधार नै विद्यार्थी समुदाय भएकाले देशभर फैलिएको विद्यार्थी आन्दोलनले भविष्यमा संगठनलाई समेत असर पार्न सक्छ । त्यसैले आगामी विद्यार्थी संघ निर्वाचनमा ब्द्यख्ए को प्रदर्शनलाई पनि विशेष रूपमा हेरिनेछ ।

    दक्षिण एसियाको राजनीतिक अवस्था

    नीरजा चौधरीका अनुसार धर्मेन्द्र प्रधानले आफ्‌नो राजीनामा पत्रमा “विघटनकारी शक्तिहरू”ले आन्दोलनको फाइदा उठाउन खोजेको उल्लेख गरेका छन् । यसबाट सरकारले दक्षिण एसियाको समग्र राजनीतिक अवस्थालाई पनि ध्यानमा राखेको देखिन्छ ।

    विशेष गरी बंगलादेश, नेपाल र श्रीलंकामा विद्यार्थी आन्दोलनका कारण सरकारहरू गम्भीर संकटमा परेका उदाहरणहरू सरकारका लागि चेतावनी बनेका हुन सक्छन् । भारत स्थिर लोकतान्त्रिक देश भए पनि यस्ता आन्दोलनले दीर्घकालीन राजनीतिक असर पार्न सक्ने जोखिमलाई सरकारले बेवास्ता गर्न चाहेन ।

    राजनीतिक विश्लेषकहरूको निष्कर्ष अनुसार धर्मेन्द्र प्रधानको राजीनामा कुनै एउटै कारणले नभई आन्दोलनको व्यापक प्रभाव, संसद्को दबाब, आगामी चुनाव, RSS को चासो तथा दक्षिण एसियाको बदलिँदो राजनीतिक परिवेशजस्ता विभिन्न कारणहरूको संयुक्त परिणाम हो । विद्यार्थी आन्दोलनले सरकारमाथि बढ्दो दबाब सिर्जना गरेपछि अन्ततः सरकारले आफ्‌नो अडान परिवर्तन गर्दै शिक्षा मन्त्रीको राजीनामा स्वीकार गरेको विश्लेषण गरिएको छ ।

    विविसी हिन्दीबाट

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.